डा.हरिप्रसाद कँडेलको जन्म पश्चिम नेपालको म्याग्दी जिल्लाको अरमान गाउँमा सन् १९७५ अगस्ट ८ मा भएको थियो । उहाँ १ वर्षको हुँदा उहाँको परिवार चितवनमा बसाई सरेको थियो । उहाँका आमाबाबु किसान थिए । उहाँ परिवारको जेठो सन्तान हुनुहुन्थ्यो ।

उहाँले राष्ट्रिय प्राथमिक विद्यालय ढेडौली, भीमोदय माध्यमिक विद्यालय त्यसपछि स्नाकोत्तर तह त्रिभुवन विश्वविद्यालय र अन्तमा भारतको सिंघानीय विश्वविद्यालयवाट विद्यावारिधिको अध्ययन पूरा गर्नु भएको छ । उहाँ सँग विद्यालय शिक्षणका अलवा शहीद स्मृति वहुमुखी क्याम्पस, मैयादेवी कन्या कलेज, वोष्टन इन्टरनेशलन कलेज र युनाइटेड टेक्निकल कलेज भरतपुरमा स्नाकोत्तर तहसम्म अध्यापन गरेको अनुभव छ ।

डा.कँडेल२०७२ असार २१ गते तात्कालीन भीमोदय माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुभयो । उहाँबाहेक अन्य चारजना सिनियर भए पनि प्रधानाध्यापकको पद सम्हाल्ने अवसर उहाँलाई मिलेको थियो । यस्तो अवस्थामा उहाँमा तात्कालीन अवस्थामा विद्यालयको लक्ष्य हासिल गर्न सक्नु हुन्छ कि हुँदैन भन्ने एक किसिमको संसय थियो, एउटा चुनौती सामुन्नेमा थियो ।

युवा अभिभावकहरूले आफ्ना छोराछोरीलाई भर्ना गराउन सामुदायिक विद्यालय रोजिरहेका थिएनन् । निजी विद्यालयमा बालबालिकालाई पढाउने कुरा प्रायः जसोको लागि एउटा सामाजिक स्टाटास सिम्बोल बनेकोमा उहाँ चिन्तित हुनुहुन्थ्यो । सामुदायिक विद्यालयका विद्यार्थी पढाइप्रति उत्सुक थिएनन् । सामान्यतया सामुदायिक विद्यालयका अभिभावकहरूले विद्यालयका गतिविधिहरूमा कुनै चासो नदेखाउने समस्या पनि छँदै थियो । चक र टक विधिले मात्र अगुवाइ गर्ने शिक्षण सिकाइ विद्यार्थीलाई आफैँमा बोरिङ लाग्ने कक्षा वातावरण जहींतहीं नै थियो । धेरैजसो अवस्थामा विद्यार्थीहरूले पाठ्यपुस्तकमा जे लेखिएको छ त्यसको व्यावहारिक पक्षलाई नबुझेर पनि पढ्नै पर्ने अवस्था थियो । उहाँले प्रधानाध्यापकको कार्यकालमा विद्यालयको माथि उल्लेखित अवस्था परिवर्तन गर्ने प्रतिवद्धता जनाउनु भयो र विद्यालयको राम्रो व्यवस्थापनका लागि नयाँ योजनाहरु अगाडि बढाउनु भयो ।

प्रथम त विद्यालयमा स्रोतसाधन नभएपनि विद्यालयभित्र सुरक्षित वातावरणका लागि सुरुमै विद्यालय पर्खाल निर्माण गर्न पहल गरियो । उहाँले विदेशमा रहेका आफ्ना पूर्व विद्यार्थीहरुलाई सामाजिक सञ्जालमार्फत यस परियोजनामा सहयोग गर्न आग्रह गरेपछि ‘उज्यालो पदमपुर’ अभियान घोषणा गरियो । विश्वभर छरिएका पूर्व विद्यार्थीहरूले स्कूल खातामा कोष दान गरे । जसले परियोजनालाई सफलतापूर्वक पूरा गर्न मद्दत गर्यो । युवा पुस्ताले निर्धारित समयमा मैदानभित्र खेल्न चाहेकाले केही स्थानीय युवाहरु त्यस आयोजनाको विरोधमा उत्रिएको घटना पनि स्मरणीय छ ।

