न्यु सुम्निमा स्कूलको प्रतिबद्धता, सिकाइसँगै जागिर पक्का !

न्यु सुम्निमा स्कूलमा पढ्दै कमाउने अवसर

Avatar photo

Byएजुकेशन पाटी

३० असार २०८२, सोमबार

ललितपुर । यस्तो स्कूल जहाँ भर्ना हुनासाथ रोजगारीको ढोका उघ्रिन्छ । परीक्षा उत्तीर्ण हुनासाथ शैक्षिक प्रमाणपत्र मात्रै हात लाग्दैन । साथमा जीवनोपयोगी सीप पनि पाइन्छ । पढ्दा पढ्दै खुल्छन् असंख्य रोजगारीका ढोका । विद्यार्थीलाई पढ्दै कमाउने अवसर पनि पाइन्छ । सीपको प्रमाणपत्रले विद्यार्थीलाई अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउँछ ।

विद्यार्थीको यो सपनालाई यथार्थमा बदल्दै छ ललितपुर छिन्नमस्ता गल्ली, चाकुपाटस्थित न्यु सुम्निमा इंलिस स्कूलले । यस स्कूलको उद्देश्य भनेकै विद्यार्थीलाई पढ्दै कमाउन सक्ने बनाउनु रहेको छ । यसमा पढ्नु भनेको किताबी ज्ञान हासिल गर्नु मात्र होइन । यहाँ अध्ययन गर्नु भनेको त सीप सिक्नु हो, काम गर्न सक्ने बनिनु हो, आत्मनिर्भर भविष्यको जग बसाल्नु हो । सुम्निमा स्कूलले “शिक्षित मात्र होइन, सक्षम बनाउने” मूलमन्त्र बोकेको छ ।

स्कूलले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई प्रविधिक शिक्षा र कक्षा ११ र १२ मा म्यानेजमेन्ट र मानविकी संकाय अन्तर्गत पढाइ सञ्चालन गर्दै आएको छ । र, यी तीनै धारभित्र सीपमूलक र व्यावहारिक तालिमहरूलाई अनिवार्य रूपमा समावेश गर्नु नै यसको प्रमुख विशेषता बनेको छ ।

विगत दुई दशकदेखि गुणस्तरीय शिक्षा र समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको यस स्कुलमा पढाइ केवल किताबी ज्ञानमा सीमित छैन । यहाँ विद्यार्थीहरू पढ्दै सिक्छन्, सिक्दै गर्छन् र गरेर जीवन बदल्छन् ।

स्कूलका प्रिन्सिपल आर।एम। बज्रचार्य भन्छन्, ‘हामी स्कूललाई शिक्षा दिने मात्र होइन, क्षमता निर्माणको थलो बनाउन लागि परेका छौँ ।’ गुणस्तरीय शिक्षा, व्यावसायिक तालिम, अनुसन्धान र आवश्यकताको आधारमा परामर्श प्रदान गर्दै हाम्रो शिक्षा दृष्टिकोणलाई व्यवहारमा उतार्नु नै स्कुलकोे मूल लक्ष्य रहेको उनको भनाइ छ । भूगोल, सामाजिक सन्दर्भ र व्यावसायिक शिक्षालाई समेट्ने शिक्षण पद्धतिमार्फत विद्यालयलाई सामाजिक उत्तरदायित्वसहितको उत्कृष्टता केन्द्रको रूपमा विकास गर्नु स्कूलको दूरदृष्टि रहेको छ ।

ज्ञान, सिप र चरित्र निर्माणलाई विद्यालयले प्राथमिकतामा राखेको छ । स्कूलको शैक्षिक दर्शन तीन स्तम्भहरूमा आधारित छ । प्राविधिक शिक्षा तर्फ झण्डै दुई दर्जन प्रकारका व्यावसायिक तालिमहरू, व्यवस्थापन शिक्षातर्फ व्यवसायिक दक्षताको विकास र मानविकी शिक्षातर्फ सामाजिक चेतना र नैतिक मूल्यलाई आधारस्तम्भ बनाइएको छ । यी तीनै धार एकअर्काबाट पृथक छैनन्, बरु एकअर्कामा पूरक छन् । ताकि विद्यार्थीले सैद्धान्तिक ज्ञान र व्यावहारिक सीप दुवै एकसाथ सिक्न सकून् । विभिन्नसहित शत्प्रतिशत छात्रवृत्तिको अवसरसहित ।

