काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसईई दिन नपाएका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने बताएका छन् । तर, तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि नरहेको उनले स्पष्ट पारेका छन् ।

सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविष्यको चिन्तामा रुमलिएका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विद्यार्थीकोे शैक्षिक सत्र खेर जान नदिने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै योजना ल्याउने बताए ।

प्रधानमन्त्रीले भने– ‘महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नुपरेको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन् । एसईईका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउनेछ ।’

२०७७ जेष्ठ १२ गते १९:२६मा प्रकाशित

प्रतिकृया दिनुहोस्