दोस्रो, विद्यालय व्यवस्थापन समितिको निर्णयमार्फत विद्यार्थीहरूका लागि विद्यालय पोशाक (लिंग, शर्ट, घरको टी–सर्ट, जाडोमा स्वेटर, टाई बेल्ट, जुत्ता, मोजा र स्कुल झोला अनिवार्य) परिवर्तन गर्ने निर्णयको नेतृत्व पनि उहाँले लिनु भयो । जसले विद्यालयमा अर्को सकारात्मक कम्पन ल्यायो । कतिपय अभिभावकले यो कदमले आर्थिक व्यभार बढेको भन्दै गुनासो पनि नगरेका होइनन् तर धेरैजसो खुसी देखिन्थे ।
तेस्रो, उहाँले विद्यार्थीको अनुशासनलाई नियन्त्रण गर्न विद्यालयको प्रवेशद्वारमा सुरक्षा गार्ड राखी विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरूको असामयिक प्रवेश र निकास नियन्त्रण गर्ने काम कार्यान्वयनमा ल्याउनु भयो ।

डा. कँडेलले आफ्नो सहयोगी टोलीको नेतृत्वमा विद्यालयका शिक्षकहरूलाई ड्रेस कोड (सर्ट, पेन्ट, टाई, कालो जुत्ता र झोला) अनिवार्य प्रयोग गर्ने निर्णयको कार्यान्वयन गराउन निजी स्रोत शिक्षक कर्मचारीहरूलाई उनीहरूको ड्रेस कोड व्यवस्थापन गर्न आर्थिक अनुदान दिएर एकरुपता ल्याउने कामको नेतृत्व गर्नु भयो । यो कदमबाट शिक्षकहरूलाई थप जिम्मेवार र उहाँहरुको मनोबल उच्च बनाउन मद्दत पुगेको थियो । योसँगै उहाँकै नेतृत्वमा विद्यालयमा शिक्षक कर्मचारीहरूको डिजिटल हाजिरी प्रणालीलाई चितवनमै पहिलो पटक अभ्यासमा ल्याइयो ।

शिक्षक कर्मचारीको बलियो प्रतिबद्धताका साथ प्राथमिक तहमा ECD स्तरबाट र निम्न माध्यमिक तहमा कक्षा ६ बाट अंग्रेजी माध्यममा पठनपाठन प्राररम्भ गरियो । शिक्षक कर्मचारीहरूले कुनै पनि सीमा बिना अभिभावकको इच्छा पूरा गर्न सक्दो प्रयास गरे र लगातार ३ वर्षभित्र ईएमआई प्रणाली कक्षा नर्सरीदेखि कक्षा ८ सम्म पुग्न सफल भयो । आधारभूत तहको परीक्षा (BLE) नतिजा EMI प्रणालीको पहिलो ब्याचबाट जिल्लामै उत्कृष्ट हुन सफल भयो । यो नतिजा सँगै भीमोदयले आफ्नो क्याचमेन्ट क्षेत्र वरपरका निजी विद्यालयका विद्यार्थीहरूलाई आकर्षित गर्न शुरु गर्यो । शिक्षकहरु घर घरमा गएर विद्यार्थी र अभिभावकलाई विद्यालयमा विद्यार्थी भर्ना गर्न अनुरोध गरियो । त्यसपछि भर्ना दर बढ्न थाल्यो । राम्रा विद्यार्थीहरु पनि विद्यालयमा भित्रिने क्रम शुरु भयो ।

मैले देखे भोगेको अनि उहाँको नेतृत्वमा भएको अर्को उल्लेखनीय कदम एक शिक्षक–एक ल्यापटप कार्यक्रम हो । डा.कँडेलले अष्ट्रेलियाबाट आएको इन्टरनेशनल रोटरी क्लबलाई प्रकाश अर्याल (हाइक हिमालय ट्रेकिङ प्रालिका सञ्चालक) मार्फत् समन्वय गरेर रोटेरियनहरूबाट ३८ वटा शिक्षक ल्यापटप तात्कालीन कार्यरत सबै शिक्षकहरूलाई हस्तान्तरण गरी विद्यालयमै २ दिने आइसिटि तालिम आयोजना गरी शिक्षकहरुको सक्षमता विकास गर्ने काम गर्नुभयो । यो सम्भवतः नेपालका एकाध सामुदायिक विद्यालयहरु मध्येको प्रयास थियो ।

