महामारी र महामारी पछिको शिक्षा

Avatar photo

Byएजुकेशन पाटी

१२ भाद्र २०७७, शुक्रबार


हाल विश्वभरी फैलिरहेको नयाँ कोरोना भइरसको सङक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड १९’ को नाम दिइएको छ र यसलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरिसकेको छ । चीनको वुहान सहरमा देखापरेको यो महामारी आज विश्वका प्रायःसबै देशमा फैलिसकेको छ ।

सन् २०१९ डिसेम्बरबाट देखापरेको यो रोग फैलिएको ८ महिना भइसकेको छ । अहिले कोभिड १९ को कारण विश्वभर आतङ्क फैलिएको छ । कोरोना भइरसको कारण हालसम्म २ करोड ३४ लाख मानिस सङक्रमित भएका छन् भने ८ लाख मानिसको मृत्यु भैसकेको छ । मानव इतिहासमा यस्ता किसिमका विभिन्न महामारीहरू भएका छन् । त्यसैले यस्तो प्रकारको महामारी हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुन सक्नेछ ।

महामारीको बेला मुख्य गरी जीवनयापन र स्वास्थ्यका साथै मानिसको सामाजिक, आर्थिक तथा शैक्षिक आवस्था पनि डामाडोल हुदै जान्छ । यसलाई उचित व्यवस्थापन गर्ने काममा मुख्य नीतिगत निर्णय लिने काम सरकारको र त्यसमा साथ र सहयोग पुर्याउने काम सर्वसाधरणको हो । आज विश्वभरी सबै क्षेत्रमा कोभिड–१९ को असर परेको छ । त्यसमध्ये कोभिड–१९ को कारण शिक्षा क्षेत्र पनि आक्रान्त बनेको छ ।

नेपाललमा पनि कोभिड १९ को महामारी फैलिएपछि शिक्षा क्षेत्रमा परेको असर र शैक्षिक क्षेत्रमा बनेको योजना र कार्यक्रमहरू के कस्ता रहेका छन् ? शिक्षा मन्त्रालय, शिक्षाका उपल्लो तहका कर्मचारी, शिक्षाविधले योजना बनाउनु पर्ने र शिक्षक, विद्यार्थीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ त्यसका लागि स्थानीय सरकारले सहजीकरण, अनुगमण र आवश्यकता अनुसार सहयोग गर्नुपर्ने हुन्छ । २०७६ चैत्र ६ गतेबाट हुने एसईई सरकारले चैत्र ५ गते निर्णय गरेर स्थगन गर्यो । कोभिड–१९ को महामारीको कारण सरकारले चैत्र ११ गतेबाट बन्दाबन्दी गर्यो । धेरै विद्यालयहरूमा कोरिन्टिन र आइसोलेसन बनाइएको छ । सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गर्यो । सो बमोजिम सिकाइ सहजीकरण कार्यन्वयन गर्न निर्देशन र्गयो । सरकारको निर्देशन बमोजिम केही अनलाइन, टेलिभिजन, रेडियो र टोल शिक्षा दिने काम भयो ।

तर सरकारले भने जस्तो वैकल्पिक सिकाइ प्रक्रिया त्यती सफल हुन सकेन । यो कार्यक्रम सफल नहुनुमापहिलो कुरा त यस्तो अभ्यास हुनु अगाडि केही अनुसन्धान र अन्तक्र्रिया हुनु पर्ने थियो । दोस्रो कुरा विद्यार्थी मनोवैज्ञानिक रूपमा तयार भएपछि मात्र वैकल्पिक सिकाइ प्रक्रिया लागु गर्नु पथ्र्यो । तेस्रोकुरा वैकल्पिक सिकाइ प्रक्रियामा विविधता हुनु हुदैनथ्यो । सरकार र सर्वसाधरण सबैबाट कोरोनाको महामारीलाई भूकम्प जस्तो प्राकृतिक विपत्तिको घटनासँग तुलना गरेर बुझ्ने गल्ती भइरहेको छ।

यो महामारी आजको भोलि ठिक भैहाल्ने कुरा होइन । यो कुरा सर्वसाधरणले नबुझे पनि सरकारले बुझ्नु पर्ने कुरा हो । यो महामारी अझै ६ महिना १ वर्षसम्म पनि हुन सक्छ । त्यसैले सरकारले यसको बारेमा कुनै न कुनै योजना बनाउनु पर्ने आवश्यकता देखिन्छ ।

कोभिड–१९ को महामारीमा नेपाल सरकारले नेपालको सापेक्षतामा मिल्ने खालको अन्य देशमा भएको अभ्यासको अध्ययन गरेर नेपालमा पनि शैक्षिक योजनाहरू निर्माण गर्नुपर्ने थियो । अन्य देशहरूमा भएका अभ्यासहरू मध्ये नेपालको परिवेश अनकुल हुने त्यस्ता अभ्यासको अध्ययनगरी नेपालका शिक्षाविध तथा शिक्षासँग सरोकार राख्नेहरूसँगको छलफल र अन्तक्र्रियाबाट कुनै न कुनै नयाँ शैक्षिक कार्यक्रमहरू निर्माण गर्नु पर्ने थियो । नेपालको सापेक्षतामा यो कोभिड–१९ को महामारीको बेला शिक्षक र विद्यार्थीको लागि कुन काम व्यवहारिक र उपयोगी हुने थियो ? भन्ने बारेमा नेपालको साधन र स्रोतलाई पनि ख्याल गर्नु जरूरी हुन्छ ।

