श्री स्थानीय तह सबै
क्ष्ल्भ्न्च्ए कार्यक्रम लागू भएका ३० जिल्ला

(बाँके, बर्दिया, भक्तपुर, दाङ, डडेलधुरा, धनकुटा, डोल्पा, कैलाली, कञ्चनपुर, कास्की, मनाङ, मुस्ताङ, पर्सा, रुपन्देही, सप्तरी, सुर्खेत, ताप्लेजुङ, धनुषा, रसुवा, तनहुँ, खोटाङ, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुपाल्चोक, म्याग्दी, कपिलवस्तु, दैलेख, अछाम र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

प्रस्तुत विषयमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार त्यस जिल्लामा समेत राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (National Early Grade Reading Program –NEGRP) लागू भएको व्यहोरा सहर्ष जानकारी गराउँदै उक्त कार्यक्रमले निर्धारण गरेकोMinimum Package कार्यान्वयनको सन्दर्भमा चालु शैक्षिक सत्र २००७ मा कक्षा १–३ को नेपाली विषयको पाठ्यक्रम, शिक्षक निर्देशिका, विद्यार्थी अभ्यास पुस्तिका र अन्य शैक्षणिक सामग्रीहरु व्यवस्थाका लागि गत आ.व. २०७६–०७७ को कार्यक्रमबाट NEGRP Minimum Package कार्यान्वयन शीर्षकमा तहाँ पालिका मार्फत् सबै सामुदायिक विद्यालयहरुमा प्रति विद्यालय रु ९,०००।– का दरले अनुदान निकासा भइसकेको व्यहोरा अवगत नै छ ।

NEGRP Minimum Package कार्यान्यन गर्ने गराउने सन्दर्भमा कक्षा १ को हकमा पाविकेबाट स्वीकृत भई लागू भएको एकीकृत पाठ्यक्रम नै कार्यान्वयनमा ल्याउने र कक्षा २ र ३ को हकमा माथि उल्लेखित सामग्री व्यवस्था गरी बालबालिकाहरुको पढ्न पाउने अधिकार सुनिश्चतता गर्न र निकासा भएको रकम सम्बन्धित शीर्षकमा मात्र खर्च गर्ने गराउने व्यवस्था कडाइका साथ कार्यान्वयनका लागि तल उल्लेखित विकल्पहरु माथि छलफल गरी गराई उपयक्त विकल्पको प्रयोग गरी प्रत्येक सामुदायिक विद्यालयले Minimum Package अन्तर्गतका उल्लिखित कक्षागत सामग्रीहरु प्राप्तिको सुनिश्चितता गरी सो को जानकारी यस केन्द्रमा दिनुहुन निर्देशानुसार अनुरोध छ ।

सामग्री व्यवस्थाका लागि सम्भावित विकल्पहरुः

विकल्प नं.–१
NEGRP Minimum Package अन्तर्गतका उल्लिखित कक्षा २–३ को नेपाली विषयको पाठ्यक्रम, शिक्षक निर्देशिका, विद्यार्थी अभ्यास पुस्तिका र अन्य शैक्षणिक सामग्रीहरु व्यवस्थाका लागि पाठ्यक्रम विकास केन्द्र, सानोठिमीबाट तयार भएको Cammera Ready Copy/Print Ready Copy – CRC/PRC कपी तहाँ जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइसँगको समन्वयमा पाठ्यक्रम विकास केन्द्रबाट संस्थागत रुपमा प्राप्त गरी पालिकास्तर वा जिल्लास्तरमा आवश्यक संख्या बराबर छपाइ र वितरणको आवश्यक व्यवस्था मिलाउन सकिने ।

विकल्प नं.–२
NEGRP Minimum Package अन्तर्गतका उल्लेखित कक्षा २–३ को नेपाली विषयको पाठ्यक्रम, शिक्षक निर्देशिका, विद्यार्थी अभ्यास पुस्तिका र अन्य शैक्षणिक सामग्रीहरु व्यवस्थाका पालिकास्तर र जिल्लास्तरमा समन्वय गरी आवश्यक हुने सामग्रीको संख्या सहितको विवरण यकिन गरी जनक शिक्षा सामग्री केन्द्रसँगको समन्वयमा खरिद तथा वितरणको व्यवस्था मिलाउन सकिने ।

प्रतिकृया दिनुहोस्