२०७६ मंसिर २९ गते

शिक्षामा गुणस्तर रहर कि अपरिहार्यता ?

रमाकान्त सापकोटा

       

                                                          

१)गुणस्तरकोअवधारणा र अर्थ :-पिउने पानी भन्ने वित्तिकै शुद्ध,पिउन लायक अर्थात् गुणस्तरीय र पर्याप्त हुनु पर्ने अर्थ लाग्छ । खाना भन्ने वित्तिकै पोषिलो, शुद्ध, चाहिने समय र मात्रामा उपलव्ध हुने सन्तुलित खाना भन्ने अर्थ लाग्छ । त्यस्तै शिक्षा भन्ने वित्तिकै बालक र युवालाई आज र भोलिको समाजमा घुल मिल भएर अरुलाई अप्ठ्यारोमा नपारी स्वतन्त्रता पूर्वक बाँच्न र प्रगति गर्न चाहिने ज्ञान, सीप, मूल्य,मान्यता, आशा र विश्वासको विकास गर्न गराउन सक्ने हुनु पर्दछ अर्थात् स्वतः गुणस्तरीय हुनु पर्दछ । सबैको लागि गुणस्तरीय शिक्षा रहर मात्र होइन अपरिहार्य भएकोले निशुल्क र अनिवार्य हुनुपर्दछ भन्ने विश्वव्यापि मान्यता हो ।

गुणस्तरको खोजी शिक्षामा मात्रै होइन सबै वस्तु र सेवामा भइरहेको छ तथापि गुणस्तरीय जीवनको प्रारम्भिक तयारी गुणस्तरीय शिक्षाबाट मात्र सम्भव छ, अब यहीं नेर प्रश्न उठ्दछ कि गुणस्तर के हो ?  गुणस्तरको सजिलो  अर्थ हो राम्रो, हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि अझै राम्रो र समय र परिवेश अनुसार विकास हुँदै गएको । मनोसामाजिक आधारमा मापन गर्ने हो भने उपभोक्ताको आवश्यकता, लगानी, अपेक्षा अनुसार प्रतिफल र सन्तुष्टि प्राप्त भयो भने त्यतिबेलाको गुणस्तर त्यही हो । समय र परिवेश अनुसार गुणस्तर मापनको मापदण्ड फेरिइरहन्छ । अर्थशाश्त्रीय कोणबाट परिभाषित गर्दा माग, उत्पादन र वितरणमा सन्तुलन, सेवामा प्रभावकारिता र विश्वसनीयता,उपभोक्ताको पहुँच र सामर्थ्य भित्र भएको, उपभोक्ता र लागनि कर्तालाई सन्तुष्टि दिने वस्तु वा सेवा गुणस्तरीय हो । लगानी र प्रकृया ठिक छ भने परिणाम स्वतः राम्रो हुने विस्वासका साथअन्तर्राष्ट्रिय एवं राष्ट्रिय गुणस्तर चिन्ह ISO र NSO प्रदान गरेर वस्तु र सेवामा गुणस्तर प्रमाणीकरण गर्ने प्रचलन छ ।

२) शिक्षामा गुणस्तर :युनेस्को १९९६ ले २१ औं शताब्दिको लागि प्रस्तुत गरेका शिक्षाको चारवटा खम्बाहरू बहु प्रचलित छन् । पहिलो खम्बा (Learning to know )ले ज्ञान आर्जन जीवनभर भइरहनु पर्दछ भन्ने मान्यता राख्दछ । दोस्रो खम्बा (Learning to do ) ले जानेको कुरा गर्न व्यावसायिक कुशलता तथा सीप खोजेको छ । तेस्रो खम्बा(Learning to be ) ले आत्म गौरब बोध हुने र स्वाभिमान पूर्वक जिउने सीप सिक्न प्रेरित गर्दछ । चौथो खम्बा (Learning to live together ) ले मिलेर संगै बाँच्न सिकौं भनेको छ । यी चारवटा खम्बा नै दह्रो भएको शिक्षा गुणस्तरीय हुन्छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५, राष्ट्रिय शिक्षा नीति २०७६ , शिक्षक दरवन्दी पुनर्वितरण कार्यदलले गरेका सिफारिस र प्रचलित मापदण्ड समेतको आधारमा राष्ट्र, समाज, परिवार र ब्यक्तिकोलागि गुणस्तरका फरक फरक दृष्टिकोण संकलन भएका छन्, जो निम्न अनुसार छन्-

२.१)राष्ट्रिय दृष्टिकोणबाट न्यूनतम पनि निम्नलिखित बिशेषता भएको शिक्षा गुणस्तरीय हो –