स्कूलले विद्यार्थीहरूलाई मात्र प्रश्नपत्र हल गर्न नसिकाउने, बरु जीवन हल गर्न सिकाउने प्रिन्सिपल बज्राचार्य बताउँछन् ।

स्कुलले प्राविधिक शिक्षालाई हातमा सिप, मुटुमा आत्मविश्वास भन्ने नाराका साथ अगाडि बढाएको छ । स्कूलको प्रविधिक धारमा अहिलेका रोजगारी केन्द्रित लोकप्रिय विषयहरू उपलब्ध छन् । स्कुलमा उपलब्ध प्रमुख व्यावसायिक तालिमहरूमा परम्परागत सिपतर्फ कार्पेन्ट्री, प्लम्बिङ, इलेक्ट्रिकल वायरिङ आदि रहेका छन् । यसैगरी, आधुनिक प्रविधितर्फ कम्प्युटर हार्डवेयर, एआई बेसिक्स, अटो मोबाइल रिपेयर आदि रहेका छन् । यस्तै, सेवा क्षेत्रतर्फ होटल म्यानेजमेन्ट, ब्युटीशियन, केयर गिभरलगायत रहेका छन् भने रचनात्मक कलातर्फ ग्राफिक डिजाइन, फोटोग्राफी आदि तालिमहरूले विद्यार्थीलाई दक्ष बनाउने उद्देश्य राखिएको छ ।

यी तालिमहरू केवल कागजी प्रमाणपत्रका लागि होइनन् । विद्यार्थीहरूले विद्यालयकै प्रयोगशाला, वर्कशप र होटल मञ्चमा तालिम लिँदै अभ्यास गर्ने मौका पाउँछन् । विद्यालयको व्यवस्थापन संकायले व्यवसाय र व्यवस्थापनको मूलभूतदेखि व्यवहारिक पक्षसम्म विद्यार्थीलाई तयार पार्छ । मानविकी संकायमा सामाजिक र साङ्गठनिक दृष्टिकोण तयार पार्ने विषयहरू पढाइन्छन् । जसमा स्वास्थ्य तथा शारीरिक शिक्षा, समाजशास्त्र, जनसंख्या शिक्षा, मास कम्युनिकेसन आदि छन् ।

स्कूलको सीपमूलक कार्यक्रमप्रति अभिभावकहरूको विश्वास दिनदिनै बलियो बन्दै गइरहेको देखिन्छ ।

‘हाम्रो उद्देश्य केवल बोर्ड परीक्षा पास गराउने होइन, जीवन जिउन जान्ने, आफ्नै खुट्टामा उभिन सक्ने युवाहरू तयार पार्नु रहेको छ ।’ प्रिन्सिपल बज्राचार्यले भने । नयाँ सोच, नयाँ सम्भावना र भविष्य निर्माणको बाटोसहित स्कुलले पढ्दै कमाउँदै अवधारणामा काम गरिरहेको उनको भनाइ छ ।

एसईई उत्तीर्ण विद्यार्थीले कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी संकायसहित प्राविधिक शिक्षा लिन पाउँछन् भने अनुत्तीर्ण विद्यार्थीले पनि विभिन्न प्राविधिक तालिम लिएर आफूलाई दक्ष, स्वरोजगार र आत्मनिर्भर बनाउन सक्छन् । छोटा अवधिका यी तालिमहरूले विदेशमा अध्ययन र रोजगारीका लागि जान चाहने युवाहरूलाई सीपयुक्त र दक्ष बनाउने छ ।

शैक्षिक अध्ययन र सीपमूलक तालिमको संयोजन रहेको यस स्कूलमा कार्यमूलक अनुसन्धान, इन्टर्नरसिप र व्यवहारिक शिक्षामा जोड दिइने गरिएको छ । यहाँ अध्ययनरत विद्यार्थीलाई जागिरको ग्यारेन्टी त हुन्छ नै आफ्नै उद्यम गर्नसमेत सक्षम बनाइन्छ । अनुभवी र सक्षम शिक्षक समूहको व्यवस्थापनमा रहेको यस स्कुलले विद्यार्थीको समग्र विकासमा ध्यान दिने गरेको छ ।

न्यु सुम्निमा इङ्लिस स्कुल आधुनिक शिक्षा, सीप, र करिअर तयारीको उत्कृष्ट संयोजन बनेको छ । जसले विद्यार्थीलाई भविष्यका लागि दक्ष, जिम्मेवार र आत्मनिर्भर बनाउने सुनिश्चितता प्रदान गर्छ ।

प्रतिकृया दिनुहोस्