गणेश लामीछाने
गणेश लामीछाने

डा.कँडेलकै नेतृत्वमा शिक्षा मन्त्रालयबाट १५ लाख रुपैयाँको आर्थिक बजेट ल्याएर विद्यालयमा स्मार्ट बोर्डसहितको सुविधासम्पन्न आईसीटी ल्याबको स्थापना र कक्षाकोठामा केही मल्टिमिडिया प्रोजेक्टरको जडान गरी प्रविधिमैत्री सिकाइको वतावरण बनाउने काम सम्पन्न भयो । यस कदमले भीमोदय माध्यमिक विद्यालयलाई प्रविधिमैत्री विद्यालयको रूपमा लेबल गर्न सक्षम बनाइयो ।

अर्को उल्लेखनीय कदम भनेको विज्ञान प्रयोगशालाको लागि शिक्षा मन्त्रालयबाट पुन १४ लाख रुपैयाँको अर्को बजेट प्राप्त गर्नु थियो । जसले माध्यमिक तहको विज्ञान प्रयोगशाला निर्माण र सेटअप गर्न मद्दत गर्यो । यति मात्रै होइन, विद्यालयमा सुरक्षा व्यवस्था र विद्यालय परिसरभित्रका विद्यार्थी गतिविधि सञ्चालन गर्न विद्यालयमा ८५ अ‍ोटा सीसी क्यामेरा जडान गर्न उक्त कोष प्रयोग गरिएको थियो ।

तात्कालीन रक्षामन्त्री रामवहादुर थापामार्फत् तात्कालीन जिल्ला विकास समिति चितवनमा रकमान्तर गराई ५५ लाखको बजेट ल्याउन सफल हुनुभयो । (तत्कालीन माननीय रक्षामन्त्री रामबहादुर थापालाई विशेष धन्यवाद)। जुन बजेटले प्राथमिक भवन सुधार, मल्टिमिडिया, प्रोजेक्टर, कम्प्युटर र आरामदायी फर्निचरसहित विद्यालयको पुस्तकालय स्थापना र पुस्तकालय कोठा निर्माण गरिएको थियो । जापानमा रहेका डा. कँडेलका आफ्ना बालसखा (विष्णुहरि रेग्मी)लाई ई–लाइब्रेरी स्थापना गर्न आग्रह गरेपछि रेग्मीले नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा ई–लाइब्रेरी स्थापना गर्न रु ७५ हजार उपलब्ध गराएपछि विद्यालयमा ई–लाइब्रेरी पनि सञ्चालन हुन सफल भएको थियो ।

डा कँडेल त्यतिमा मात्रै कहाँ रोकिनेवाला हुनुहुन्थ्यो र । त्यसपछि उहाँ आफ्नो टोलीसहित विद्यालयको कस्मेटिक लुक परिवर्तन गर्न केन्द्रित हुनुभयो । अर्को महत्त्वपूर्ण पक्ष सरसफाइ र खानेपानीको सुविधा हो जसलाई युनिसेफको मापदण्ड अनुसार Expert Consultancy  ,Splash Nepal अन्य गैरसरकारी संस्थाहरूको सहयोगमा छात्रा र छात्रा र इसिडीका लागि अलग अलग स्थानमा खानेपानीको व्यवस्था मिलाइयो । विद्यालयका शौचालयहरूमा टायल लगाएर स्तरीकृत गरियो, थप शौचालयहरु निर्माण गरिए । छात्राहरुको अनुपस्थिति दर घटाउन डा.कँडेलले चितवनमा पहिलो पटक दाता खोजेर निशुल्क महिनावारी प्याड वितरण गर्ने व्यवस्था मिलाउन सफल हुनुभयो ।

डा.कँडेलले आफ्नो टोलीसँग Clean,Green ,Peace & Quality लाई विद्यालयको मुख्य अभियानको नारा बनाएर कार्यक्रमहरु लागु गर्ने कार्यको नेतृत्व गर्नु भयो । उहाँहरुले विद्यालयभित्र हरियाली वातावरण विकासमा जोड दिँदै विद्यालय परिसरमा विभिन्न किसिमका हरियो बोटबिरुवा र फूलहरूले ढकमक्क देखिने मनोरम सौन्दर्यको वातावरण निर्माण गर्ने काम गर्नु भयो । विद्यालयको वातावरण एकदमै सफा र सुन्दर भएसँगै साना बालबालिकाहरु विद्यालयमा पुतली जस्तै खेल्छन् । यसबाहेक, तिनीहरू विद्यालयमा र सिक्ने गतिविधिहरूमा रमाउदै व्यस्त रहन्छन् ।

