कक्षा १२ को नतिजा सार्वजनिक, ६१ प्रतिशत उत्तीर्ण

पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने

Avatar photo

Byएजुकेशन पाटी

१९ श्रावण २०८२, सोमबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्ष भन्दा झण्डै ९ प्रतिशत बढि हो ।

त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल(ननग्रेड) भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । यस पटक नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

पूरक परीक्षा(ग्रेड वृद्धि) हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

प्रतिकृया दिनुहोस्