काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिवार सार्वजनिक गरेको ग्रेडिङ पद्धतिको नतिजामा नियमिततर्फ एक हजार एक सय ४५ जना विद्यार्थीले ३.६५ देखि ४ सम्म जिपिए ल्याएका छन् ।

नतिजा अनुसार आठ हजार नौ सय ४९ जनाले ३.२१ देखि ३.६० जिपिए, २४ हजार पाँच सय १५ जनाले २.८१ देखि ३.२० सम्म जिपिए ल्याएका बोर्डले जनाएको छ ।

त्यसैगरी ४८ हजार सात सय ३१ जनाले २.४१ देखि २.८० सम्म जिपिए, ८६ हजार सात सय ७० जनाले २.१ देखि २.४० सम्म जिपिए र ९२ हजार पाँच सय ९३ जनाले १.६१ देखि २.० जिपिए ल्याएका बोर्डले जनाएको छ ।

१.२१ देखि १.६० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या  ४१ हजार चार सय ६ हुँदा  आठ हजार एक सय २७ जनाले ०.८१ देखि १.२० सम्म जिपिए ल्याएका छन् । बोर्डका अनुसार  ० देखि ०.८० जिपिए ल्याउने विद्यार्थीको संख्या २० हजार ६ सय ८५ रहेको छ ।

बोर्डका अनुसार परीक्षामा पाँच लाख ४८ हजार ४ सय ४५ विद्यार्थी सहभागी थिए । अक्षंराङ्कन पद्धति (ग्रेडिङ प्रणाली)मा नियमिततर्फ ३ लाख ३२ हजार ८ सय सय ९१ जना, आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार ५ सय ५ जना परीक्षार्थी सहभागी थिए ।

पुरानै पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा वोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एउटा विषयमा डि प्लस ल्याउने ले पनि ग्रेड बृद्धिको परीक्षा दिन पाउने छन्।  मंसिर ८ गते हुने ग्रेड बृद्धिको परीक्षामा कुनै पनि एक विषयमा बि वा इ ग्रेड प्राप्त गरेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको शर्माले जानकारी दिए ।

२०७५ असोज २० गते १८:०६मा प्रकाशित

प्रतिकृया दिनुहोस्