बिहानी प्रार्थना सभा प्रणाली परिवर्तन भयो । स्काउट टोलीले रोमाञ्चक ध्वनि प्रणालीको साथ पीटीको नेतृत्व गर्ने काम हुन थाल्यो । प्रार्थना समयमा नै विद्यालयका दैनिक निर्देशनहरु दिने व्यवस्था मिलाइयो । राष्ट्रिय गान मल्टिमिडिया प्लेयरको साथ गुञ्जायमान हुँदा आम विद्यार्थीहरु दिन भरी उत्प्रेरित भइरन थालेका छन् । यो पनि डा. कँडेलकै देन भन्दा पनि हुन्छ ।

विद्यालयमा पालिका स्तरीय प्रअ वैठक र अन्य अतिरिक्त कार्यक्रम गर्न मिल्ने तात्कालिन शिक्षा कार्यालय मातहतको सुविधाजनक स्रोत केन्द्र बैठक/प्रशिक्षण हल निर्माण गर्ने अवसर मिलाइयो । भीमोदयलाई स्रोत केन्द्र विद्यालय वनाउँदा डा. कँडेलविरुद्ध कालिकाका केही प्रअहरुले असफल बनाउने प्रयास गरेको तात्कालीन अवस्था पनि स्मरणीय छ । त्यसै गरी १८० जनासम्म अट्ने क्षमता भएको साउन्ड सिस्टम सहितको सुविधाजनक शुक्रबारीय कार्यक्रम गर्ने हल तथा स्टेज निर्माण पनि उहाँकै नेतृत्वमा सम्पन्न भए ।

यसका अलावा भीमवली मन्दिरको आर्थिक साझेदारी सहयोगमा करिव १० लाख लागतमा विद्यालयको वार्षिकोत्सव वा विभिन्न सार्वजनिक खुला सभाहरु संचालन गर्न मिल्ने स्थायी स्टेज भवन निर्माण गर्ने कार्य पनि सम्पन्न गरियो ।

यसै गरी विद्यालयको तथ्याङ्क र आर्थिक लेखा प्रणलीलाई आवश्यक उपकरण र सफ्टवेयर सहित पूर्ण रूपमा आईसीटीमा आधारित भएर सञ्चालन गर्ने व्यवस्था मिलाइयो । पुराना जिर्ण अवस्थाका अभिलेख र तथ्याङ्कहरुलाई पुर्नलेखन गरी डिजिटलाइज स्वरुपमा भविष्यमा सहज प्रयोगको सुनिश्चत हुने गरि संग्रह गर्ने काम पनि उहाँकै नेतृत्वमा हुन सक्यो ।

विद्यार्थी, शिक्षक र अभिभावकको अन्तरसम्बन्धमा विश्वास गर्ने डा.कँडेल यी तीन क्षेत्रहरू बीचको बलियो बन्धनले राम्रो विद्यालय सम्बन्धलाई जोड्न सक्छ भन्ने ठान्नुहुन्थ्यो । अभिभावक शिक्षाका लागि नियमित अभिभावक भेलाको व्यवस्था गरी विद्यालय र बालबालिकाको शिक्षाप्रति सकारात्मक बनाउने अभियान अन्र्तगत निरन्तर अभिभावक भेला अयोजना गर्ने काम शुरुवात पनि उहाँले नै गर्नुभएको थियो ।

बिस्तारै विद्यालयमा अभिभावकको रहरलाग्दो उपस्थिति हुने वातावरण वन्दै गयो । उहाँ सधैं आफ्ना कर्मचारी र विद्यार्थीहरूलाई उनीहरूको उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नुहुन्थ्यो । उहाँ आफ्ना कर्मचारीहरूलाई मनै देखि सधैं सहयोग गर्नुहुन्थ्यो । सानातिना गुनासो हुँदा डा.कँडेले तुरुन्तै समाधानको पहल लिनु हुन्थ्यो उहाँ टिम वर्क र डेलिगेशनमा विश्वास गर्दै कार्य विभाजन गरी सवैलाई उचित नेतृत्व र सहभागिता हुने अवसरका साथ टिम सफलतालाई मोड्न कुनै कसर छोड्नु हुन्थेन ।

