काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विज्ञापन खुला गरेको छ । चालू शैक्षिक सत्रका लागि आयोग ६८६ पदमा खुला प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको हो ।
आयोगका अनुसार नेपाली विषयको लागि १११ रिक्त पदमा, अंग्रेजी विषयको लागि ८४ रिक्त पदमा, गणित विषयको लागि २०८ रिक्त पदमा, विज्ञान विषयको लागि १९१ रिक्त पदमा, सामाजिक अध्ययन विषयको लागि ५४ पदमा, अर्थशास्त्र विषयको लागि ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ पदमा विज्ञापन खुलाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन खुलाएको छ भने संस्कृत व्याकरणको लागि ३ वटा पदमा संस्कृत भाषाको लागि ७ पदमा विज्ञापन खुलाएको आयोगले जनाएको छ ।
म्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://tsc.gov.np/डाउनलोड / सूचना/विज्ञापन tab बाट प्राप्त गर्न र हेर्न सकिने छ ।