काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)  को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् ।

बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन् । यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो ।

त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र ऐच्छिक गणितमा १८ हजार २२२ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दु:खद् भएको बताए ।

प्रतिकृया दिनुहोस्