१) विषयप्रवेश
समाजको अध्ययनसँग सम्बन्धित विषयलाई सामाजिक विषय मानिन्छ । सामाजिक विषयअन्तर्गत भूगोल, इतिहास, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र र राजनैतिकशास्त्र जस्ता विषयहरु छन् । यी बाहेक संस्कृति, अन्तराष्ट्रिय अध्ययन, बौद्ध अध्ययन, लैङ्गिक अध्ययन जस्ता विषयले समाजसँग सम्बन्धीत विविध पक्षका अध्ययन गर्दछन् ।
त्यसैले यी विषयहरु सामाजिक विज्ञानका विषयहरु हुन् । त्यसैले समाज विज्ञानका विषयहरुलाई महत्वपूर्ण विषयको रुपमा लिइन्छ । हामी समाजिक विज्ञान, सामाजिक शिक्षा र सामाजिक अध्ययनको भेदलाई एकपटक हेरौँ ।
१.१) सामाजिक विज्ञान र सामाजिक अध्ययनलाई एउटै रुपमा हेर्ने गरिन्छ । सामाजिक विज्ञानले मानविय सम्बन्धलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्छ भने सामाजिक अध्ययनले यसलाई सरल तरिकाले हेर्छ ।
सामाजिक विज्ञान व्यापक र गहन हुन्छ भने सामाजिक अध्ययन सरल र सिमीत हुन्छ । सामाजिक विज्ञानमा मानव जीवनको कुनै एक पक्षको गहन अध्ययन गरिन्छ भने सामाजिक अध्ययनमा सतही अध्ययन गरिएको हुन्छ ।
१.२)यसैगरि सामाजिक शिक्षा र सामाजिक अध्ययनलाई हेर्यो भने सामाजिक शिक्षा विषय केन्द्रित हुन्छ भने सामाजिक अध्ययन सिकारु केन्द्रित हुन्छ । सामाजिक शिक्षाले सामाजिक समस्याको बारेमा विवरणात्मक ढंगले अध्ययन गर्दछ ।
सामाजिक अध्ययनको ऐतिहासिक दृष्टिकोण
समाजको उत्पतिसँगै सामाजिक अध्ययनको शुरुवात भएको पाइन्छ । हाम्रा पूर्खाहरुले एकता, सद्भाव, माया प्रेमको माध्यमबाट ज्ञानको विस्तार गरे । मानिसहरु विविध प्रकारको चेतनाको विकास भयो । पहिला परिवारबाट समाज र यससँग सम्बन्धित विषयको दिइन्थ्यो । त्यसरी शिक्षालाई अनौपचारिक तरिकाले बाबुले छोरालाई र आमाले छोरीलाई शिक्षादिने चलन थियो । अन्यप्रकारका शिक्षा गुरुकुल, गुम्बा, मदरसामार्फत दिन थालियो ।
किरात कालदेखि राणा कालसम्म सामाजिक अध्ययनका विषयवस्तुलाई विभिन्न ढंगले एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिन्थ्यो । राणाकालमा नेपालमा आधुनिक शिक्षाको शुरुआत गरियो । वि.सं १९९० पछि इतिहास र भूगोल विषयलाई पाठ्यक्रममा समावेश गरेर पढाइन्थ्यो ।
वि.सं २००७ सालमा प्रजातन्त्र आएपछि शिक्षा मन्त्रालय गठन भयो । आधुनिक शिक्षा प्रतिको जग विस्तारै बढ्दै गयो । पहिलो पटक राष्ट्रिय शिक्षा योजना आयोग २०११ गठन भयो । उक्त आयोगले प्राथमिक तहदेखि माध्यमिक तहसम्म सामाजिक शिक्षा राख्नुपर्ने सिफारीस गर्यो । ल्याब्ररोटरी स्कुलमा वि.सं २०१३ सालबाट सामाजिक शिक्षा विषयको अध्ययन कार्य शुरु भयो ।
