काठमाडाैं । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा काठमाडौँ कपनस्थित रिलायन्स इन्टरनेशलन एकेडेमीका १९ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । उक्त नतिजा नेपालभरबाटै सर्वाेत्कृष्ट सर्वोकृष्ट भएको एकेडेमीको दाबी छ । नतिजा ल्याउन सफल भएकाे छ ।
शुक्रबार सार्वजनिक भएकाे एसइई नतिजामा रिलायन्सका अंशु गुरूङ, आयुशा देउजा, अर्पना कुमारी चाैधरी, अस्मिता निराैला, आश्रिया भट्टराई, विविशा खत्री, विधेयक भट्टराई, इभान्जेलिना मैनाली, काजाेल पण्डित, कुशल बानियाँ, प्रशिद्ध केसी, प्रार्थना अधिकारी, प्रतिक कार्की, रिचा पाैडेल, राेशनी साह राैनियार, समिर तामाङ, साैगात ज्ञवाली, शितल उपाध्याय र युगिन नेपालले सर्वोत्कृष्ट नतिजा अर्थात ४ जीपीए ल्याएका हुन् ।
गत वर्ष पनि ५ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । यस वर्ष एसइईमा कुल १०२ जना परीक्षार्थी सहभागी रहेकोमा ७८ जनाले ३.६० देखि ३.९९ जीपीएसम्म प्राप्त गरेका छन् ।
५ जनाले ३.३३ देखि ३.५९ जीपीए ल्याएकाे रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले जानकारी दिए । आधुनिक शिक्षण सिकाई, अनुभवी शिक्षक शिक्षिका, कुशल व्यवस्थापक, अनुशासित शैक्षिक वातावरण, आकर्षक भौतिक पूर्वाधार जस्ता कुराले वर्षेनी रिलायन्स एकेडेमीले उत्कृष्ट नतिजा हात पार्ने गरेको अध्यक्ष थापाले बताए ।
‘विद्यालयले जुन नतिजा प्राप्त गरेकाे छ त्यसको श्रेयको भागिदार शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक सबै हुनुहुन्छ,’ उनले भने, ‘यो अवसरमा हाम्रो विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।’
विद्यालयका प्राचार्य खेमलाल भुषालका अनुसार देशभरबाट एसइईमा सबैभन्दा धेरै ४ जीपीए ल्याउने रिलायन्स इन्टरनेशनल एकेडेमी नै रहेकाे दाबी गरे ।
त्यसाे त विद्यालयले यसअघि पनि सर्वाेत्कृष्ट नतिजा ल्याउँदै आएकाे छ । यसअघि २०७५ काे एसइईमा संस्थागत विद्यालयतर्फ देशभरबाट प्रथम भइ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा पुरस्कृत समेत भएकाे थियाे ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपन मिलनचाेकमा रहेको एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । २०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसी र २०७५ सालको एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेको थियो ।
२०७९ काे एसईई बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट नतिजामा पहिलो बनेर बागमती प्रदेश सरकारबाट सम्मानितसमेत भएको थियाे भने गत वर्ष दाेस्राे भएको थियो ।