केही शिक्षक र अभिभावकहरुका फरक मत रहँदा रहँदै उहाँहरुले एक शैक्षिक वर्षमा ५ टर्म परीक्षा सञ्चालन गर्ने निर्णय कार्यान्वयन गराउनु भयो । हरेका परीक्षापछि अभिभावकको उपस्थितिमा नतिजा समिक्षा गर्दै मार्र्कसिटहरु वितरण गर्ने अभ्यास गरियो । परीक्षाको विषयगत नतिजाको विश्लेषण तहगत शिक्षक समूहमा गर्ने र सिकाइ सुधारको नयाँ लक्ष्य दिनु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याइयो ।

शैक्षिक सत्र शुरु हुनुपूर्व विद्यालयको योजना कार्यशाला आयोजना गरी वार्षिक योजना र विद्यालय क्यालेन्डर नियमित रूपमा प्रकाशित गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइयो । पठनपाठनमा सुधार ल्याउँन योग्यतम विषयगत शिक्षकहरू नियुक्त गर्न गाउँ छिमेकमा सेवारत पोपुलर विषय शिक्षकहरुलाई लविङ गरेर विद्यालयमा भित्राउने अभियान गरियो ।

विद्यालयको शिक्षण कार्यतालिका वरिष्ठ वा जुनियरको आधारमा नभई कक्षागत आवश्यकता र माग अनुसार निर्माण गर्ने कार्यमा आम शिक्षकलाइ सहमत गरी लागू गरेपछि तल्ला कक्षाहरुमा पनि शिक्षण विविधताको वातावरण बनाइयो । हरेक वर्ष प्रधानाध्यापकदेखि विद्यालय सहयोगीसम्म सवैलाई वार्षिक कार्यसम्पादन सम्झौता गर्न अनिवार्य बनाई उनीहरूलाई उनीहरूको लक्षित सिकाइ उपलब्धि पूरा गर्न बाध्य पारिएको अवस्था झनै प्रेरक रहेको छ । विद्यालयमा शिक्षक र सवै कक्षाका विद्यार्थीमा लगबुक प्रणालीलाई गम्भीरतापूर्वक लागू गरिएपछि सुशासनको कार्यवातावरण निर्माण भएको सुखद अवस्था थियो ।

डा.कँडेलले विद्यालय व्यवस्थापन समिति र समुदायसँग राम्रो मेलमिलाप गर्न र उनीहरूमार्फत अभिभावकहरूमा सकारात्मक भावनाहरू फैलाउन निरन्तर सक्रिय रहनु भयो । विद्यालय व्यवस्थापन समितिको वैठक कक्षको स्थापना गरी शिक्षक अभिभावक संघ र सामाजिक परीक्षण समितिका नामावली चार्ट टाँसेर उहाँहरुलाई दैनिक विद्यालय आउन मन लाग्ने वातावरण सृजना गरेपछि विद्यालयको गतिविधिको नियमित अनुगमन हुने कार्यमा स्वतह बढोत्तरी हुन गयो । वैठक कक्षमा व्यवस्थापन समितिका जिम्मेवारी र कर्तव्यका चार्टहरु राखिदिँदा स्वतः काम गर्ने प्रेसरको वातावरण हुने मनोविज्ञान अनुसार उक्तकदम चालिएको थियो जुन अत्यन्त सकारात्मक पनि देखियो ।

कार्यविशिष्टताको आधारमा तहगत प्रमुखहरु, विषय समितिहरु, इसिए विभाग, परीक्षा शाखा र प्रशासनीक कामको कार्य विभाजन जिम्मेवारी राम्ररी परिभाषित गरियो । विद्यार्थीहरुका क्लव नेतृत्वहरुले नै कार्यक्रम सञ्चालन गर्ने गरी अतिरिक्त सह–पाठ्यक्रम गतिविधिहरू (ECA) विद्यालय पात्रो अनुसार सञ्चालन गरिने वातावरण निर्माण गरियो ।

शिक्षकको अनुपस्थितिमा ओटी कक्षा अध्यापन गर्न न्युनतम पारीश्रमिक भत्ता निर्धारण गरी कहिल्यै कक्षा खाली नहुने वातावरण बनाइयो । प्रत्येक कक्षमा क्लास रिप्रजेन्टिभ (CR) तोक्ने र विद्यालयका सवै कक्षाका क्लास रिप्रजेन्टिहरु राखेर एक विद्यालय CR club    गठन गरी सम्बन्धित कक्षाहरू नियन्त्रण गर्ने अभ्यासमा ल्याइएको थियो । त्यहाँ ६ वटा अन्तर सदनात्मक त्रैमासिक विद्यार्थी भित्ते पत्रिकाहरू नियमित रूपमा प्रकाशित गर्ने कार्यलाई कार्यान्वयनमा ल्याइयो । विद्यालयका हरेक ECA गतिविधिहरू समन्वय शिक्षकहरुको मार्गदशनमा विद्यार्थीहरूले नै नेतृत्व गर्ने व्यवस्था पछि विद्यार्थी नेतृत्व विकासमा उचित वातावरण तयार भएको थियो ।