यस्तै वि.सं २०१८ साल वैशाख २५ गते तत्कालिन शिक्षामन्त्री विश्वबन्धु थापाको अध्यक्षतामा गठीत सर्वाङ् राष्ट्रिय शिक्षा समितिले साधारण विद्यालयतर्फ प्राथमिकतहमा १०० पूर्णाङ्कको सामाजिक शिक्षा राख्न सुझाव दिएको थियो । यसैगरी वि.सं २०२८ सालमानयाँ राष्ट्रिय शिक्षा
पद्धतिको योजना शुरु भयो ।
त्यसले प्राथमिक र निम्नमाध्यमिकतहमा १०० पूर्णाङ्कको सामाजिकशिक्षाविषयतथामाध्यमिकतहमा १५० पूर्णाङ्कको भूगोल, इतिहास र पञ्चायतविषयलाई समावेश गरेको थियो । यसै गरि वि.सं २०३८ मा गरिएको पुनरावलोकनले ९०० पूर्णाङ्कबाट ७०० पूर्णाङ्क बनायो । निम्नमाध्यमिक तहसम्म यथावत् राखी इतिहास, भूगोल, अर्थशास्त्र जस्ता विषयलाई ऐच्छिक विषय बनाइयो ।
वि.सं २०४६ को परिवर्तन पछि शिक्षामा समयानुकुल परिवर्तनका लागि राष्ट्रिय शिक्षा आयोग २०४९ गठन गरियो । यो आयोगको सिफारीस अनुसार सामाजिक अध्ययन प्राथमिक तहमा स्वास्थ्य र वातावरण शिक्षासँग र अन्य कक्षामा सामाजिक अध्ययन नै भनेर अनिवार्य विषयको रुपमा राख्न सिफारीस गर्यो । वि.सं २०५६ सालदेखि सामाजिक अध्ययनको पाठ्यक्रम लागु भयो ।
२०६२÷६३ पछि पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रममार्पmत कक्षा ४–८ सम्म जनसंख्यालाई एकिकृत गरी नयाँ पाठ्यक्रम प्रकाशनमाल्यायो । अहिले कक्षा ८ सम्म र आगामिवर्षबाट ९ र १० मा सामाजिक अध्ययनमा जनसंख्यालाई एकिकृत गरेर अघि बढ्ने नीति पाठ्यक्रम विकास केन्द्रको छ । नेपालको संविधान घोषणा भएपछि कक्षा १२ सम्म विद्यालय शिक्षा मानिएको छ । यस सन्दर्भमा कक्षा ११ मा सामाजिक अध्ययन विषय अनिवार्यको रुपमा रहने पाठ्यक्रम विकास केन्द्रले पुष्टि गरी सकेको छ ।
सामाजिक अध्ययन विषय कसले पढाउने त ?
अहिले सबैभन्दा धेरै चर्चामा रहेको विषय सामाजिक अध्ययन विषयको अध्यापन कसले गर्ने वा कुन विषय पढेकाले पढाउने भन्ने हो । एकाथरीहरु यो विषय एकिकृत पाठ्यक्रमको आधारमा तयार पारिने हुनाले मानविकी संकायका जो सुकैले पढाउन सक्ने तर्क गर्छन् भने अर्कोतिर जे विषय पढेपनि पढाउन सक्छन् भन्ने तर्क गर्छन् ।
शिक्षक सेवा आयोगले अरु विषयमा फारम भर्न नमिल्ने जति सबै सामाजिकमा फारम भराउनु, जनसंख्या तथा स्वास्थ्य विषय अध्ययन गरेकाले यो विषय पढाउनु, शिक्षा शास्त्र संकायमा सामाजिक विषय स्नातकतहमा १०० पूर्णाङ्कको पढिने हुनाले यो गोल चक्करले सामाजिक विषयको मूल मर्ममाथि प्रहार गरेको पाइन्छ । अर्थात् समाज, देश, परदेशका विविध पक्षबारे जानकारी दिने यो विषय कसले पढाउने भन्ने विषयले सकिने त होइन ? आमचासोको विषय यहि हो । अझ निजी शैक्षिक संस्थाले अंग्रेजी माध्यममा पढाउन सके हुन्छ भन्नाले पनि थप बल पुगेको छ ।
यो विषय पढाउने अभ्यास कस्तो छ त ?
