काठमाडौं । सहमतिलाई अन्तिम रूप दिन सरकार र शिक्षकहरूबिचको वार्ता जारी रहेको छ । आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छन् ।शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षामन्त्री रघुजी पन्त, शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन् ।

वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् । शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।

वार्तामा महासंघले पेस गरेको ९ बुँदे प्रस्तावमाथि सहमतिको प्रयास खोजिँदै छ । आजको वार्तामा सहमति जुटेको खण्डमा सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नेछ । सरकार र शिक्षक महासंघका पदाधिकारीबीच सोमबारदेखि निरन्तर वार्ता भइरहेको छ।

विद्यालय शिक्षा ऐन माग राख्दै चैत २० गतेदेखि शिक्षकहरू आन्दोलित छन्। शिक्षकहरूको प्रदर्शनले विद्यालय भर्ना अभियान, कक्षा १२ को परीक्षा र एसईईका उत्तरपुस्तिका जाँच प्रभावित भएको छ।

प्रतिकृया दिनुहोस्