काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन आज बुझाउने भएको छ। आज दिउसो ३:३० बजे बस्ने समिति बैठकमा उपसमितिले आफ्नो प्रतिवेदन बुझाउन लागेको हो।

विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्दै सहमति गरेर प्रतिवेदन बुझाउन समितिले छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले दफावार छलफल गर्दै उपसमितिले प्रतिवेदन तयार पारेको थियो। त्यसका लागि उपसमितिलाई थप १० दिनको समय दिइएको थियो।

विद्यालय शिक्षा विधेयकका विभिन्न दफाहरूमा सहमति जुट्न नसकेपछि ती विषयहरूलाई त्यत्तिकै राखेको छ। अब प्रतिवेदनमाथि समितिमा छलफल हुनेछ। र समितिले समेत आवश्यक थपघट गर्न सक्नेछ। समितिमा समेत आवश्यक छलफल भएपछि विधेयक संसदमा पेश गरिनेछ।असार १५ गतेको बैठकमा प्रतिनिधिसभाबाट विधेयक पेश गर्ने सहमति भएको छ।

प्रतिकृया दिनुहोस्