कोभिड-१९ का कारण वैकल्पिक सिकाइका माध्यमबाट विद्यार्थीले सिकेको सिकाइ प्रगतिको लेखाजोखा/मूल्याङ्कन गर्न के-के गर्न उचित होला ? थप सुझावको अपेक्षा …

क.सम्बन्धित विषय शिक्षकले विद्यार्थीलाई आफ्नो सम्पर्कमा रही पाठ्यपुस्तकका विषयवस्तु अनुसार हरेक दिन सिकेका विषयहरुको अभिलेखन तयार गर्न लगाउने । यसका लागि गृहकार्य/असाइनमेन्ट दिने, भर्चुअल कक्षाको प्रशारण तालिका अनुसार गरेका व्रिmयाकलापहरुको विवरण तयार गर्न लगाउने, प्रतिवेदन तयार गर्न लगाउने, परियोजना कार्य गराउने जस्ता कार्यलाई लेखाजोखा÷मूल्याङ्कनको आधार मान्ने ।

ख. घरमा गरेका कार्यहरु, सामाजिक व्यवहार, सामुदायिक कार्यहरु, कृषिकर्म, घरायसी कार्य, कोरोना प्रतिरोधी कार्य, सरसफाइ, पारस्परिक सहयोग आदान प्रदान लगायत जीवनोपयोगी सीप हाँसिल गरेका विवरणहरुको संकलन गर्ने ।

ग. कथा, कविता, निवन्ध, लेख रचना, चित्र लेखन, चोयाका कार्यहरु, गुन्द्री चटाइ आदि बुन्ने, सिलाइ बुनाइ, फोटोग्राफी, नाच गान, बाजा बजाउने जस्ता सिर्जनात्मक कार्यहरुलाई विषय हेरी मूल्याङ्कनका आधार बनाउने ।

घ अनलाइन स्रोत, रेडियो, टेलिभिजनमा प्रसारित पाठ वा अग्रज एवम् उपलब्धि सहजकर्ताको सहयोगमा गरिएका क्रियाकलापको अभिलेख संकलन गर्ने ।

ङ. पाठ्यक्रम तथा पाठ्यपुस्तकमा निर्धारण गरिएका निरन्तर तथा आवधिक मूल्याङ्कन विधिहरुको उपयोग गर्ने ।

च. विद्यार्थीले विषयगत क्रियाकलापमा उपयोग गरेको जम्मा समयाबधिको ३० प्रतिशत समयलाई पाठ्यक्रम अनुसारको सिकाइको समयका रुपमा कायम हुने गरी गणना गर्ने ।

गौतमको फेसबुकपोष्टबाट

प्रतिकृया दिनुहोस्