काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमका लागि कलेजहरुमा सिट संख्या बाँडफाँट गरेको छ । आयोगले स्नातक तहमा विदेशी समूह, सःशुल्क र खुला तथा आरक्षण छात्रवृत्तिमा सिट संख्या बाँडफाँट गरेको हो ।

आयोगले फागुन २३ गते सार्वजनिक गरेको स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रम र शिक्षण संस्थाहरूमा निर्धारण गरिएको सिटलाई चिकित्सा शिक्षा आयोग कार्यकारी समितिको फागुन ३० गतेको निर्णयानुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ दफा १७ को उपदफा (४), (६), (८) र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधन सहित) को नियम १७क। र २० मा भएको व्यवस्थाका आधारमा विदेशी समूह, सःशुल्क र छात्रवृत्ति (खुला तथा आरक्षण) लगायतका समूहको सिट बाँडफाँड गरेको हो ।

आयोगले चिकित्सा शिक्षाका विभिन्न विषयमा सात हजार ६५९ सिटमध्ये नेपाली आर्मी वेल्फेयर छात्रवृत्रिका लागि १०५, विदेशी विद्यार्थीको लागि दुई हजार २३, सःशुल्क विद्यार्थी तीन हजार २८२ सिट, पूर्ण छात्रवृत्तिको दुई हजार २४९ सिट, सामान्य छात्रवृत्तिको एक हजार २३५ र संरक्षित कोटाहरु महिला, दलित महिला, मुस्लिम महिला, मधेसी,थारू, आदिवासी जनजाति लगायतका एक हजार १४ सिट कलेजहरुमा बाँडफाँट गरेको हो ।

आयोगले एमबीबीएसका लागि एक हजार ८९५ सिटमध्ये नेपाली आर्मी वेल्फेयर छात्रवृत्ति पाउने ४९, विदेशी विद्यार्थी ५५७, सःशुल्क ८५९ सिट, पूर्ण छात्रवृत्ति पाउने ४३० सिट, सामान्य छात्रवृत्ति पाउने २३७ सिट, संरक्षित कोटामा महिला, दलित महिला, मुस्लिम महिला,मधेसी,थारू आदिवासीजनजाति लगायतका लागि १९३ सिट विभिन्न २१ कलेजमा विभाजन गरेको छ ।

बीएस्सी एमआईटी विषयको लागि विभिन्न ८ शिक्षण संस्थामा ७७ सिटमध्ये १८ सिट विदेशी विद्यार्थीलाई, ३३ सःशुल्क, २६ पूर्ण निःशुल्क, १४ सामान्य छात्रवृत्ति र १२ वटा आरक्षणतर्फ महिला, दलित, मधेसी,थारु,आदिवासी जनजाति लगायतका लागि छुट्याएको छ ।

विभिन्न ६ शिक्षण संस्थामा बी मीडवाईफेरीको लागि १३० कोटा निर्धारण गरेकोमध्ये विदेशी विद्यार्थीको लागि १७ सिट, सःशुल्कको लागि २९ सिट, पूर्ण छात्रवृत्तिको लागि ८४ सिट, सामान्य छात्रवृत्तिको लागि ४६ र महिला, दलित महिला, मुस्लिम महिला, मधेसी, थारू,आदिवासी जनजाति लगायतको लागि ३८ सिट छुट्याएको छ ।

बी अप्टमको लागि विभिन्न ३ शिक्षण संस्थामा ७० सिटमध्ये विदेशी विद्यार्थीको लागि ६ सिट, सःशुल्क १२ सिट, पूर्ण छात्रवृत्तिको लागि ५२ सिट, सामान्य छात्रवृत्तिको लागि २९ र महिला, दलित महिला, मुस्लिम महिला, मधेसी, थारू, आदिवासी जनजाति लगायतको छात्रवृत्तिका लागि २३ सिट निर्धारण गरेको छ ।

आयोगले बी फार्माको लागि ८१५ कोटा निर्धारण गरेकोमध्ये विदेशी विद्यार्थीको लागि २२८ सिट, सःशुल्क ३९७ सिट, पूर्ण छात्रवृत्ति १९० सिट, सामान्य छात्रवृत्ति १०४, महिला, दलित महिला, मुस्लिम महिला, मधेसी, थारू, आदिवासी जनजाति लगायतको लागि ८६ सिट निर्धारण गरेको छ ।

बीएस्सी नर्सिङको लागि एक हजार ३५० सिटमध्ये नेपाल आर्मी वेल्फेयरको लागि २०, विदेशी विद्यार्थीको लागि ३४९, सःशुल्क ५४२ सिट, पूर्ण छात्रवृत्तिको ४३९ सिट, सामान्य छात्रवृत्ति २४१, संरक्षित छात्रवृत्ति महिला, दलित महिला, मुस्लिम महिला, मधेसी, थारू,आदिवासी जनजाति लगायतको लागि १९८ सिट छुट्याएको छ ।

बीडीएसका लागि आयोगले ५६० सिटमध्ये विदेशी विद्यार्थीको लागि १७५, सःशुल्क २७७ सिट, पूर्ण छात्रवृत्तिको लागि १०८ सिट, सामान्य छात्रवृत्तिको लागि ५९, संरक्षित कोटाहरु महिला, दलित महिला, मुस्लिम महिला, मधेसी, थारू, आदिवासी जनजाति लगायतको लागि ४९ सिट छुट्याएको छ ।

बीएनएसको लागि एक हजार ३१० सिटमध्ये नेपाल आर्मी वेल्फेयरको लागि २०, विदेशी विद्यार्थीको लागि २९२, सःशुल्क ५०६ सिट, पूर्ण छात्रवृत्तिको लागि ४९२ सिट, सामान्य छात्रवृत्तिको लागि २७० र संरक्षित कोटाहरु महिला, दलित महिला, मुस्लिम महिला, मधेसी, थारू,आदिवासी जनजाति लगायतको लागि २२२ सिट छुट्याएको छ ।

प्रतिकृया दिनुहोस्