हाम्रो देशमा सबै ठाउँमा टेलिभिजन र इन्टरनेटको सुबिधा छैन साथै रेडियोबाट पढ्ने कुरामा विद्यार्थीले त्यति रूचि राख्दैनन् । हाल सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगीसकेको अवस्था छ । हाललाई विषयवस्तुको अध्ययन नै गर्ने भन्दा पनि अध्ययन गर्ने बानी हट्ने र पछि विद्यार्थीलाई पढ्ने वानी पार्न गाह्रो हुने अवस्था शृजना हुन सक्छ । बन्दाबन्दी केही लचिलो भए पछि केही सहजताको अनुभूति महसुस गरी केही विद्यालयहरूले विद्यालय सञ्चालन गर्ने कोशिस पनि गरेको देखियो ।

तर, सङ्क्रमणको दर बढ्दै जान थालेपछि त्यो पनि सम्भव भएन । यस बेला बरू शिक्षकले सित्तैमा तलब खाए भनेर शिक्षकलाई गाली गर्ने शिक्षाविधहरू देखा परे । अहिले शिक्षक र विद्यार्थीको सम्बन्ध टाढा भएको छ । अझ लामो समय यस्तै रह्यो भने शिक्षक विद्यार्थीलाई सामान्य अवस्थामा फर्किन निकै गाह्रो हुन सक्छ । साना कक्षाका विद्यार्थीलाई अझ झनै समस्या हुने देखिन्छ । त्यसैले कुनै पनि प्रक्रियाबाट शिक्षक र विद्यार्थीलाई जोडाउनु नै पर्छ त्यसैले हाम्रो सापेक्षतामा निम्न कामहरू गर्नु उपयोगी देखिन्छ ।

– मोबाइल फोन चल्नेठाँउमा कक्षा शिक्षकले अभिभावक वा विद्यार्थीलाई फोन गरेर आज के के पढ्नु भयो वा पढ्न लगाउनु भयो ? कुनै नबुझेको पाठ भए विषय शिक्षकलाई सोध्नुहोला भनेर नियमित सम्पर्क गर्ने ।

– मोबाइल फोन नचल्ने र स्थानीय शिक्षकहरू रहेको ठाँउमा विद्यार्थीलाई आज के के पढ्नुभयो ? केही नबुझेको भए सोध्नुहोस् अथवा टिपेर राख्नुहोस् पछि कक्षामा छलफल गरौंला भन्ने र अभिभावकलाई पनि नानीबाबुको बारेमा केछ भनेर सोध्ने ।

– अभिभावकको सहयोगमा साना कक्षाका लागि Khan Kids, Kindergarten Kids Learning, Read Along, Kids Preschool, Educational game, Merobarnamala, Nepali barnamala,Math kids जस्ता अफलाइनमा चलाउन मिल्ने एप्सहरू डाउनलोड गरेर सिकाउन सकिन्छ ।

-कक्षा ९ र १० का लागि नेपाल सरकारले सञ्चालन गरेको भर्चुअल कक्षाबाट डाउनलोड गरी अफलाइनमा अध्ययन गर्न सकिन्छ ।

– इन्टरनेट सुविधा भएको ठाँउमा कक्षा ४ देखि १० सम्मको लागि Midas eclass,E Learning Portal,DCL Mobile  जस्ता Apps हरू डाउनलोड गरेर सिक्न सिकाउन सकिन्छ । त्यस्तै Google को विभिन्न Website/ YouTube मा गएर पनि अध्ययन गर्न सकिन्छ ।

– प्रधानाध्यापकले शिक्षकबाट नियमित काम भए नभएको अनुगमन गर्ने ।

यसरी शिक्षक विद्यार्थीको बिचमा नियमित सम्पर्क गर्न सकिन्छ । शिक्षक विद्यार्थीको नियमित सम्पर्कले विद्यार्थीलाई कक्षाकोठामा नै छु भन्ने अनुभूति हुन्छ भने मनोवैज्ञानिक रूपमा पनि विद्यार्थीलाई कुनै तनाव हुदैन ।

