काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले दरबन्दी मिलान गरेको नभई शिक्षक कहाँ, कती छन् भनेर श्वेतपत्र सार्वजनिक मात्रै गरेको स्पष्ट पारेका छन् ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘संघीयतामा शिक्षा : स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले अहिलेको दरबन्दी मिलान घोषणा मात्रै भएकाले यसले न्यूनतम आवश्यकता भएको शिक्षकको आवश्यकता हल नहुने बताएका हुन् ।

आउन लागेको शिक्षा ऐनले मात्रै शिक्षकको व्यवस्थापन र सिकाइ केन्द्रित शिक्षण सिकाइमा  सुधार गर्ने मन्त्री पोखरेलले जिकिर गरेका हुन् ।

शिक्षक दरबन्दी पूरा नभएसम्म गुणस्तरीय शिक्षाको प्रत्याभूति हुन नसक्नेमा भने उनको जोड थियो ।

यस्तै, शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले पनि अहिले दरबन्दी मिलान गरिएको नभइ संघमा भएको दरबन्दी स्थानीय तहलाई बाडिएको स्पष्ट पारे । कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले वास्तविक दरबन्दी मिलान स्थानीय तहले नै गर्ने बताए ।

२०७६ पुस ८ गते २०:३२मा प्रकाशित

प्रतिकृया दिनुहोस्