काठमाडौं। नेपाल शिक्षक महासंघले भोलि शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएकोछ।

३४ सुत्रीय माग राखि बैशाख २० गते देखि आन्दोलनरत महासंघले बिहान १० बजेदेखि १ बजेसम्म प्रधानमन्त्री निवासमा धर्ना दिन लागेको हो। महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले उक हजार शिक्षक कर्मचारीले भोलि बालुवाटारमा धर्ना दिने जानकारी दिए।

यसअघि महासंघले माइतीघरमा अनशनका साथै स्थानिय तह प्रमुख, जिल्लाका शिक्षा इकाई प्रमुख, प्रदेशका मुख्यमन्त्री कार्यालय र शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिएका थिए।

प्रतिकृया दिनुहोस्