काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले विश्वविद्यालयमा पूर्व एमाले र पूर्व माओवादीका प्रतिनिधिलाई मात्र रिक्त रहेका निकायहरुमा नियुक्ति दिएको भन्दै विद्यार्थीहरुले आफ्नै पदाधिकारीहरुलाई विश्वविद्यालय प्रवेश निषेध गरेका छन्। आन्दोलनरत विद्यार्थीले विश्वविद्यालयको उपकुलपति, रेक्टर र रजिष्ट्रार एउटै दलबाट नियुक्ति भएकोले उनीहरुले मिलेरै बैकल्पिक शिक्षा दिने नाममा विभिन्न उपकरण खरीदमा भ्रष्टाचार गरेको र त्यस्तो भ्रष्टाचारको भण्डाफोर अभियानमा आफूहरु रहेको समेत बताएका छन्।

शैक्षिक सुधारको लागि त्रिविका विद्यार्थीहरु विश्वविद्यालय परिसरमा आफ्नै पदाधिकारीविरुद्ध धर्ना, जुलुस तथा नाराबाजी गरिरहेका छन्। विश्वविद्यालय प्रशासनले पनि विश्वविद्यालयमा सुरक्षाको नाममा प्रहरी तैनाथ गरेको विद्यार्थीलाई शक्तिको आडमा तर्साउने काम समेत गरीरहेका छन्। विश्वविद्यालयको दृश्यले यो स्थान प्राज्ञिक क्षेत्र भन्दा पनि युद्द मैदान बन्दै गएको छ। विद्यार्थीहरुले विश्वविद्यालयमा शैक्षिक सुधारको माग गर्दै आफ्नै पदाधिकारीलाई विश्वविद्यालय प्रवेश निषेध गरेका छन्।

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँसकोट उपकुलपति नियुक्ति भएसँगै विश्वविद्यालयमा शैक्षिक सुधार गर्नुको साटो रिक्त रहेको निकायहरुमा भागबन्डा नियुक्तिमै एक वर्ष वितेको र बैकल्पिक शिक्षाको नाममा उपकरण खरिदमा भ्रष्टाचार भएको नेविसंघ विश्वविद्यालय समिति अध्यक्ष हरि आचार्यले बताए।

हाल विश्वविद्यालयमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन, कलेज प्रमुहरु सबै नेकपा निकटकै नियुक्ति भएका छन्। जसले गर्दा विश्वविद्यालय प्राज्ञिक क्षेत्र नभएर पार्टि कार्यालय बनेको अध्यक्ष आचार्य बताउँछन्।

‘हाल विश्वविद्यालयमा पदाधिकारी आएको एक वर्ष भयो, शैक्षिक, प्राज्ञिक, एवं भौतिक सुधारको कुनै भिजन, योजना कार्यक्रम समेत छैन,’ अध्यक्ष आचार्यले  भने, ‘पदाधिकारी नियुक्ति भएदेखिनै प्राज्ञिक मार्यादा र क्षमताको आधारमा नभएर नेकपाको दलिय कार्यकर्तालाई सबै निकायमा एकलौटि रुपमा नियुक्ति दिएर त्रिविलाई नेकपाको पार्टी कार्यालयनै बनाएका छन्।’ उनले थपे ‘विश्वविद्यालयका पदाधिकारीले बैकल्पिक शिक्षा दिने नाममा उपकरण खरिदमा गरेको भ्रष्टाचारबारे अख्तियारलगाएतका सम्बन्धित निकायले छानविन नगरेसम्म हामी विद्यार्थी आन्दोन जारी नै गर्ने छौं।’

यति मात्र होइन अध्यक्ष आचार्यले कोभिड-१९को महामारीको समयमा विश्वविद्याय जस्तो संस्था ६ महिनासम्म कक्षा संचालन, परीक्षा ब्यवस्थापन लगाएतका नीति र कार्यक्रम तय गर्न असक्षम र असफल देखिएकोले नेविसंघले यस्ता पदाधिकारी त्रिविलाई आवश्यक नरहेकोले विश्वविद्यालय प्रवेश निषेध गरेको बताए।

‘विश्वविद्यालयमा भए गरेका ऐन नियमविरुद्धका कार्यहरु तत्काल खारेजी गरी यस्ता कृयालाप बन्द गर्न आवाज उठाएकैले नेविसंघ त्रिवि समिति सचीव योगेन्द्र रावल विरुद्ध उच्च अदालत पाटनमा पदाधिकारीहरुले मुद्धा दर्ता गरेका छन्,’ अध्यक्ष आचार्य भन्छन्, ‘विश्वविद्यालयको इतिहासमा कहिल्यै नभएको दुर्गन्धित हर्कत पदाधिकारीले गरेकोले यसको भण्डाफोर गर्ने हाम्रो मुख्य लक्ष्य हो।’ उनले चेतावनी दिए ‘प्रवेश निषेध क्षेत्रमा पदाधिकारीहरुको उपस्थित देखिको खण्डमा आवश्यक कारवाही समेत गरिने छ। यसबाट उत्पन्न घटनाको सम्पूर्ण जिम्मेवारी त्रिविका पदाधिकारीले लिनु पर्छ।’

नेविसंघ केन्द्रीय समितिका महामन्त्री बलदेव तिमल्सिनाले विश्वविद्यालयका पदाधिकारीले आफ्नै विद्यार्थीविरुद्ध मुद्दा मामिला गर्नु र विश्वविद्यालयमा दैनिक ठूलो सख्यामा प्रहरी प्रवेश गराउनु कार्य आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन्। उनले प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालयमा ब्याप्त बिकृति, बिसंगति, बेथिति, भ्रष्टाचार, एबं विश्वविद्यालयलाई नेकपाका कार्यकर्ता भर्ति केन्द्र बनाउने दुषित मनशायका विरुद्ध नेविसंघ त्रिवि समितिले उठाएका मागमा समर्थन रहेको बताएका छन्। उनले माग गरे ‘त्रिविमा भएका गलत कामको अख्तियारलगाएतका सम्बन्धित निकायले छानविन गरी दोषीलाई कारावही गर्नु पर्छ।’

उता विश्वविद्यालयका रेक्टर शिव भूषालले विश्वविद्यालयमा कुनै प्रकारको गलत वा गैर कानूनी काम नभएको स्पष्ट पारे। त्रिविको नियम प्रकृया अनुसारै पदाधिकारीको नियुक्ति गरेको बताउँदै उनले उपकरण खरीद पनि पादरदर्शी र प्रकृया पुर्‍याएरै गरेको दाबी गरे।

‘यदि विश्वविद्यालयको कुनै पनि पदाधिकारीले गलत काम गरेको भए सम्बन्धित निकायले छानविन गर्न सक्छ। कारवाही गर्न सक्छ,’ रेक्टर भूषाले  भने, ‘विद्यार्थीहरुले हामीलाई विश्वविद्यालय प्रवेश रोक लगाएकोले हामी विश्वविद्यालय गएकै छैनौं।’ उनले थपे ‘तर विश्वविद्यालयका दैनिक कामहरु भने हामी घरबाटै गरिरहेका छौं।’ उनले विश्वविद्यालयलाई निकास दिन आन्दोलनरत विद्यार्थीसँग वार्ताकै माध्यमबाट अघि बढी रहेको समेत दाबी गरे।

रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्