
कोरोनाले गर्दा लकडाउनको कारण
गर्न सक्दैनौँ विद्यालय सञ्चालन
जान नसकेर आफ्नो विद्यालयमा
पढ्न बाध्य छौँ हामी अनलाइन कक्षामा
घरबाट नै गुरुका मुख हेर्न पाउँछौँ
अनि ज्ञानगुणका कुरा पनि सिक्छौँ
प्राविधि सम्बन्धित नयाँ कुरा सिक्न पायौँ
यस कक्षामा साथीहरुसँग बोल्ने मौका पनि पायौँ
घरिघरि जान्छ सिंगनल इन्टरनेटको
कक्षाकोठा जस्तो वातावरण छैन् अनलाइन कक्षाको
यी हुन् अनलाइन कक्षाका नोकसान र लाभ
शैक्षिक क्षेत्रमा पुर्यायो यसले ठूलो प्रभाव
अहिलेको जटिल परिस्थितिलाई हामीले बुझ्नुपर्छ
मनलगाएर हामीले अनलाइन कक्षामा पढ्नुपर्छ
कक्षाः ६
बूढानीलकण्ठ स्कूल, नारायणस्थान, काठमाडौँ।
प्रतिकृया दिनुहोस्