डा.कँडेलले आफ्नो टोलीसँग कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई उनीहरूको सिकाइ सुधारको लागि अतिरिक्त कोचिङ कक्षाको पठनपाठनलाई कार्यान्वयनमा ल्याउनु भयो । जहाँ विपन्न वर्गका विद्यार्थीहरुले शुल्क तिर्न नपर्ने सुविधा मिलाएर प्रत्येक विद्यार्थीलाई अनिवार्य रूपमा अतिरिक्त कोचिङ कक्षामा सहभागि हुनैपर्ने वातावरण निर्माण गरियो । यसवाट विद्यार्थीको कक्षागत सिकाइ उपलव्धिमा विस्तारै सुधार हासिल भयो भने समुदायमा पठन संस्कृतिको वातावरण वन्न सक्यो । उहाँले विद्यालयको वेवसाइट, ब्लग, युट्युब र फेसबुक पेजको व्यवस्थापन गरी सबै विद्यालय गतिविधि र सूचनालाई नियमित रूपमा सरोकार माझ सम्प्रेषण गर्ने व्यवस्था मिलाउनु भयो । यसले विद्यालयलाई सबै सरोकारवालाहरू र अन्य शुभचिन्तकहरू माझ विद्यालयका नविनतम प्रयत्नहरु र असल अभ्यासहरु फैलाउन र विद्यालयप्रति सकारात्मक धारणा विकासमा ठूलो मद्दत हुन गयो ।

विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइको साथै ECAसुविधाको मागलाई सम्बोधन गर्न स्टाफ नर्स, खेल शिक्षक र संगीत शिक्षक नियुक्त गरी विद्यालयमै प्राथमिक उपचारको सुविधा, नियमित संगीत तथा नृत्य र खेल प्रशिक्षण हुने व्यवस्था मिलाइयो । यसले गर्दा खेलकुद तर्फ विद्यालयले नगरपालिकामा वर्षे पिच्छे राष्ट्रपति कप जितिरहेको छ भने जिल्ला स्तरमा पनि पहिले प्रथम स्थान सम्म हासलि गर्ने सक्षमता विकास भएको छ ।

डा.कँडेलको नेतृत्वमा उनको टोलीले कक्षा ११/१२ मा विज्ञान विषयको पठनपाठन सञ्चालन गर्ने निर्णयलाई सफलताका साथ कार्यान्वयनमा ल्याइयो । यति मात्र होइन, यहाँले विद्यालयमा अत्यन्त दुर्लभ सिकाइ कार्यक्रम मानिने माध्यमिक तहमा वार्षीक लाखौं ओजेटी अनुदान आउने वनस्पति विज्ञानमा प्राविधिक धार सञ्चालनको स्वीकृति ल्याएर ८ ओटा सरकारी शिक्षक दरवन्दी थप्ने तथा नगर भरिमै एक मात्र प्राविधिक धार अध्यापन हुने ऐतिहासिक अवसरको वातावरण निर्माण गर्न सफल हुनु भएको थियो ।

प्हिलो चरणमा विद्यालयका १० जना शिक्षकको नाममा स्थानीय सहकारीवाट लोन लिएर नेपाल सरकारको राजस्वमा छुट प्राथमिक तहका विद्यार्थीका स्कुल बस खरिद गर्ने जोखिमपूर्ण काम सम्पन्न गरेका थिए । लगत्तै तात्कालीन नगरप्रमुख खुमनाराण श्रेष्ठसँग समन्वय गरेर अर्को स्कुल बस भित्राएपछि विद्यालयले २ स्कूल वसको सुविधा उपयोग गर्ने अवसर मिलेको थियो । यसले प्राथमिक तहमा मात्रै ४३६ जना विद्यार्थी संख्या पुग्ने अवस्था बनेको थियो ।

