काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्र अनंकितदेखि राजपत्राकिंत द्वितीय श्रेणीका कर्मचारीसम्मको व्यापक सरुवा गरेको छ । मन्त्रालयले एउटै कार्यालयमा दुई वर्ष पुरा भएका दुई सय १८ जना कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयका अनुसार ४७ जना उपसचिव, १ सय २२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा भएको छ ।

लामो समयसम्म शिक्षा मन्त्रालयमा रहेकाहरुलाई पनि बाहिर निकालिएको छ भने सानोठिमी तथा मोफसलका कर्मचारीलाई शिक्षा मन्त्रालयमा ल्याइएको छ । मन्त्रालयले निकै लामो समयपछि यसरी ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको हो ।

शिक्षा मन्त्रालयका उपसचिव लक्ष्मी खड्का, गौरीशंकर पाण्डे, दुर्गा पौडेल, विष्णुप्रसाद भट्टराई, तारानाथ निरौलाको सरुवा भएको छ । खड्कालाई चिकित्सा शिक्षा आयोग, पाण्डेलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र र कँडेलको राष्ट्रिय किताबखाना (शिक्षक) मा सरुवा गरिएको छ । त्यस्तै भट्टराई शिक्षा विकास तथा समन्वय इकाई चितवन, निरौलालाई राष्ट्रिय परीक्षा बोर्डमा पदस्थापन गरिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेका नीलकण्ठ ढकाल, सुरेशकुमार जोशीलाई शिक्षा मन्त्रालयमा लगिएको छ । केन्द्रकै गिरमान थापालाई राष्ट्रिय किताबखाना(शिक्षक), सबिता दंगाल गौतमलाई युवा खेलकुद मन्त्रालय, गोविन्दराज पोखरेललाई राष्ट्रिय परीक्षा बोर्ड, अर्जुन ढकाललाई चिकित्सा शिक्षा आयोग, रामचन्द्र शर्मालाई शिक्षक सेवा आयोगमा सरुवा गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका प्रमिला बखतीलाई शिक्षा विकास तथा समन्वय इकाई सिन्धुली, टुकराज अधिकारीलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा गरिएको छ । पाठ्यक्रम विकास केन्द्रकै कुन्ती अधिकारीलाई शिक्षा मन्त्रालय, परीक्षा बोर्डकी उषा कँडेल पौडेललाई भाषा आयोग, भक्तबहादुर गोदारलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समन्वय इकाई चितवनका भूमिलाल सुवेदीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । समन्वय इकाई कपिलवस्तुका थानेश्वर घिमिरेलाई गुल्मी, लोकनाथ मरासिनीलाई कपिलवस्तु, कैलालीका वैकुण्ठ सुवेदीलाई सिन्धुपाल्चोक, निर्मलकुमार घिमिरेलाई सिन्धुलीबाट भक्तपुर, पूर्णबहादुर बिकलाई सप्तरीबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्र, ईश्वरीप्रसाद ज्ञवालीलाई किताबखानाबाट इकाई कैलाली, मैया खड्कालाई चिकित्सा शिक्षा आयोगबाट शिक्षक सेवा आयोगमा सरुवा गरिएको छ ।

लक्ष्मण देवकोटालाई परीक्षा बोर्डबाट शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका गोबिन्द्रप्रसाद अर्याललाई शिक्षा मन्त्रालय, जीवनबहादुर भण्डारीलाई केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट चिकित्सा शिक्षा आयोग, टिकाराम शर्मालाई चिकित्सा शिक्षा आयोगबाट राष्ट्रिय परीक्षा बोर्ड, धनबहादुर श्रेष्ठलाई चिकित्सा शिक्षा आयोगबाट युवा तथा खेलकुद मन्त्रालय, रुद्रप्रसाद रेग्मीलाई चिकित्सा शिक्षा आयोगबाट परीक्षा बोर्ड, हरिप्रसाद अर्याललाई शिक्षक सेवा आयोगबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा गरिएको छ ।

दिनेश घिमिरे राष्ट्रिय युवा परिषद्बाट शिक्षा तथा मानव स्रोत विकास केन्द्र, दामोदर चापागाईँलाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट इकाई धनकुटा, मोहन राईलाई धनकुटाबाट सुनसरी, खगेन्द्रप्रसाद सुवेदीलाई सुनसरीबाट भाषा आयोग काठमाडौँ, हरिप्रसाद निरौला शैक्षिक गुणस्तर परीक्षण केन्दबाट युवा तथा खेलकुद मन्त्रालय, शिवप्रसाद रेग्मीलाई शिक्षक सेवा आयोगबाट इकाई इलाम, देवीप्रसाद उपाध्याय मन्त्रालयबाट इकाई धादिङ, राम विनय कुमार सिंह रौतहटबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्र, देवका ढकाललाई मन्त्रालयबाट इकाई काभ्रे, कुमार बस्नेतलाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट इकाई नुवाकोट सरुवा गरिएको छ ।

सुरेशकुमार यादव केशर पुस्तकालयबाट वन मन्त्रालय, यादवचन्द निरौलालाई मन्त्रालयबाट केशर पुस्तकाल, प्रेमराज अधिकारी वन मन्त्रालयबाट शिक्षा मन्त्रालय, प्रदिप भट्टराई सीएचआरडीबाट राष्ट्रिय पुस्तकालय, दशरथ मिश्र राष्ट्रिय पुस्तकालयबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा गरिएको छ ।

सरुवा भएका उपसचिवको विवरण हेर्नुहोस्

 

सरुवा भएका शाखा अधिकृतको विवरण हेर्नुहोस्

 

सरुवा भएका राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीको विवरण हेर्नुहोस्

 

प्रतिकृया दिनुहोस्