काठमाडौँ । दाङको मावि सेन्टर तुलसीपुर र काठमाडौँको फलोरोसेन्ट सेकेन्डरी स्कुल यस वर्षको उत्कृष्ट विद्यालय बनेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा यी उत्कृष्ट विद्यालयलाई सिल्ड, नगद, ध्वजा र प्रमाणपत्रसहित पुरस्कृत गर्न लागेको हो ।

सामुदायिकतर्फ दाङको माध्यमिक विद्यालय सेन्टर तुल्सीपुर प्रथम, काठमाडौँको विश्वनिकेतन मावि दोस्रो र दाङकै जनकल्याण माविले तेस्रो पुरस्कार प्राप्त गर्न सफल भएका छन् । त्यस्तै संस्थागततर्फ काठमाडौँको फ्लोरिसेन्ट मावि प्रथम, काठमाडौँकै विजेश्वरी सैनिक माध्यमिक विद्यालय द्वितीय र काठमाडौँकै बुढानीलकण्ठ मावि तृतीय स्थान हासिल गरेका छन् । पहिलो हुनेलाई तीन लाख, दोस्रोलाई दुई लाख र तेस्रोलाई एक लाख रुपैयाँ नगर पुरस्कार प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

२०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालयतर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कृत गर्न लागिएको हो । राष्ट्रिय शिक्षा पुरस्कारको निर्णय गर्न मन्त्रालयले सहसचिवको अध्यक्षतामा पुरस्कारसम्बन्धी उपसमिति गठन गरेको थियो । सो उपसमितिको सिफारिसका आधारमा यी विद्यालयहरुलाई पुरस्कृत गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस्