कठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) द्वारा आयोजित विश्व नेपाली साहित्य सम्मेनल भव्यरुपमा सम्पन्न भएको छ । वैशाख १० गते सुरु भएको सम्मेलन ११ र १२ गते गरि तीन दिनसम्म संचालन भएको थियो ।
भर्चुअलरुपमा आयोजना गरिएको सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्घाटन समारोह, कविका कुरा, कविता विशेष सत्र, लोकसाहित्य विशेष सत्र, गजल विशेष सत्र, महिला विशेष सत्र, मातृभाषा विशेष सत्र, डायस्पोरा विशेष सत्र, आख्यान विशेष सत्र, नेपाली साहित्यको अनुसन्धान विशेष सत्र र छलफल तथा समापन समारोह गरि ११ ओटा चरणमा विभाजन गरिएको थियो ।
उद्घाटन समारोह
यस सत्रमा पोखरा विश्व विद्धालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको प्रमुख आथित्यता रहेको थियो भने विशिष्ट अतिथिहरूहरुमा काठमाण्डौ विश्वविद्यालयका पूर्व डिन प्राडा टंकनाथ शर्मा, आख्यानकार तथा वरिष्ठ समालोचक प्राडा राजेन्द्र सुवेदी, इतिहासकार, सामाजिक अध्ययन तथा शिक्षा विज्ञ प्राडा श्रीरामप्रसाद उपाध्याय, आख्यानकार, समालोचक तथा साहित्यकार प्राडा शुष्मा आचार्य, प्राडा मोतिलाल घिमिरे, त्यसैगरी विशेष अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव डा तुलसी भट्टराई, बरिष्ठ आख्यान्कार कवि सरुभक्त, साहित्यकार तथा मानाङ्क नेपाली भाषाका अभियन्ता प्राडा खगेन्द्र लुईटेल, संस्कृत तथा नेपाली साहित्यविद् डा अलका आत्रेय चुडालरहेका थिए ।
यसैगरी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा हेमनाथ पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्ट्रिजका अध्यक्ष गीता खत्री, अनेसासकै केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माईला, गैर आवासीय नेपाली संघ, भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिका अध्यक्ष हिक्मत थापा, त्यसैगरी भाषाविद डा तारामणि राई पनि विशिष्ट अतिथि रहेका थिए ।
साथै, कार्यक्रममा साहित्यकार डा रेणुका सोलु, अनेसासकै वरिष्ठ उपाध्यक्ष गोवर्दन पूजा, डा भगवती उपाध्याय, साहित्यकार तथा शोधकर्ता डा नेत्र एटम, डायस्पोरा विज्ञ डा बाबुराम खनाल, साहित्यकार तथा अनुसन्धान बिज्ञ डा गीता त्रिपाठी, लोकसाहित्य अध्येता प्रभा भट्टराई, डा पुष्पा शर्मा घिमिरे, साहित्यिक अध्येता डा बिन्दु शर्मा, आख्यानकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे, कवि उपेन्द्र सुव्बा, भोजपुरी साहित्यकार प्रमोद कुमार पाण्डे,मैथिली साहित्यकार विजयदत्त मणीलगायत नेपाली भाषा तथा साहित्य र अन्य विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तिहरुका साथै सयौं अग्रज साहित्यकार र साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै गैर आवासीय नेपाली संघ, भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिका अध्यक्ष हिक्मत थापाले भाषा, साहित्य तथा संस्कृतिको सम्बद्र्धनका कार्यक्रम गरिनु अत्यन्त खुसीको कुरा भएको बताए । यस्ता कार्यक्रममा आफ्नो पुर्ण साथ र सहयोग हुने भन्दै उनले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माईलाले यसरी नेपाली साहित्यमा कलम चलाउने र नेपाली भाषा तथा साहित्य अध्ययन, अनुसन्धान तथा प्राध्यापन गर्ने विश्व भरिका लब्धप्रतिष्ठित व्यक्तित्व समेटेर विश्व नेपाली साहित्य सम्मेलन गर्नु आफैमा चुनौतीपुर्ण भए पनि अन्तर्राष्ट्रिय नेपाली समाजले त्यसको सामना गरि विशाल कार्यक्रम संभव बनाएकोमा धन्यवाद ज्ञापन गरे ।
अनेसास, समाज बोर्ड अफ ट्रष्ट्रिज अध्यक्ष गीता खत्रीले नेपाली साहित्यको उन्नयनमा हामीले दशकौंदेखि काम गरिरहेको भन्दै यसरी सबै पुस्तालाई जोडेर नेपाली साहित्यका सबै विधालाई समेटी यस्तो विश्वब्यापी कार्यक्रम गर्ने हिम्मत गर्दै इन्सलाई धन्यवाद ज्ञापन गरिन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव डा तुलसी भट्टराईले सम्मेनलको शुभकामना मन्तव्य राख्दै साहित्य सम्बद्ध सम्पुर्ण मुर्धन्य ब्यक्तित्व, संघ–संस्था तथा विश्वविद्यालय समेटेरे सम्मेलनले ठोस निष्कर्ष सहितको एक घोषणपत्र विकास गरोस भन्ने कामना व्यक्त गरे ।
समाजका महासचिव अर्जुन श्रीले संचालन गरेको उद्घाटन समारोहमा समाजका महिला समिति महासचिव शुभद्रा भण्डारीले स्वागत मन्तव्य राराखेकी थिइन भने उपाध्यक्ष ईश्वर राईले सम्मेनलको औचित्य र परिचयबारे प्रकाश पारेका थिए ।
उद्घाटन सत्रको समापन गर्दै समाजका अध्यक्ष अर्जुन घिमिरेले महिना लामो अहोरात्र गृहकार्यद्वारा नेपाली तथा मातृभाषा साहित्यमा योगदान पुर्याउने सबै विधा, तह र तप्काका ब्यक्तित्व समावेस गरि यो साहित्यिक कुम्भ आयोजना गरिएकोले सम्पुर्ण नेपाली भाषा तथा मातृभाषा साहित्य सर्जक, अद्यापक, अध्धेता प्राध्यापक तथा अनुसन्धाकर्ताले यो मेला भरी भरपुर लाभ लिने र यसबाट निष्कने निष्कर्षले लक्ष्यित बिषयको समृद्धिमा ठोस सहयोग पुग्ने अपेक्षा गरे ।
कविका कुरा
यस सत्रमा वरिष्ठ कवि सरुभक्तले शक्तिसाली कविता वाचन गर्दै ‘नेपाली कविता सिर्जनाः अनुभूतिका बहारहरु’ शीर्षकमा आफ्नो अनुभूति साटेका थिए । त्यसैगरी कवि उपेन्द्र सुब्वाले कवितामा मौलिक बिम्वको प्रयोग शीर्षकमा आफ्नो छोटो अनुभूति राख्दै कवितासमेत वाचन गरेका थिए । सत्रको सहजीकरण समाजका महिला समिति सचिव लिली अधिकारीले गरेकी थिइन ।
कविता विशेष सत्र
यस सत्रमा ‘नेपाली कविताः बदलिदो परिवेश’ विषयमा डा गीता त्रिपाठीले आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् । साथै पुण्य कार्की, स्पप्निल स्मृति, सुदेश सत्याल, विक्रम पवन परियार, असिम सागर, टिका आत्रेय, महेश कार्कीक्षितिज, दीप सुदिप, जयन्ती मगर सरगम, लिला राणामगर, विक्रम याक्खा, शुशिला निनामलगायतले कविता वाचन गरेका थिए । यस्तै सीता थुलुङ र शुभद्रा भणडारीले सत्रको सहजीकरण गरेका थिए ।