खासमा विद्यार्थीहरु व्यवहारीक ज्ञान, सीप, दक्षतावृद्धि गरेर देशको सुयोग्य नागरीक बनाउने शिक्षाको राष्ट्रिय उद्देश्यलाई बल पुगोस् भनेर यो विषय ल्याइएको हो । तर अहिले गोलमाटोल अवस्थामा छ जसका कारणहरु यस प्रकार छन् :
- सामाजिक अध्ययन अध्यापन गराउने उच्च शिक्षामा व्यवस्था नहुनु,
- मानविकी संकाय पढेकालाई सरकारी विद्यालयमा प्रवेश निषेध गरिनु,
- विधि प्रविधी भन्दापनि व्याख्या विधीमा आधारीत शिक्षा हुनु,
- पाठ्यक्रम भन्दापनि पाठ्यपुस्तकलाई आधार मानेर पढाउने परिपाटी,
- जेसुकै विषय पढेकालाई पनि पढाउन दिने परिपाटी,
- निजी विद्यालयमा अंग्रेजी विषयलाई प्राथमिकता दिइने,
- सरकारी विद्यालयमा झारा टार्ने मात्र प्रथा,
- खोज, अनुसन्धान, स्रोत–सामग्री बिना पढाउने प्रथा,
- शिक्षण विधि प्रक्रिया बारेको सैद्धान्तिक अस्पष्टता ।
यो समस्याको समाधान के त ? - यो विषय पढाउने व्यक्तिवालाई छुट्टै परीक्षा गरी छान्ने व्यवस्था गर्ने,
- पाठ्यक्रमको प्रभावकारी प्रयोगको तालिम प्रदान गर्ने,
- निजी शैक्षिक संस्थालाई पनि अध्ययन विधीको बारेमा तालिम प्रदान गर्ने व्यवस्था गर्ने,
- समाज विज्ञानका खास विषय पढेकालाई प्राथमिकता दिने,
- पाठ्यपुस्तक प्रकाशन नगरी पाठ्यक्रमको आधारमा शिक्षण गर्ने अभ्यासको विकास गर्ने,
- शिक्षकहरु बीच साझा मञ्च गठन गरेर यस्ता विषयमा अन्तरक्रिया गर्ने,
- शृजनात्मक सीप विकास हुने खालका अल्पकालिन तालिम प्रदान गर्ने ।उपसंहार
अन्त्यमा समाज, परिवेश, देश, परदेशको बारेमा जानकारी दिने उद्देश्ले ल्याइएको सामाजिक अध्ययन विषय निश्चित मूल्यमान्यतामा आधारीत छ । न यसलाई शिक्षा संकायले धान्न सक्छ न मानविकीले मात्र पूर्ण हुन्छ । विषयगत जानकारीको लागि मानविकी संकायले यसको क्षेत्रलाई धान्न सक्ने हुनाले मानविकी संकायका विषयहरुलाई प्राथमिकता दिइनु पर्छ । शैक्षिक सिद्धान्तको बारेमा तालिम, गोष्ठी, सेमिनार जस्ता विधिबाट शिक्षकलाई जागरुक बनाएर अघि बढ्न सकेमा मात्र यो विषयको सार्थकता हुन्छ । अन्यथा यसको मर्म सकिएर कुरुप बन्न सक्छ ।सन्दर्भग्रन्थ सूची
Agrawal J.C , Theory and principle of education, Vikash Publishing House pvt LTD 1997
Singh R(2000), Samajik Adhyayan Shikshan Agra.
नेपाल सरकार, नेपालमा राष्ट्रिय शिक्षा योजना आयोग २०११, शिक्षा मन्त्रालय, काठमाडौँ ।
नेपाल सरकार, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९, शिक्षा मन्त्रालय, काठमाडौँ ।
नेपाल सरकार, सर्वाङ्गीण राष्ट्रिय शिक्षा आयोग २०१८, शिक्षा मन्त्रालय, काठमाडौँ ।
नेपाल सरकार, नयाँशिक्षा पद्धति योजना २०२८–३२, शिक्षा मन्त्रालय, काठमाडौँ ।
नेपाल सरकार, प्राथमिक पाठ्यक्रम दिग्दर्शन(२०५३), आधारभूत तथा प्राथमिक शिक्षा परियोजना, सानोठिमी, भक्तपुर
नेपाल सरकार, विद्यालय स्तरीय पाठ्यक्रम २०५० शिक्षा मन्त्रालय पाठ्यक्रमवि. केन्द्र, भक्तपुर
नेपाल सरकार, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ शिक्षा मन्त्रालय, काठमाडौँ ।
नेपाल सरकार, विद्यालय स्तरीय पाठ्यपुस्तककक्षा ६–१० सम्म ।
उपाध्याय, डा. श्रीरामप्रसाद, इतिहास शिक्षण विधि, (२०५३) काठमाडौँ : रत्नपुस्तक भण्डार ।
पाठक र त्यागी, शिक्षा के सिद्धान्त (१९९४) विनोद पुस्तकमन्दिर आगरा
पण्डित डा. रामजी, गणित शिक्षण (२०६३) श्रीमतीइन्दिरा पण्डित, काठमाडौँ, नेपाल
पण्डित, दिननाथ, प्रारम्भिक सामाजिक अध्ययन शिक्षण (२०६७), काठमाडौँ : एम.के पब्लिसर्स एण्ड डिष्ट्रिव्यूटर्स ।