भक्तपुर । शिक्षक सेवा आयोगले धमाधम अध्यापन अनुमतिपत्र(शिक्षक लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको नतिजाले मात्र उत्तीर्ण र अनुत्तीर्णको मात्रै जानकारी दिने गर्छ । परीक्षामा आएको प्राप्ताङ्क हेर्न भने अर्कै विधि प्रयोग गर्नुपर्ने हुन्छ ।

आयोगका अनुसार परिक्षार्थीले मोवाइलको म्यासेजबक्समा टिएससी टाइप गरी स्पेश दिएर प्रवेशपत्रमा रहेको एप्लीकेशन आइडी टाइप गरी ३१००७ मा एसएमएस पठाइ आफ्नो प्राप्ताङ्क हेर्न सक्ने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्