सामुदायिक विद्यालयका असल अभ्यास उजागर गर्दै कंकाली मावि

Avatar photo

Byएजुकेशन पाटी

३१ असार २०८१, सोमबार

कंकाली माध्यमिक विद्यालय र चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयका असल अभ्यासका अनुभव आदान प्रदान गरेका छन् ।

विद्यालय र नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको एक गोष्ठीमा गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि के कस्ता काम र अभ्यास गर्न सकिन्छ भन्ने सम्वन्धमा छलफल भएको हो । दुई दिने क्षमता, नेतृत्व तथा प्रविधि सम्बन्धी गोष्ठीमा शिक्षक, वि.व्य.स र शि.अ.स का सदस्यहरु सहभागी थिए ।

गोष्ठीमा नारायणी नमूना मावि भरतपुर चितवनका पूर्व प्रधानाध्यापक पूर्णप्रसाद दवाडी, विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कडेँल, शिवपुरी क्याम्पसका प्रमुख दिवाकर दुरदर्शी, तिलिड्गाटार माविका प्रध्यानाध्यापक सरोजकुमार पाण्डे, गणेशमान बहुप्राविधिक शिक्षालयका प्रमुख डिएन पराजुली, चन्द्रागिरि नगरपालिकाका शिक्षा शाखा प्रमुख सुजनराज खनाल, वरिष्ठ विद्यालय निरीक्षक बुद्धि प्रसाद भट्ट, नेपाल सरकारका पूर्वसचिव जनकराज गौतम , IT विज्ञ जयराम गौतम, वडाअध्यक्ष श्रीकृष्ण खत्री र विव्यस अध्यक्ष गुणराज भट्टले बिभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठी कार्यक्रममा चन्द्रागिरी नगर भित्रका अन्य सामुदायिक विद्यालयका प्रधानाध्यापक , शिक्षक÷शिक्षिका बिच आ–आफ्नो विद्यालयले गरेका असल अभ्यासका बारेमा आदानप्रदान समेत गरिएको थियो।

कार्यक्रममा शिक्षकमा हुनुपर्ने सक्षमता, विशेषता, सिप ,नेतृत्व र प्रविधिको अधिकतम प्रयोग लगायतका विषयमा छलफल गरी क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रतिकृया दिनुहोस्