काठमाडौँ ।  प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो ।

विद्यालय शिक्षा विधेयकमा दुई वटा विषय थाति राखिएको छ। संसद्को शिक्षा समिति अन्तर्गत उपसमितिले दुई वटा विषयमा कुनै टुङ्गो लगाउन नसकेको हो। निजी विद्यालयलाई गुठीमा लैजाने विषय र प्रारम्भिक बाल विकासको विषय टुङ्गो लाग्न नसकेपछि उपसमितिले समितिमै फिर्ता पठाएको हो। ती बाहेक अन्य विषयमा सहमति जुटाएर प्रतिवेदन शिक्षा समितिमा बुझाएको हो।

उपसमितिको प्रतिवेदन बुझाउँदै संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको बनाएको जानकारी दिए । उनले प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको तथा १३ वटा नयाँ दफा थप गरिएको समेत बताए। उनकाअनुसार उपसमितिले ४ दफा वटा दफा हटाएको तथा १३ दफा नयाँ रोखको छ। विधेयकका ६२ वटा दफा सरकारले प्रस्ताव गरेअनुसार नै हुनेगरी सहमति भएको समेत उनले बताए ।

उनले भने, ‘विभिन्न १५ वटा परिच्छेद र १६३ दफामा उक्त विधेयकउपचर १५२ समूहमा १६१ माननीय सदस्यहरुबाट १ हजार ७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्तावसहितको विधेयकका सम्बन्धमा उपसमितिले छलफल गरी १०८ बुँदाको प्रतिवेदन तयार गरेको छ। विधेयकका कुल १६३ वटा दफामध्ये १०१ वटा दफामा परिमार्जन गरिएको छ। १३ वटा नयाँ दफा थप गरिएको छ छ। चारवटा दफालाई हटाइएको छ। १३ वटा दफाको सट्टा नयाँ दफा राखिएको छ। ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेकै स्वरुपमा टुंगोमा पुर्याइएको छ।’

समितिको २०८१ चैत ८ गते बसेको बैठकले विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उक्त विधेयककलाई सरकारले संसदको चालु अधिवेशनबाटै पास गर्ने तयारी गरेको छ।

प्रतिकृया दिनुहोस्