लोकसाहित्य विशेष सत्र
शुभद्रा भण्डारीले सहजीकरण गरेकी यस सत्रमा ‘कविता नेपाली लोक साहित्यः पनरावृत्तिका आभासहरु’ शीर्षकमा डा प्रभा भट्टराईले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । त्यसैगरी टंक आलेमगरले लोककथा सुनाएर र दुर्गा भवानी भट्टले लोक गीत गाएर मन्त्रमुग्ध बनाएका थिए ।
गजल विशेष सत्र
दोस्रो दिनको पहिलो सत्रमा अहिलेको लोकप्रिय विधा गजललाई प्रोत्साहन र गजलमाथिको बहसलाई केन्द्रीत गरेर संचालन गरिएको यस सत्रमा नेपाली गजलका अग्रज ज्ञानुवाकर पौडेल, शिव शर्मा र आवाज शर्माले नेपाली गजलमा पैदा भएका विभिन्न प्रश्न बारे बहस गरेका थिए ।
यस्तै, प्रदिप रोदन, नमिता बराल, अन्जु स्मारिका, संगीता थापा, वसन्त ओली वसन्ति, सीता थुलुङ, सविता भुजेल, सुवाश जमरकट्टेल, तिर्थ समिर, एलिजा हुमागाँई, सुस्मिता अर्याल, इन्द्र भट्टराई र देव सुजन सुनारलगायतले गजल वाचन गरेका थिए । साथै, आरसि संकल्प र सोम अनुरागले सहजीकरण गरेका थिए ।
महिला विशेष सत्र
रुस्मा राई र इश्वर राईले संयुक्तरुपमा सहजीकरण गरेकी यस सत्रमा ‘नेपाली साहित्यमा महिलाहरुको वर्तमान अवस्था, चुनौती र अवसर’ शीर्षकमा डा रेणुका सोलुले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने विभिन्न देशबाट उर्मिला निर्दोषी, नीतु खतिवडा, नमिता दवाडी, शुभद्रा भन्डारी, लिली अधिकारी, शुभलक्ष्मी कोईराला, सीता अधिकारीलगायतले रचना वाचन गरेका थिए ।
मातृभाषा विशेष सत्र
इश्वर राईले सहजीकरण गरेको यस सत्रमा ‘नेपालमा मातृभाषा साहित्यको अवस्थाः एक विवेचना’ शीर्षकमा डा तारामणि राईले कार्यपत्र प्रस्तुत गरेका थिए भने बिजय दुत्त मणि, प्रमोदकुमार पाण्डे, पबित्रा थापामगर, अरुण कोइमी, अर्पण उत्कर्ष, र कुशुम गुरुङले आ-आफ्नो मातृभाषामा रचना वाचन गरेका थिए ।
डायस्पोरा विशेष
लिली अधिकारी र नमिता दवाडीले सहजीकरण गरेका यस सत्रमा ‘विश्वमा नेपाली साहित्यः विस्तारका चुनौती र अग्रगामी मार्गहरु’ शीर्षक अन्तर्गत डा बाबुराम खनालले ‘डायस्पोराका कथा, व्यथा र चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए भने गोवध्र्दन पूजाले ‘डायस्पोरामा विभिन्न संघ, संस्थाले खेलेका भूमिका र समन्वयका चुनौतिहरु’ शीर्षकमा आफ्नो कार्यपत्र राखेका थिए । सत्रमा विश्वका विभिन्न देशबाट डा मधुकृष्ण श्रेष्ठ माधुर्य, दीप पाठक, दिपा राई पुन, जीवन खत्री, शरद पोख्रेल, प्रमोद सारंग, कृष्ण विश्वकर्मा, अजित क्षेत्री, नदिश, ,केवि पारखी, प्रतिमा केसीलगायतले रचना वाचन गरेका थिए ।
आख्यान विशेष सत्र
शुभद्रा भण्डारीले सहजीकरण गरेकी यस सत्रमा ‘नेपाली आख्यानः आयाम र प्रयोगहरु’ शीर्षकमा प्राडा राजेन्द्र सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, किशोर लिम्बु, शारदा पौडेल, डा किस्मत भन्डारी, श्याम सुवेदी र रमेश जोशी रचना वाचन गरेका थिए । त्यसैगरी ‘नेपाली साहित्यमा संस्कृतको प्रभावः अनुभूतिका झङ्कारहरु’ शीर्षकमा डा अलका आत्रेय चुडालले आफ्नो अनुभूतिहरु साटेकी थिइन् ।
