शिक्षकको जिल्लान्तर सरुवा खुला

Avatar photo

Byएजुकेशन पाटी

१७ फाल्गुन २०७७, सोमबार

काठमाडौं । शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गरी गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुला गरिएको जनाएको छ ।

जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने केन्द्रको सूचनामा उल्लेख छ ।

शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा भई आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ । केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधीनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको हो ।

हेर्नुस सूचना

नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापनसमन्वय शाखा
सानोठिमी, भक्तपुर

विषय: सरुवा सम्बन्धमा ।
श्री शिक्षा विकास तथा समन्वय इकाइ, सबै ।

प्रस्तुत विषयमा यस केन्द्रको च.न. ८० मिति २०७१०९।२० को पत्रानुसार शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएकोमा तपसिलका आधार तथा शर्तहरुको अधिनमा रही शिक्षक सरुवा गर्न सकिने व्यवस्था सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

तपसिलः
(क) शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा हुने स्थानीय तह तथा जिल्ला भित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भए पछि मात्र गर्न सक्नेछ । दरबन्दी मिलान सम्पन्न नगरेको स्थानीय तहहरुमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गर्न पाइने छैन ।

(ख) स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा सिफारिस गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति गर्न पाइने छैन ।

(ग) स्थानीय तह अन्तर्गतको विद्यालयमा रिक्त रहेको शिक्षक दरबन्दीमा सरुवाबाट पदपूर्ति गर्नुपर्ने अवस्था भएमा सरुवा गर्नु पूर्व स्थायी पदपूर्तिका लागि सिफारिस भएको संख्यामा असर नपर्ने गरी र सिफारिस अनुसार नियुक्ति पदस्थापना गर्ने सुनिश्चित नभई उक्त रिक्त दरबन्दीमा सरुवा गर्न पाइने छैन ।

(घ) खुद पुल दरबन्दी रहेका ९दरबन्दी कटौतीमा परेका स्थानीय तहको खुद पुल रहेको तहको शिक्षक दरबन्दीमा सरुवा गर्न सकिने छैन ।

(ङ) पारस्परिक सरुवाको हकमा विषय र तह मिल्ने भएमा मात्र सम्बन्धित विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको सिफारिसमा नियमानुसार सरुवा गर्न सकिने छ ।

(च) शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा भई आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा प्रसकेन्द्रमा अनिवार्य पेश गर्नु पर्नेछ ।

भुवनेश्वर जोशी
शाखा अधिकृत

प्रतिकृया दिनुहोस्