कविताः बन्दाबन्दी महात्म्य

Avatar photo

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

जागेर जागिरतिरै दिनहूँ कुदिन्थ्यो
सर्लक्क घाम डुवदा घर फर्किइन्थ्योे
गर्नै परेन सब त्यो, तर व्यस्तता छ
यो तीनबीस दिनको गतिलो कथा छ ।१।

पर्दा अनेकतिर जाम मनै निमोठ्थ्यो
पुग्दा अबेर घर चित्त उसै चिमोट्थ्यो
बस्दा नि ! लाइनकतै बितिगो भनिन्थ्यो
के भो र फुर्सद भएपनि ? उत्तिकै भो ।२।

साथै छ मेशिन सधैँभरि चल्नुपर्ने
खोजेर इन्धनसधैँभरि भर्नुपर्ने
भर्दै भरिन्न त्यसमै दिन रात चर्को
छस् चिल्लबिल्ल, घरको कुरुवातँ अर्को ।३।

जिल्लाप्रदेशसरिका घर आँगनी छन्
चिल्ला सफा सडक छन् घर जीवनी छन्
गाडी/जहाजसरि भै मन कुद्छ/उड्छ
झन् आज फेसबुककासँग सुत्छ/उठ्छ ।४।

संसार हेर्न टि.भि.मै घुमघाम चल्छ
छन् गीतनाँचसिनमाधुमधाम चल्छ
हेरी न/सक्नु सब यूट्युबले सजायो
के बन्दभन्नु मनुवाबरु रम्न पायो ।५।

यौटै छ कामउसको दिनरात खानु
बाँझो छ खेत श्रम गर्न हुँदैन जानु?
गाली गरेर अविछिन्न बटुल्नु ताली
हा! दिव्यभव्य लकडाउनको छ लाली ।६।

कैले भन्यो उचित बन्द थियो नगर्नु
कैले भन्यो ठिक छ यो परिहाल्छ गर्नु
हेरेर मौसम कुरा पनि फेर्न मिल्छ
जात्रा छ विश्वभर नै उठ हेर्न मिल्छ ।७।

कपन, काठमाडौँ

प्रतिकृया दिनुहोस्