नेपाली भाषा तथा साहित्यको अनुसन्धान विशेष सत्र लिली अधिकारीले सहजीकरण गरेकी यस सत्रमा ‘नेपाली भाषा तथा साहित्य सम्बन्धि अनुसन्धान पद्दतिः कठिनाई, चुनौति र आजको आवश्यकता’ शीर्षकमा प्राडा नेत्र एटमले कार्यपत्र ग।ेका थिए । यस्तै, चैतन्य अधिकारी, निलकण्ठ उप्रेती, र अरुण भेटवालले रचना वाचन गरेका थिए ।
छलफल तथा समापन समारोह
सम्मेननको समापन सत्र सुरु हुनु अगाडिको शुन्य समयमा सम्मेलनमा विविध कारणले छुटेका कार्यपत्र तथा रचना वाचनलाई प्रस्तुत गरिएको थियो । सम्मेलनको समापन तथा छलफल सत्र भाषा आयोग नेपालका अध्यक्ष प्राडा लवदेव अवस्थीको प्रमुख आतिथ्यतामा भएको थियो भने विशिष्ट अतिथिहरुमा प्राडा महादेव अवस्थी, विशिष्ट अतिथि प्राडा शुश्मा आचार्य, कवि शरूभक्त श्रेष्ठ हुनुहुन्थ्यो त्यसैगरी विशेष अतिथिहरूमा,डा बाबुराम खनाल, डा। नेत्र एटम, डा रेणुका सोलु, डा विन्दु शर्मा, डा जानुका पौडेल, गोवर्धन पुजा, शंकर पौडेल, विकास कार्कीलगायत अन्य विशिष्ट व्यक्तिहरु रहेका थिए ।
‘नेपाली साहित्यः समृद्धिका मार्गचित्रहरु’ शीर्षकमा भएको प्यानल छलफलमा प्राडा महादेव अवस्थी प्रमुख प्यानेलिष्टको रुपमा सहभागी रहेका थिए भने प्राडा शुश्मा आचार्य, डा विन्दु शर्मा, डा रेणुका सोलु, डा नेत्र एटमलगायत प्यानेलिष्टको रुपमा रहेका थिए । त्यसैगरी छलफलमा डा मधुकृष्ण श्रेष्ठ माधुर्य, डा किस्मत भण्डारी, लालगोपाल सुवेदी लगायत विश्वभरका नेपाली भाषा, साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो भने छलफलको सहजीकरण कार्यक्रम संयोजक डा जानुका नेपालले गरेकी थिइन् ।
सम्मेलनको समापन सत्रमा आफ्नो मन्तव्य राख्दै प्राडा लवदेव अवस्थीले कतिपय अवस्थामा भाषा तथा साहित्यलाई छुट्याएर कार्यक्रम गरिनु दुर्भाग्यपूर्ण भए पनि भाषिक विविधतालाई स्वीकार्दै नेपाली भाषा र मातृभाषा साहित्यलाई साथसाथै अगाडि बढाएर नेपाली भाषा तथा नेपालका मातृभाषा साहित्यको उन्नयनमा गरेकोमा यो सम्मेलन बिश्व नेपाली समुदायलाई उदाहरणीय र उल्लेखनीय रहेको बताए । सम्मेलनले नेपाली तथा मातृभाषा साहित्यको विकास, विस्तार र समृद्धिमा कोशेढुङ्गाको काम गर्नेमा आफू विस्वस्त रहेको उनको भनाइ थियो ।
समाजका महासचिव अर्जुन श्रीले विश्व नेपाली साहित्य सम्मेलन सफल बनाउन दर्जनौं ब्यक्तिहरू बधाईका पात्र रहेका भन्दै सम्मेलन सफल भएको बताए । त्यसैगरी समाजका अध्यक्ष अर्जुन घिमिरेले सम्मेनलको समापन गर्दै विज्ञ समुहसँग थप परामर्श गरेर चाँडै घोषणापत्र जारी गरिने बताए । उनले सम्मेलनमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्मेलनको सपापन पनि गरेका थिए ।