काठमाडौं । सामाजिक अध्ययन तथा अनुसन्धान नेपालको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युराज दुलालले अधिवेशनको उद्घाटन गरेका थिए ।

देशभरीका सामाजिक अध्ययन विषयसँग सरोकार राख्ने विश्वविद्यालयका प्रध्यापक, शिक्षा मन्त्रालयका कर्मचारी, विषय विज्ञ तथा विद्यालयतहमा अध्यापन गर्ने शिक्षकहरुको साझा संगठनको रुपमा २०७४ साउनमा स्थापित यस संस्थाले सामाजिक विषयको अध्ययन अध्यापनमा सुधार तथा  अनुसन्धान  काम गर्दै आएको छ ।

राष्ट्रिय अधिवेशनले महेन्द्र विष्टको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काठमाडौंका ध्रुवराज थापा, प्रदेश नम्बर १ उपाध्यक्षमा झापाका प्रभाकर आचार्य, प्रदेश २ बाट धनुषाका मदनकुमार अधिकारी, प्रदेश ३ बाट ललितपुरका शान्ता ढकाल, प्रदेश ४ बाट कास्कीका सूर्यबहादुर गुरुङ उपाध्यक्षमा चयन भएका छन् । यसैगरी प्रदेश ५ बाट अर्घाखाँचीका निलकण्ठ बेलवासे निर्वाचित भएका छन् । प्रदेश ६ र ७ मा पछि उपाध्यक्ष चयन गरिने जनाइएको छ ।

राष्ट्रिय अधिवेशनले महासचिवमा काठमाडौंका ज्ञानबहादुर अधिकारी तथा सचिवमा ललितपुरमा रामस्वार्थप्रसाद रौनियार र महिला सचिवमा पाठ्यक्रम विकास केन्द्रका सरस्वति भट्टराई लुइटेल निर्वाचित भएकी छन् । यस्तै कार्यसमितिको कोषाध्यक्षमा काठमाडौंकी शुशिला ढकाल निर्वाचित भएकी छन् ।

यस्तै, राष्ट्रिय अधिवेशनबाट खुलातर्फका सदस्यहरुमा काठमाडौंका राजुकेशी, नारायण नेपाल, उमेशराम खत्री, सुरज साउद, भक्तपुरका दामोदर न्यौपाने, महिला सदस्यमा ललितपुरका दिपिका शर्मा निर्वाचित भएकी छन् ।

यस्तै महिला सदस्यहरुमा काठमाडौंकी रञ्जना शर्मा, चितवनकी  अस्मिता क्षेत्री, काभ्रेकी मिरा न्यौपाने निर्वाचित भएकी छन् । यस्तै अपाङ्गता सदस्यमा प्रेमप्रसाद निरौला र जनजाती सदस्यमा जयकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, विश्वविद्यालय तथा सामुदायिक क्याम्पसतर्फबाट सदस्यमा सञ्जय ज्ञवाली निर्वाचित भएका छन् ।

२०७६ असोज ४ गते २१:२७मा प्रकाशित

प्रतिकृया दिनुहोस्