यसै गरी उहाँको छोटो अवधिमा २९ वटा व्यावसायिक शटर निर्माण भएका छन् । नगरको सहयोगमा हाइटेन्सन लाइनलाई स्थान्तरण गराई सटर भवनको दोस्रो तला भवन निर्माण सम्पन्न गरि हालको सिदार्थ वैंकलाई पदमपुरमा ल्याउने ठूलो प्रयासले सफलता प्राप्त भएको थियो । शटर निर्माण कार्यबाट विद्यालयको आन्तरिक आम्दानी आर्जन गरि निजी स्रोतका शिक्षकको तलव व्यवस्थापनमा केही सहजता हुँदै गएको थियो ।

त्यसै गरी विभिन्न परियोजनाहरुवाट रकम वचत गरी विद्यालयको सुविधालाई समृद्ध बनाउन उहाँकै नेतृत्वमा विद्यालयकम स्कुल क्यान्टीन, खेलमैदान र साइकल स्ट्यान्ड निर्माणको कार्य सम्पन्न भएको थियो ।

डा.कँडेल र उहाँको टिमले इसिडी कक्षालाई नर्सरी, एलकेजी र युकेजीमा पुनर्संरचना गरी प्रत्येक कक्षामा एक शिक्षक र एक आय रहने गरी कक्षा व्यवस्थापनको वातावरण बनाउनु भयो । यसले प्राथमिक शिक्षा र माथिल्लो तहको गुणस्तरमा पनि परिवर्तन ल्याउँन मद्दत पुग्यो । लगत्तै शिक्षा विकास निर्देशनालयको २० लाखको नमुना इसिडी कक्षा व्यवस्थापनको योजना ल्याएर हरेक कक्षामा मल्टिमिडिया, खेल सिकाइ र मनोरञ्जनात्मक सामग्रीहरूको व्यवस्थापन गरी नगरकै उत्कृष्ठ ईसीडी व्लक स्गापना गरे पछि बालवालिकाहरुकोको चाप थेगी नसक्नु भएको अवस्था स्मरणीय छ ।

डा.कँडेलले पहिले चरणमा नमूना विद्यालय छनोटमा भीमोदयलाई वायस गर्ने प्रयत्न भएको गोप्य सूचना पाएपछि तात्कालीन समयमा त्यस कार्यका संलग्न निकायका सम्वन्धित व्यक्तिहरुलाई कानूनी अपिल गर्ने सम्मको चतावनी दिएपछि पुर्नमूल्याड्ढन गराइ बागमति प्रदेश सरकारले भीमोदयलाई प्रदेशको नमूना विद्यालय बनाउने निर्णय गरेको थियो । डा.कँडेलले आफ्नो विद्यालय टोलीसँग विद्यालयलाई आवश्यक पर्ने सबै सुविधा र नमुना विद्यालयको सूचकाङ्क बढाउन नेतृत्व गरेका कारण यो ऐतिहासिक कार्यले सफलता पाएको थियो । यो विद्यालयको इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हो ।

अहिले विद्यालयले डीपीआर अनुसार स्वीकृत गुरुयोजना अन्तर्गत काम गरिरहेको छ । पछिल्ला ३ ÷४ वर्षमा प्रयाप्त विद्यालय भवनहहरुको निर्माण, पुस्तकालयको क्षमता विस्तार, नेपाल टेलीकमवाट नयाँ कम्प्युटर ल्यावको स्थापना, सामाजिक र गणित प्रयोगशालाको स्थापना, सिक्दै कामाउँदै कार्यक्रमको योजना,विद्यालयको भुँइ र भयाङमा मार्वल लगाउने काम र तप शौचालयहरुको निर्माण गरी विद्यालयको भौतिक स्वरुपमै काँचुली फेर्न सफल रहनु भयो ।

एउटा सक्षम प्रधानाध्यापकको नेतृत्वमा समुदायमा आधारित विद्यालय कसरी नमुना विद्यालय बन्यो भन्ने इतिहास यही हो । अर्को महत्वपूर्ण कुरा यो विद्यालयले उहाँकै नेतृत्वमा ब्रिटिश काउन्सिलको सहयोग र समन्वयमा वर्ष २०२१/२४ को लागि International School Award प्राप्त गर्न सफल भएको थियो । उहाँले १५०० भन्दा वढी विद्यार्थी र ७१ जना स्टाफ सहितको विद्यालय परिवारको विकास गरेपछि यहाँका राम्रा अभ्यासहरु सिक्न दैनिक जसो विभिन्न समाुदायिक विद्यालय र स्तानीय निकायका प्रतिनिधिहरु अवलोकन तथा निरीक्षणमा आउँदा विद्यालयको गौरव चुलिएको छ । करिव ९ वर्षको अन्तरालमा विद्यालयको नेतृत्व गर्दा उहाँले विद्यालयको साख देश भरि नै फैलाउन सफल हुनु भएको योगदानको चर्चा जनजनको जिव्रोबाट उच्चारण भइरहेको छ ।