क)तहगत ,कक्षागत र विषयगत रुपमा राष्ट्रिय औसत सिकाइ उपलब्धि हासिल गर्न सक्ने

ख)विस्व प्रतिस्पर्धी नागरिक तयार गर्न सक्ने

ग) राष्ट्रिय विकासमा सहयोग गर्ने

घ)राष्ट्रियता प्रवर्द्धन गर्ने

२.२)सामाजिक दृष्टिकोणबाट न्यूनतम पनि निम्नलिखित बिशेषता भएको शिक्षा गुणस्तरीय हो –

क)सामाजिक सहिष्णुता

ख)सामुदायिक सद्भाव

ग)नैतिकता

घ)सिष्टाचार

२.३) पारिवारिक   दृष्टिकोणबाट न्यूनतम पनि निम्नलिखित बिशेषता भएको शिक्षा गुणस्तरीय हो –

क) रोजगारी पाउन सक्ने

ख) परम्परागत मूल्य मान्यता संस्कृतिको संरक्षण गर्ने

ग)आर्थिक उपार्जन गर्ने  

घ) परिवारिक सद्भाव र पालन पोशंणमा ध्यान दिने

२.४)व्यक्तिगत  दृष्टिकोणबाट न्यूनतम पनि निम्नलिखित बिशेषता भएको शिक्षा गुणस्तरीय हो

   क)सिकेको ज्ञान सीपका आधारमा रोजगार रहन सक्ने

   ख)अरुलाई बोझ नबन्ने गरी स्वतन्त्रता पूर्वक जीवन यापन गर्न सक्ने

   ग) बदलिँदो परिवेस संग समायोजित हुनसक्ने र सपना देख्न सक्ने गरी अन्तर्निहित क्षमताको प्रस्फुटन भएको

   घ) अभिवृति ,व्यक्तिगत ,सामाजिक र पेशागत व्यक्तित्व सकारात्मक भएको

२.५)माथि चर्चा भएका चारै किसिमका विशेषताको विकास गर्ने क्षमता भएको र कार्यसम्पादन परीक्षणका निम्न लिखित सिद्धान्तमा आधारित सूचकमा राम्रो नतिजा पाएको शिक्षा गुणस्तरीय हो –

क)मितव्ययिताको सिद्धान्त –उपयुक्त मूल्य ,स्रोत र समय भित्र अपेक्षित् नतिजा दिन सक्ने क्षमता

ख) कार्यकुशलताको सिद्धान्त- परिवर्तन व्यवस्थापन, प्रयोग भएको स्रोत, मात्रा वीचको सह सम्बन्ध

ग)प्रभावकारिताको सिद्धान्त –उद्देश्य ,परिणाम र उत्पादनको आर्थिक एवं मनोसामाजिक प्रभाव

३)गुणस्तर परीक्षणका सूचकहरू :- विद्यालय क्षेत्र सुधार योजनाले निर्देशित गरेअनुसार गुणस्तर परीक्षण केन्द्र (ERO)ले गुणस्तर परीक्षण निर्देशिका २०६७ परिमार्जन २०७३ मा समावेश सूचकका आधारमा गुणस्तर परीक्षण गर्ने गरेको छ । विश्वविद्यालय अनुदान आयोगले पनि उच्च शिक्षामा सुधार गर्न गुणस्तर परीक्षण सुनिस्चित गर्ने चक्रीय कार्यक्रम (QAA-cycle) प्रयोगमा ल्याएको छ । सबैको लागि गुणस्तरीय शिक्षाको अन्तर्राष्ट्रिय कार्यक्रमले पनि ६ वटा क्षेत्रमा सूचक बनाएर गुणस्तर परीक्षण गर्ने प्रचलन छ । नमुना विद्यालय छनौट गर्दा तथा कार्य सम्पादन करार गर्दा पनि १२ वटा क्षेत्रका १८३ वटा सूचक मध्येबाट प्राथमिकताका आधारमा प्रयोग गर्ने अभ्यास सुरू भएको छ । गुणस्तर परीक्षण एवं कार्य सम्पादन मुल्यांकनको प्रस्तावित ढाचा यस्तो छ :

क्षेत्र र पूर्णाङ्क

लगानी / २५  

प्रकृया / ३०

उपलब्धि/ ४०

उपक्षेत्रहरू

१-भौतिक संरचना

४-कक्षा शिक्षण

९-नियमितता/कक्षा छाड्ने /दोहोर्याउने दर

 

२-शिक्षक र स्थायित्व

५-विद्यार्थी मुल्यांकन

१०-सिकाइ उपलब्धि

 

