भक्तपुर । शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमती पत्र(शिक्षक लाइसेन्स) को नतिजा प्रकाशित गरेको छ ।
कोभिड–१९ का कारण बिचमा रोकिएको नतिजा प्रकाशन आयोगले पुन सुचारु गरेको छ ।
बुधवार आयोगले प्राथमिक तहको प्रदेशगत हिसावमा प्रकाशन शुरु गरेको हो । बुधवार आयोगले प्रदेश नम्वर ५ को नतिजा प्रकाशन गरेको छ ।
नतिजा अनुसार प्रदेश नम्बर ५ बाट परीक्षामा सहभागी ११ हजार १३१ मध्ये ८२७ जना उत्तीर्ण भएका छन् । यस्तै, ८१३ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ । यस्तै परीक्षामा अमर्यादित काम गर्ने ९ जनाको परीक्षा रद्द भएको छ ।
प्रतिकृया दिनुहोस्