डा.कँडेलको विद्यालय सुधारको अभियानको मूल्याङ्कन गर्दै नेपाल शिक्षक संघ वाग्मती प्रदेश सम्मेलनले उहाँलाई उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको थियो । त्यसै गरी पीपी प्रसाइ फाउण्डेसनले वर्ष २०१९ का लागि राष्ट्रकै उत्कृष्ट शिक्षकका रूपमा तात्कालीन शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको वाहुलीवाट उहाँलाई रु १ लाख र प्रशंसा पत्रसहित पुरस्कृत गरेको थियो । कालिका नगरपालिकाले वर्ष २०१९मा एसइई र विएलईमा उच्च उपलब्धि हासिल गर्ने विद्यालयको रुपमा शिक्षा दिवसको दिन विद्यालयलाइ प्रमाण पत्र र पुरस्कार प्रदान गरेको थियो ।

यसै गरी डा.कँडेललाई उहाँको लगन र सर्मपणको कदर गर्दै वर्ष २०२०/२१ को अन्तरराष्ट्रि«य वेष्ट प्रिन्सिपल RULA अर्वाड र भारतको हिमाक्षरा साहित्य परिषदले दार्जलिङमा रामाकिसन भर्साटाइल शिक्षक सम्मान प्रदान गरिएको थियो । यसको साथै नेपाल सरकारले उहाँलाई वि.स. २०७९ मा प्रवल जनश्री पदकको लागि सिफारिस गरेको थियो । स्थानीय र राष्ट्रिय पत्रिका र टेलीभिजनहरूमा उहाँका प्रशस्तै शिक्षा सम्वन्धि लेख र अन्तरवार्ताहरु प्रकाशित भएका छन् ।

उहाँले PeaceX संस्था अन्तर्गत नेपालको सदभावना शिक्षदूतको रूपमा छनोट भई ग्रामीण अभिभावक र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक अधिकार र राम्रो शिक्षाको लागि जागृती वढाउने काममा मद्दत गर्नु भएको छ ।

डा. कँडेल पछिल्ला वर्षहरूमा विद्यालय सुधार गर्न आफ्नो प्रशासन र व्यवस्थापन परिणामहरूको लागि व्यापक रूपमा लोकप्रिय रहनु भएको थियो । उहाँ धेरैजसो विभिन्न शैक्षिक वेविनार, सरकारी सम्मेलन, प्रधानाध्यापकको बैठक, शिक्षक तालिम र अन्य शैक्षिक मञ्चहरूमा आफ्ना उत्कृष्ट अभ्यासहरू साझा गर्न आमन्त्रित हुनुहुन्थ्यो । उहाँले आफ्नै पहलमा कोभिड महामारीको समयमा सार्क देशका शिक्षक तथा प्रधानाध्यापकहरु निमन्त्रणा गरि भर्चुअल कार्यक्रमहरु सञ्चालन गरेर नेपाली शिक्षकहरुको भर्चुअल सिकाई सक्षमता विकासमा जुट्नु भएको थियो । उक्त महामारीको अवधिमा पनि उहाँले आफ्नो विद्यालयमा कक्षा ४ देखि १२ सम्म नियमित अनलाइन शिक्षणको प्रभावकारी अभ्यास लागु गर्न सफल हुनुभएको थियो ।

यदि विद्यालयका प्रिन्सिपल गतिशील र शिक्षकहरू उच्च गुणस्तरको शिक्षणमा समर्पित छन् भने विद्यार्थीहरूको सिकाइको महत्वाकांक्षामा कुनै सीमा रहँदैन भन्ने कुरा डा.कँडेलले प्रमाणित गरिदिनु भएको छ । शिक्षकले फरक पार्न सक्छ, जोसिलो शिक्षकले धेरै काम गर्न सक्छ । डा. कँडेल आफ्नो भूमिकाबाट प्रधानाध्यापक कस्तो हुन्छ भन्ने एउटा उदाहरण हुनुहुन्छ ।

 

-एसएलसी व्याच २०६६
पिएचडी स्कलर, युनिभर्सिटी अफ ह्युस्टन, अमेरिका

प्रतिकृया दिनुहोस्