३-समुदायको सहभागिता र योगदान ,विद्यार्थी

६-शिक्षकको पेसागत विकास

११-सेवाग्राहीको सन्तुष्टि

 

 

७-नेतृत्व व्यवस्थापन

१२-शिक्षकको पेसागत सन्तुष्टि

 

 

८-अतिरिक्त क्रियाकलाप

 

 

 

 

 

तालिकामा देखाइएका क्षेत्रको अङ्क ९५ +सेवाग्राही विद्यार्थीको संख्या ५ अङ्क गरी कूल अङ्क= १०० ।

लगानी ,प्रकृया ,परिणाम र प्रभावका आधारमा शैक्षिक गुणस्तर परीक्षण गर्ने यो ढाचा विस्वमा नै बहु प्रचलनमा छ ।

४)गुणस्तरीय परिणाम प्राप्त गर्नकोलागि स्थानीय तह ,विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक विचमा हुने कार्यसम्पादन हुने गरेको छ । सम्झौताको सम्भावित एउटा नमूना यस्प्रकार छ :-

सूचक न.

सुचकको नाम र ब्याख्या

पूर्णाङ्क

वार्षिक योजनाको निर्माण र प्रयोग

६  

दैनिक योजनाको निर्माण र प्रयोग

शिक्षक बैठक र शिक्षण –सिकाइको योजना ,प्रविधिको प्रयोग

व्यवस्थापन समितिको बैठक सिकाइ प्रभावकारी बनाउने निर्णय र कार्यान्वयनको अवस्था

व्यवस्थापन समिति द्वारा शिक्षक क्षमता विकास तथा स्रोत कक्षा व्यवस्थापन

प्रधानाध्यापकबाट शिक्षकको कक्षा सुपरीवेक्षण र पृष्ठपोषण व्यवस्थापन

५  

शिक्षक अभिभावक संघको बैठक ,प्रभावकारी शिक्षण को योजना ,निर्णय र कार्यान्वयन

परीक्षाफल विश्लेषण र पृष्ठपोषण

सिकाइ उपलब्धीमा आधारित भएर शिक्षकलाई सम्मान पुरस्कार/चेतावनी /पृष्ठपोषण

१०

उपयुक्त ढाचा र समयमा सामाजिक परीक्षण एवं अभिभावक भेलामा प्रस्तुत

११

सुशासन र पारदर्शिता

१२

अभिलेख व्यवस्थापन

१३

लेखा परीक्षण

१४

बेरुजु फर्छ्यौटको अवस्था

१५

विद्यालय हाताको सफाई तथा स्वच्छता

१६

विद्यालय सुधार योजना निर्माण र कार्यान्वयन

१७

विद्यालय खुलेको दिन र औसत उपस्थिति

४  

१८

सिकाइ उपलब्धि

३०

१९

पुस्तकालय व्यवस्थापन र प्रयोग

२०

प्रयोगशाला व्यस्थापन र प्रयोग

 

