काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा भएको विषयगत शिक्षक अभाव टार्न यसवर्ष थप ६ हजार स्वंसेव शिक्षकहरु परिचालन गर्ने भएको छ । गत वर्ष पनि शिक्षा मन्त्रालयले १५ सय बढी स्वंसेवक शिक्षकहरु परिचालन गर्नेगरी प्रक्रिया अगाडि बढाएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवारको संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को वजेट प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा आगामी वर्ष ६ हजार स्वंसेवक शिक्षक परिचालन गर्ने बताएका हुन् । यसका लागि २ अर्ब २३ करोड बजेट विनियोजन गरिएकोसमेत उनले जानकारी दिए ।

एकाथरी अस्थायी शिक्षकको समस्या समाधान नहुँदै सरकारले अर्को अस्थायी प्रकृतिको शिक्षक भर्तीगर्न लागेको भन्दै यसको आलोचना हुँदै आएको छ । तर, सरकारले स्नातक र स्नातकोत्तर युवाहरुलाई सामुदायिक विद्यालयमा परिचालन गरी त्यसको गुणस्तर मात्रै सुधार्न खोजेको बताउँदै आएको छ । सरकारले उनीहरु शिक्षक नभइ शिक्षण स्वसेवक मात्रै भएका जनाउँदै आएको छ ।

२०७७ जेष्ठ १५ गते १७:४३मा प्रकाशित

प्रतिकृया दिनुहोस्