काठमाडौं । नेपाल शिक्षक संघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि विद्यालय एवं कलेजहरुलाई अस्थायी अस्पतालको रुपमा विकास गर्न सरकारलाई सुझाब दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला सुझाब पत्र लेख्दै संघले कोरोना भाइरसको संक्रमण फैलिन नदिन साथै संक्रमितको स्वास्थ्य उपचारमा गम्भीर हुन आग्रह गरेको हो ।

संघका अध्यक्ष राजेन्द्रराज पौडेलले शनिवार खुला सुझाब पत्र लेख्दै विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाको सिकाइ निरन्तरताका लागि विशेष व्यवस्थागर्न आग्रह गरेका हुन् ।

संघले विद्यार्थीका लागि आफ्ना पठनपाठन तथा हौसला प्रदान गर्ने खालका ज्ञानवद्र्धक कार्यक्रम तयार गरी सञ्चारका मार्फत घरघरमा सूचना सम्प्रेषण गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

कोरोना संक्रमण रोकथामका लागि आठ बुंदे सुझाब दिँदै संघले विद्यालय र कलेजहरुलाई अस्थायी अस्पतालको रुपमा  निर्माण गरी आवश्यक सामग्री निर्माण, संक्रमितहरुको प्राथमिक पहिचान र परीक्षण, र परीक्षण पश्चात् उपचारमा केन्द्रीत हुन भनेको छ ।

संघले उपप्रधानमन्त्रीको संयोजकत्वमा निर्मित उच्च स्तरीय समितिमार्फत राष्ट्रिय कार्यक्रम तय गर्ने र यसको अलावा संघीय प्रतिनिधिसभाका प्रतिपक्षी दलको नेताको संयोजकत्वमा सामाज परिचालन उच्चस्तरीय राष्ट्रिय समिति निर्माण गर्न सुझाब दिएको छ ।

उक्त समितिमा सबै राजनीतिक पार्टीका अध्यक्ष/सभापति र राष्ट्रिय स्तरका सामाजिक तथा पेस ागत संस्थाका प्रमुख रहेको समिति निर्माण गरी सरकारको कुनै सचिवलाई सदस्यसचिव तोकी आवश्यक डेस्क खडा गरी फोन, भिडियो आदि माध्यमद्वारा बैठक गरी सामाजिक एकता र सहयोगको अभियान सञ्चालन गर्नुपर्ने संघको सुझाब छ ।

२०७६ चैत्र १५ गते १९:११मा प्रकाशित

प्रतिकृया दिनुहोस्