काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन् ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउँदै उनले उक्त कुरा बताएका हुन् । शिक्षकहरुलाई विद्यालय फर्काउन वातावरण बन्ने समेत बताए ।

उनले भने, ‘शिक्षकहरुसँग छलफल गरि समस्या समाधान हुने प्रयास भइरहेको छ । शिक्षा मन्त्रीले यस विषयमा निरन्तर छलफल गरिरहनु भएको छ । सम्भत् भोलि वा पर्सिसम्ममा समस्या समाधान हुन्छ । बुधबारसम्म शिक्षकहरु विद्यालय फर्कने वातावरण निमार्ण हुनेछ ’

गत चैत्र २० गतेदेखि विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् ।सरकार र शिक्षकहरुबिच पटकपटक छलफल भएपनि शिक्षकहरुका माग सम्बोधन भने हुन सकेको छैन । शिक्षकहरु भने नयाँ विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्