गुगल सर्चमा कोहि खोजीरहेको थियो । यदि स्कूल नै हुँदैनथ्यो भने ? यसबाट के थाहा हुन्छ भने मान्छेको दिमागमा यस्तो पनि विचार आउँछ । जसको सम्बन्ध ‘स्कूल विहीन संसार’ सँग छ ।

यदि स्कूल नै हुँदैनथ्यो भने के हुन्थ्यो ? यस प्रश्नमा पहिलो प्रतिक्रिया आउँछ ‘पढाई कस्तो हुन्थ्यो ?’ यस जवाफबाट के प्रष्ट हुन्छ भने हामी यस्तो समाजको कल्पना गर्न सक्दैनौं जसमा स्कूल नै हुँदैन । जोन डिबिले यसबारेमा लेखेका छन् कि स्कूल समाजको आवश्यकता हो ।

बालबालिकालाई मोज हुन्थ्यो, साथीसंगीको टोली नै हुन्थ्यो
जब बालबालिका स्कूल जाँदैनन् तब अभिभावकलाई खुव चिन्ता हुन्छ । घरका मान्छेले भन्छन् कि आज स्कुल बिदा भएकाले बालबालिका यति धेरै चकचक गरिराखेको छ । अर्थात, यदि स्कूल जस्तो कुनै व्यवस्था नहुँदो हो त बालबालिकाहरुको दैनिक जीवन कस्तो हुन्थ्यो होला ? उनीहरुको समय कसरी बित्थ्यो होला यो प्रश्न पनि अगाडी आउँछ । यसको जवाफ आउन सक्छ कि उनीहरु घरेलु काममा व्यस्त हुन्थे । उनीहरुलाई जे मन लाग्छ त्यो गर्दथे । ठूलामान्छेहरुको जीन्दगीलाई नजिकबाट नियाल्थे वा बुझ्न पाउँथे । आफ्नो सामाजिक दुनियालाई सम्पन्न बनाउथे । यसमा उनीहरु एक सैद्धान्तिक जीव बन्दैनथे । उनीहरुको कुरा र व्यवहारमा अनुभव झल्किन्थे । उनीहरु वास्तविक समयसँग रम्नसक्ने बालबालिका बन्दथे । उनीहरु स्कूल जाने अबोध बालबालिकाहरु भन्दा निकै फरक र आत्मविश्वासी बन्थे ।

हुन सक्छ बालबालिकाहरु ठुलामान्छेको पछि पछि उनीहरुसँगै खेत, कारखाना, अफिस तथा काम गर्ने स्थानहरुमा जान्थे । कि ठूलामान्छेहरु उनीहरुलाई केहि काम दिएर साँझसम्म सक्न भन्दै त्यसमै अल्झाएर आफुहरु दैनिक जीविकामा व्यस्त हुन्थे । जस्तो कि बर्खे विदा या कुनै लामो बिदामा धेरैजसो स्कूलहरुले बिदाको दिनको आधारमा धरै गृहकार्य दिने गर्दछन् । ताकि बालबालिकाहरुको पढाईसँग एउटा नाता बनिरहोस् । छुट्टिमा पनि उनीहरुलाई स्कुल भित्रै छु भन्ने महसुस होस् । तर यदि स्कुल हुँदैनथ्योभने धेरै चिजहरु देख्ने, गर्ने, सिक्नेको तरिकाहरु एकदमै फरक हुन्थ्यो तथा शायद धेरै व्यवहारिक पनि हुन्थ्यो । यस्तोमा धेरै विषयहरु लेखनीमा स्थानान्तरण नभइ अनुभवको रुपमा एक पीढीबाट अर्को पीढीमा स्थानान्तरण हुन्थ्यो ।

सिक्नेहरु प्रति आदरभाव हुन्थ्यो
यस बाहेक पनि धेरै सम्भावनाहरु छन् जस्तो कि विद्यालय नै हुँदैनथ्योभने कोहि शिक्षक र विद्यार्थी पनि हुदैनथे । सवै आ–आफ्नो नामले चिनिन्थे । जसले जसबाट जे सिकिथ्यो उस प्रति आदरभाव राख्थ्यो । कुनैपनि विषय अझै उत्कृष्ट ढंगले गर्ने विधि खोज्नेहरुप्रति सवैले तारिफ गर्थे । सवैको बीचमा एउटा फरक किसिमको संवाद हुन्थ्यो । जुन कक्षाहरुमा हुने संवाद भन्दा धेरै सहज हुन्थ्यो । त्यो सजिलै बुझिनेखालको हुन्थ्यो । यस्तो अवस्थामा मान्छेहरुमा समाजमा घुल्नेमिल्ने विषयलाई लिएर पनि विभिन्न आग्रह–पूर्वाग्रह स्थापित हुन्थ्यो जस्तो कि बालबालिकाहरुले यस्तो गर्नुपर्छ, यस्ता मान्छेसँग मात्रै सँगत गर्नुपर्छ, उबाट केहि सिक्नुपर्छ, यस्ता मान्छेबाट टाढै रहनुपर्छ इत्यादी ।

यदि स्कूल नै हुन्नथ्योभने दिनभरी बालबालिकाहरु स्कूलमा बस्न पर्दैनथ्यो । स्कूल छुट्टी पछि बालबालिकाहरुलाई जुन खुसीको महसुस हुन्छ त्यो खुसी नै हुँदैनथ्यो। धेरै वर्षको पढाईको दौरान जीन्दगीको जुन मिठा अनुभवहरु हुन्छन् त्यो मजा हुँदैनथ्यो । न कुनै शिक्षक दिवश हुन्थ्यो । न कुनै जयन्ती नै हुन्थ्यो । न एकदमै धेरै बोलीको आर्दशवादी कुराहरु नै हुन्थ्यो । न कुनै परीक्षा हुन्थ्यो न नम्बरको रेस नै हुन्थ्यो । परीक्षामा ल्याएको नम्बरको आधारमा कोहीपनि बालबालिकालाई कमजोर वा तेज भन्ने मानिदैन्थ्यो । यस्तो अवस्थामा कार्य कौशल र व्यवहारीक सुझ–बुझलाई ज्यादा महत्व दिइन्थ्यो ।

समाजको आवश्यकता र पारिवारिक परम्पराका आधारमा बालबालिकाहरुले आफ्नो जीवनको अनुभवलाई खास दिशा दिन्थे । ठूलाहरुको जीन्दगीमा समेत यसले धेरै फरक पाथ्र्यो । सरकार पनि शिक्षामा कम बजेट भयो भनेर चिन्तीत हुन पर्दैनथ्यो । यस्तो अवस्थामा बजेटको ठूलो हिस्सा स्वास्थ्य क्षेत्रमा खर्च गरिन्थ्यो ।

यस्ताखाले धेरै सम्भावनाहरु हुन सक्छन् । आफ्नो तर्फबाट, तपाईहरु पनि सोच्नुस त यदि स्कूल हुँदैनथ्योभने के हुन्थ्यो ? के हाम्रो वरीपरीको संसार यस्तै हुन्थ्यो कि धेरै अलग हुन्थ्यो ?

भावानुवादः रोशन क्षेत्री गाउँले

-एजुकेशन मिररबाट 

प्रतिकृया दिनुहोस्