काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् । शुक्रबार साँझ सार्वजनिक गरिएको नतिजा अनुसार बागमती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् ।
त्यसपछि लुम्बिनी प्रदेशबाट विद्यार्थी उत्तीर्ण भएका छन् । लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९,७४९, गण्डकी प्रदेशबाट ४७,८४९, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या कुन प्रदेशमा कति ?
कोशी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ६,२५८ जना
मधेश : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ४,१३८ जना
बागमती : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– २३,७८२ जना
गण्डकी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ४,८९५ जना
लुम्बिनी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ६,७५४ जना
कर्णाली : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– १,१३१ जना
सुदूरपश्चिम : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– १,२१९ जना