काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने उद्घोष गरेकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले दलीय राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताइन् । शिक्षक वा प्राध्यापकले तालाबन्दी गरे कारबाही गर्ने कानुन बनाउने उनले बताइन् ।

६ पटकसम्म उत्तर पुस्तिका हराएको भए पनि अहिलेसम्म कसैलाई कारबाही नगरेको पाइएको उनले सुनाइन् । नयाँ टिमले अध्ययन गरेर प्रतिवेदन तयार पारेपछि दलका भ्रातृ संगठनहरूले आफूहरूले भने जस्तो कारबाही नभए तालाबन्दी गर्छौं भनेको भन्दै मन्त्री श्रेष्ठले भनिन्, यस्तो पनि हुन्छ रु यो त अराजकता हो ।’ यसलाई रोक्ने हो जसले हराएको छ, उसलाई कारबाही हुनुपर्ने बताइन् ।

त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले नयाँ विज्ञापन खोल्दा एउटा समूह तालाबन्दी गरेको भन्दै उनले अगाडि भनिन्, ‘यसमा सबैले मम गर्नुपर्ला, त्यो भ्रातृ संगठन क-कसको हो भनेर ?’

दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदासम्म यो अवस्था रहने भन्दै शिक्षामन्त्री श्रेष्ठले भनिन्, ‘बरु म प्रहरी राखेर अन्तर्वार्ता गर्छु, गुन्डागर्दी सहिन्न । दलीय राजनीतिकरण हटाएरै छोड्ने हो ।’

एसईईको नतिजामा शिक्षा मन्त्रालयले मात्रै होइन सिङ्गो समाजले आक्रोशित हुनुपर्छ । ग्लानी महशुस गर्नुपर्छ । र सोध्नुपर्छ । म म गर्नुपर्छ । मैले गर्ने काम मैले के गरेको छ कि छैन भनेर । किनभने १० कक्षाको नतिजा अहिले मात्रै आएको हो ? दश वर्ष अगाडी त त्यो बच्चा १ कक्षामा थियो । त्यो भन्दा अगाडि ईसीडिमा थियो’, उनले भनिन्, ‘त्यो बेलादेखि हामीले गरेको लगानी, हामीले कत्तिको यसमा एफोर्ट लगाएका छौँ भन्ने । यो विद्यार्थीहरु फेल भएको भन्दापनि यो हाम्रो चित्रण हो भनेर मलाई लाग्छ ।’

उनले अर्को वर्ष गर्नुपर्ने सुधारका कामहरु के–के हुन् ? भन्ने विषयमा ध्यान दिनुपर्ने बताइन् । ‘कार्यविधिहरु छन् । त्यसको कार्यान्वयमा हामी हरेक तहबाट के गर्न सक्छौँ ? सरकारलाई कुरेर मात्रै हुँदैन । सबै जनाको दायित्व हो । स्कुलमा फोन गरेर हुन्छ, निर्वाचन क्षेत्रको अनुगमन गरेर हुन्छ, त्यसमा शिक्षकहरुलाई कक्षकोठामै राख्नुप¥यो । संरचनागत सुधारका काम गर्नुपर्छ । शिक्षामा सदैव गुणस्तरका लागि खबरदारी गर्नुपर्छ’, मन्त्री श्रेष्ठले भनिन् ।

प्रतिकृया दिनुहोस्