काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच छलफल सुरु भएको छ ।शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच सहमतिको आधार तयार गर्न प्रारम्भिक छलफल सुरु भएको हो।

शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ ।

यसअघि पटक–पटक बोलाउँदा पनि महासङ्घ वार्तामा गएको थिएन ।

प्रतिकृया दिनुहोस्