नयाँ दिल्ली । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भर्खरै धीरुभाई अम्बानी, श्री श्री रविशंकर , साइना नेहवाल ललगायतका ५६ जना प्रबुद्ध व्यक्तिहरुलाई पद्म अवार्डले सम्मानित गरे ।

यसै सूचिका एक सहभागि ने आजीवन विभिन्न कठिनाईहरुलाई जितेर आज समाजको पे्ररणा बनेका छन् । उनको नाम कवि हलधर नाग हो । उनलाई भारतमा मानिसहरु लोक कवि रत्न भनेर चिन्छन् । एक विश्वविद्यालयका ५ विद्यार्थीहहरुले उनको काम र जीवनीमा पिएचडी गर्दैछन् । हलधरलले भने ३ कक्षा मात्रै पढेका छन् ।

१९५० मा ओडिशाको बारगढ जिल्लामा हलधरको जन्म एक गरिब परिवारमा भएको थियो । उनले मुस्किलका साथ ३ कक्षासम्म पढे । उनी १० वर्षको हुदाँ बाबुको निधन भएको थियो ।

यसपछि उनले आफ्नो परिवारको पेट पाल्नका लागि मिठाई पसलमा २ वर्षसम्म भाडा माझ्ने काम गरे । गाउँका मुखियाले उनलाई स्कुलमा खान पकाउने काम दिए । १६ वर्षमा एक स्कूलमा काम गर्ने क्रममा उनमा ऋण काढेर सानो स्टेशनरी पसल खोल्ने उपाय फुर्यो ।

स्टेशनरी चलाउन थालेपछि उनी कविता र लेखनमा समर्पित भए । उनको पहिलो कविता धोनो बारगछ सन् १९९० मा एक स्थानिय पत्रिकामा छापियो ।कवि हलधरले आफ्नो पूरा जीवन जुत्ता चप्पल लगाएका छैनन् । उनी धोती र गन्जी लगाउँछन् ।

विश्वविद्यालयमा पढाईन्छ हलधरका कविता
नागका अनुसार एक विधवाका बच्चाको जीवन निकै कठीन हुन्छ । हरेक समय एउटा नयाँ चुनौत आफ्नो अगाडी आएको हुन्छ । उनको कविता भारतका थुप्रै विश्वविद्यालयको पाठ्यक्रममा राखिएको छ । हलधर ग्रन्थावली–२ मा उनको प्रमुख रचना समावेश छ । हलधरले धेरैजसो संस्कृति, प्रकृति, धर्म र समाजमाथि कविता लेखेका छन् ।

६६ वर्षका हलधर नाग कोसली भाषाका महान् कवि हुन् । उनले थुप्रै कविता तथा २० महाकाव्य लेखेका छन् ।

प्रतिकृया दिनुहोस्