महामारीरमहामारीपछिको दुबैसमयमा शिक्षा व्यवस्थापनको बारेमा योजना बनाउनु जरुरी हुन्छ । नेपाल सरकार, शिक्षाविद तथा अन्य शिक्षासँग सरोकार राख्ने कसैको पनि यस विषयमा खासै ध्यान गएको देखिदैन । अन्य देशहरूले महामारीमा अनलाइन कक्षाको छुटै पाठ्यक्रम बनाउनको साथै महामारी पछिको शिक्षाको पाठ्यक्रम समेत तयार गरिसकेको देखिन्छ।यस वर्षको शैक्षिक सत्र कसरी चलाउने ?शैक्षिक सत्र नै कोल्याप्स हुन्छ कि भन्ने खालको आशंका पनि उत्पन्न हुनथालेको छ । सरकारले शैक्षिक वर्षलाई कोल्याप्स नगरीकन कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल बहस गरेर नयाँ कार्यक्रम बनाउनु जरुरी छ तर यतातिर सरकारको खासै ध्यान गएको देखिदैन । कोरोना महामारी पछि नेपालको शैक्षिक क्षेत्रलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा निम्न लिखित कार्ययोजना बनाउन जरुरी देखिन्छ ।

 समय संकुचन गर्ने ।
एक शैक्षिक वर्षको लागि तयार गरिएको पाठ्य घण्टिलाई अलि थोरै बनाउन सकिन्छ कि सकिदैन ? यसको बारेमा विषयगत शिक्षकहरूको एउटा समिति बनाएर अध्ययन छलफल गराउन सकिन्छ । शिक्षक आफैले आफ्नो अनुभवको अधारमा आधा समय अथवा ६ महिनाको समयावधिमा कोर्ष पुरा गर्ने कार्यक्रम बनाउन सक्छन् ।

उपयुक्त विधिहरूको खोजी गर्ने ।
शिक्षाविद्, शिक्षकहरूको एउटा अध्ययन दल बनाएर छोटो समयमा पनि पुरै विषयवस्तुको अध्ययन गराउन सकिने कुनै विधिहरू हुन सक्छ कि सक्दैन ? त्यसको बारेमा अध्ययन गरेर कुनै विधि खोज्न सकिन्छ ।

पाठ्यबस्तुको संकुचन गर्ने ।
पाठ्यक्रमले निर्धारण गरेको प्रत्येक कक्षाको क्षेत्र र क्रमलाई अध्ययन गरेर अघिलो कक्षामा अध्ययन गरीसकेका विषयवस्तुलाई साराशंमा मात्र राखेर पाठ्य वस्तुलाई संकुचन गर्न सकिन्छ। त्यसका लागि पनि शिक्षक र शिक्षाविद्हरूको एक अध्ययन दल बनाएर पाठ्यवस्तु संकुचन पनि गर्न सकिन्छ ।

सङ्क्रमणकालीन पाठ्यक्रम निमाण गर्ने ।
देशमा कुनै महामारी वा कुनै सङ्क्रमणकालीन अवस्था सिर्जना भएको बेलालाई ध्यानमा राखेर सङ्क्रमणकालीन छोटो पाठ्यक्रम बनाई त्यस्तो पाठ्यक्रमको प्रयोग गरेर पनि शैक्षिक वर्ष बचाउन सकिन्छ । कोभिड १९ को महामारी पछिको शिक्षामा पनि सङ्क्रंणकालीन पाठ्यक्रम निर्माण गर्न सकिन्छ ।

शैक्षक सत्र समायोजन गर्ने ।
२०७७ को शैक्षिक सत्रको करिव ५ महिना बितिसकेको छ । अव ७ महिना मात्र बाँकी छ । कुनै एक वर्षको शैक्षिक अवधि घटाउनु भन्दा दुई वा तीन वर्षलाई आधार लिएर औषत समय तय गरी समान समय व्यवस्थापन गर्न सकिन्छ ।

 बिदा कटौती गर्ने ।
क्षति भएको समएको क्षतिपूर्तिको लागि सार्वजनिक बिदा र लामो बिदाहरू कटौती गरेर पनि हुन सक्ने शैक्षिक क्षतिलाई कम गर्न सकिन्छ ।

अन्तराष्ट्रिय अभ्यासको अध्ययन गर्ने ।
विश्वमा यस्ता धेरै महामारीको इतिहास छ । त्यस्तो महामारी पछिको शिक्षा व्यवस्थापन कसरी कसरी गरेका थिए । त्यसको अध्ययन गरेर हाम्रो देशको सापेक्षतामा उपयुक्त खालको कुन अभ्यास गर्न सकिन्छ त्यसको बारेमा अध्ययन गर्नु जरुरी देखिन्छ ।

शिक्षकलाई तालिम दिने ।
महामारी पछिको शिक्षा व्यवस्थापनको लागि शिक्षकलाई सूचनाप्रविधि लगायत महामारी पछिको शिक्षा व्यवस्थापनलाई सहयोग पुग्ने खालको तालिमको व्यवस्था गर्ने । यी माथि उल्लेखित कुराहरू कुनै आधिकारिक र दार्शनिक वा वैचारिक कुरा होइन खाली शिक्षासँग सरोकार राख्ने उपल्लो वर्गका लागि स्मरण गराउनमा सहयोग पुग्ने आशा मात्र लिइएको हो ।

प्रतिकृया दिनुहोस्