                                                        जम्मा

१००

         सन्दर्भ स्रोत : ERO-nepal तथा आठराई त्रिबेणी गाउँ पालिकाको निर्देशिका २०७५

५) विश्लेषण र आफ्नो अनुभव सहितको निस्कर्ष :- पहिलो निस्कर्ष हो कि शिक्षा भन्ने वित्तिकै त्यो स्वत; गुणस्तरीय हुनु पर्दछ । दोश्रो निस्कर्ष हो कि धनी गरीव, शक्तिसम्पन्न वा शक्तिबिपन्न सबैलाई मनबोचित जीवन जिउने अधिकार छ जुन कुरा आजीवन सिकाइ बिना सम्भव छैन । गुणस्तरीय शिक्षा बिना गुणस्तरीय जीवन कल्पना गर्न सकिंदैन । यसैले संसार भर आधारभूत शिक्षा अनिवार्य र निशुल्क हुने गर्दछ । विकसित देशहरूमा उच्च शिक्षा सम्म पनि निशुल्क हुने गर्दछ । तेस्रो निष्कर्ष हो गुणस्तर निरपेक्ष होइन सापेक्ष हुन्छ र सापेक्षतामा राम्रो भन्ने कुराले नै गुणस्तर जनाउँछ । चौथो निस्कर्ष हो संसार भर गुणस्तरका परिभाषा, सूचक र परीक्षण विधि भए जस्तै नेपालमा पनि बिकसित भएका छन्, बुझ्न बुझाउन र प्रयोग गर्न पुगेको छैन । पाँचौ निस्कर्ष हो कि स्थानीय सरकारहरूले शिक्षामा गुणस्तर विकासलाई प्राथमिकता दिन थालेका छन् र संघीय तथा स्थानीय सरकारको तुलनामा राम्रा अभ्यास गरेका छन् । स्थानीय तहले ऐन, नियम, स्थानीय पाठ्यक्रम, कार्यसम्पादन करार लगायतका राम्रा अभ्यास शुरु गरेका छन् । छैठौं निस्कर्ष हो प्रचार प्रसार भए जस्तै गरी सामुदायिक विद्यालयको गुणस्तर खस्केको होइन परिवेस अनुसार वृद्धि हुन नसकेको र विद्द्यार्थी अभिभावकको आकर्षण घटेको सत्य हो । दिगो विकास लक्ष (२०१५-२०३०)को प्रतिवद्धता र तयारीका आधारमा अन्तर्राष्ट्रिय मुल्यांकन गरी श्रेणीकरण गरिएका २०१ देश मध्ये नेपाल ७१ औं स्थानमा छ । स्मरणीय छ दक्षीण कोरिया पहिलो, फिनल्याण्ड दोश्रो, नर्वे तेस्रो, जापान छैठौं, डेनमार्क १२औँ, चीन २०औँ, अमेरिका २६औँ, भारत ११९औं स्थानमा छन् । सातौँ निस्कर्ष हो अंग्रेजी भाषाको मोह, घोकेरै भए पनि बढि प्राप्तांक ल्याउने यान्त्रिक अभ्यास, नियन्त्रित र अनुशासित व्यवस्थापनको कारण मध्यम बर्गीय सचेत र जागरुक अभिभावकको आकर्षण निजी विद्यालयमा बढेकोले सामुदायिक विद्यालयको सिकाइ उपलब्धि निजीतिर सरेको कुरा सत्य हो तर पाठ्यक्रमले राखेको उदेश्यका आधारमा परीक्षण र अनुसन्धानमा आधारित भएर सत्यापन गर्ने हो भने गुणस्तरीय शिक्षा निजी विद्यालयमा छ भन्ने कुरा आम रुपमा पुष्ठि हुने छैन ।

६)शिक्षामा गुणस्तर सुधारको लागि केही आधारभूत सुझाव :-

६.१) मस्तिष्कको वृद्धि र विकास गर्भबाट शुरु भइ २ वर्षमा ७५ प्रतिसत र ५ वर्षमा ९० प्रतिसत भैसकेको हुन्छ । ६ वर्षको उमेरमा मातृ भाषाको २ हजार अर्थपूर्ण शब्द संग्रह गर्न सक्छन । यो उमेर तह र मातृ भाषाको महत्वको आधारमा गुणस्तरीय शिक्षा व्यवस्थापन गर्नु पर्दछ ।

६.२)मस्तिष्कका तीन भाग मध्ये देब्रे तिरको भाग सूचना मुखी,दाहिने तिरको मस्तिस्क सिर्जनात्मक भावनात्मक, पछिल्तिरको मस्तिष्क भविष्य अवलोकन गर्न सक्ने क्षमता रहेको हुन्छ ।  समग्र मस्तिष्कको विकास हुने बहु आयामिक सिकाइ गुणस्तरीय हुन्छ । आधारभुत तहमा यो विकास मातृ भाषाको माध्यमबाट हुने सिकाइमा बढि प्रभावकारी हुन्छ ।

६.३)गुणस्तरीय शिक्षक संग पढ्न पाउने बालक र किशोरको अधिकार सुरक्षित हुनु नै गुणस्तरीय शिक्षा हो । शिक्षाशास्त्र संकायमा पढ्ने पढाउने मानिस र परिवेसमा गुणस्तर छैन भने कमजोर मध्येबाट सेवा आयोगले सिफारिस गर्दैमा योग्य शिक्षकको सुनिस्चित हुदैन । अतःसेवा प्रवेश तालिम तथा समय सापेक्ष प्रविधि मैत्री शिक्षक तालिमको प्रवन्ध गरिरहनु पर्दछ ।

६.४)जबाफदेही निकाय र शैक्षिक नेतृत्व र शिक्षक वीचमा कार्यसम्पादन सम्झौता गरी हरेक वर्षमा आन्तरिक र वाह्य मुल्यांकन गर्नु पर्दछ | कमजोर परिणाम आएमा हुने कारबाही र सुधारको बाटो उल्लेख हुनु पर्दछ ।

६.५)प्रधानाध्यापक, अनुभवी शिक्षक, विषय विज्ञ, सेवा निवृत्त शिक्षा सेवी समेतको समुह सुपरीवेक्षणको प्रवन्ध गर्ने

६.६) यस्तै अरु के ?                                                           

 

 

Comments: