वर्तमान समयमा विश्वव्यापी रूपमा १८५ देशमा फैलिएको कोरोना भाइरसको माहामारीले पुरै विश्व नै आक्रान्त छ । यसबाट नेपाल पनि अछुतो छैन । हालसम्म नेपालका ४० बढी जिल्लामा संक्रमण फैलिसकेको छ । यसले गर्दा दैनिकीमा नाटकीय रूपमा परिवर्तन आइरहेको छ ।

हाल लकडाउनको अवस्था रहेकाले विद्यालय बन्द छन् । शिक्षक र विद्यार्थी घरमा नै सुरक्षित रुपमा बसिरहेका छन् । तर, लामोसमयसम्म यो अवस्था कायममै रहला भन्न सकिन्न । सरकारले विद्यालय सञ्चालनको वैकल्पिक विधिहरुको खोजी गरिरहेको छ । अर्थात् विद्यालय सुचारु हुने निश्चित छ ।

अबको शिक्षा पहिले जस्तो हुने छैन । विद्यालयमा शिक्षणसिकाइमा आकाशपातालको परिवर्तन देखा पर्ने छ । शिक्षकहरुले पनि शिक्षणका लागि सूचनाप्रविधिको नयाँ नयाँ विधिको खोज र प्रयोग गर्नुपर्ने बेला आएका छ ।

कतिपय शिक्षकहरुलाई प्रविधिको सीप, पूर्वतयारी बिनानै अनलाइन कक्षा सञ्चालन गर्न बाध्य बनाइएको घटना पनि सार्वजनिक भएका छन् । कतै, विधिन्न शिक्षक संघसंगठनहरुले शिक्षकहरुका लागि प्रविधियुक्त शिक्षण सिकाइका तालिमहरु सञ्चालन गरिरहेको पाइन्छ ।

अहिले शिक्षकहरुले रहर वा बाध्यता जे भनेपनि विभिन्न अनलाइन कक्षा सञ्चालनका लागि  जुम, गुगलमिटजस्ता सफ्टवेयरको प्रयोगलगायतका अनलाइन तालिम लिइरहेका छन् । जुन प्रसंशनीय कार्य हो ।

यस आलेम मा पनि मैले विभिन्न एजेन्सीहरुको सहयोगमा जुनसुकै बेला पनि कक्षाकोठामा लागु गर्न उपयुक्त हुने उपयोगी आधुनिक कक्षाकोठाका प्रविधिहरुका बारेमा चर्चा गर्न गइराखेको छु ।

१. क्लासक्राफ्ट (Class craft)
यसमार्फत् शिक्षक र विद्यार्थी  दुवैका लागि उपयोगी सफ्टवेयर खेल विधिको प्रयोग गरेर विद्यार्थीहरुलाई शैक्षिक प्रक्रियामा सहभागी गराउने, उनीहरुलाई रमाइलो तरिकाले विषयवस्तुमा डुबाएर सिकाउने अवसर प्रदान गर्न सकिन्छ ।

२.एडोबस्पार्क भिडियो (Adobe spark video)
यसमार्फत् विद्यार्थीहरुले आफ्नै निर्देशनात्मक भिडियोहरु सिर्जना गर्न, प्रयोग गर्न सक्छन् । उनीहरुको आफ्नै विषयसँग सम्बन्धित भिडियोहरु विकास गर्न र प्रयोग गर्न सक्छन् सितसले गर्दा उनीहरुलाई सिकाइमा सहजता प्रदान गर्न सकिन्छ।

३. सिसाउ (Seesaw)
यो रचनात्मक सिक्ने पोट्फोलियो अभिभावक, विद्यार्थी र शिक्षक बिच सञ्चार बढाउने एप्लिकेसन सफ्टवेयर हो । एकपटक विद्यार्थीले कार्य पुरागरेपछी तीनीहरुले आफ्नो व्यक्तिगत पोर्टफोलियोमा आफ्नो  काम थपेर अभिभावक सँग साझेदारी गर्न सकिन्छ।

४. गुगल कक्षाकोठा (Google classroom)
विभिन्न सर्वेक्षण, क्विजर अध्यापन गराउनको लागि यो एक उपयोगी एप्लिकेसन सफ्टवेयर हो ।

५. जुम क्लाउड मिटिङ (Zoom cloud meeting)
परियोजना कार्यगर्न, एक अर्कामा क्अचभभल सेयर गर्न, रेकर्ड गर्न, भिडियो देखाउनका लागि उपयोगी एप्लिकेसन सफ्टवेयर हो । यसले 323/SIP कोठा प्रणालीहरूमार्फत् गुणस्तर भिडियो, अडियो र वायरले सस्क्रीन साझेदारी गर्न मद्धत गर्दछ।

६. युट्युव (You tube)
यो रचनात्मक भिडियोले भरिएको छ । जसको माध्यमबाट विभिन्न कक्षाका हिन्दी, अङ्ग्रेजी, नेपाली आदि भाषामार्फत् विज्ञान, गणित, अङ्ग्रेजीलगायतका विषयहरु प्रशिक्षकको माध्यमबाट आवश्यकता अनुसार खोजगरि अध्यायन अगाडि बढाउन सकिन्छ ।

७. नियरपोड भिआर (Nearpod)
यो प्रविधिगत वास्तविकताको दुनियाँमा एक रोमाञ्चक विकास हो । शिक्षकहरुले इतिहास, जीवन विज्ञान वा कुनैपनि विषयहरुको पाठहरु अध्यापन गराउन यसको प्रयोग गर्न सकिन्छ ।

८. भेङ्गेज (Venn gage)
विद्यार्थीहरुलाई जानकारी, डाटा वा ज्ञान प्रस्तुत गर्न आफ्नै इन्फोग्राफिक्सहरु सिर्जना गर्न सकिने यो डाटा सेट आविस्कार गर्नको लागि सजिलो तरिकाको रूपमा विकास भएको थियो ।

९. किड ब्लग (Kid blog)
विद्यार्थीहरुलाई सुरक्षित स्थानमा बसेर उनीहरुको आफ्नै जर्नल जस्तो प्रविष्टी गर्न, सिर्जना गर्न अनुमती दिएर उनीहरुले तस्विरहरु, भिडियोहरु वा अडियो सामाग्रीहरु शिक्षकको पोस्टमा थप्न सक्छन् ।

१०. विज्ञान ३६० भिडियो (science 360 video)
यस वेवसाइटमा क्लिपहरू कुनैपनि अन्य साइटहरू, व्लगहरू, वा सामाजिक नेटवर्क प्लेटफर्महरूमा इम्वेड गर्न पाइन्छ, यसबाट परियोजनाहरूमा विद्यार्थीहरूलाई थप एक आदर्शवान बनाउन सकिन्छ ।

विज्ञान ३६० ले विज्ञान, टेक्नोलोजी, ईन्जिनियरिङ, गणित, र अधिकतम सवभन्दा ठूला समाचार कथाहरूमा फोकस गर्दछ ताकि विद्यार्थीहरू अन्वेषणहरू कसरी गरिन्छ र यसले तीनीहरूको संसारको लागि के अर्थ राख्दछन् भन्ने विषयमा जानकारी दिन्छ।

११. क्यान्भा (Canva)
कक्षाकोठामा रचनात्मक दिमागका लागि, क्यान्भाले शिक्षक र विद्यार्थीलाई शिक्षण प्रक्रिया बढाउनको लागि उपकरणहरू प्रदानगर्दछ। बच्चाहरूले आधुनिक देखि नेपोस्टरहरू, प्रस्तुतीकरणहरू, र कागजातहरू क्लिक र ड्र प्रविधिको सहजताका साथ सिर्जना गर्न सक्दछन् ।

क्यान्भासँग दश लाख भन्दा बढी तस्विरहरू, आइकनहरू, र टेम्पलेटहरू छन् । जुन विद्यार्थीहरूलाई उनीहरूको ग्राफिक डिजाइनहरूको साथ रचनात्मक हुनको लागि प्रेरित गर्न मद्धत पुग्छ ।

यी उपकरणहरूको कार्यान्वयनले विद्यार्थीको शिक्षायात्रालाई परिवर्तन गर्न सक्छ। यीउपकरणहरु हामी ईन्टरनेटको सहायताले गुगलमा सहजै भेट्न सक्छौ ।

अन्त्यमा, ईन्टरनेटको पहुँच भएको खण्डमा प्रविधिले शिक्षालाई जीवनमा ल्याउन र विद्यार्थीहरूलाई शिक्षाको लागि आदर मूल्याङ्कन विकास गर्न मद्दत गर्न अधिक–अधिक उन्नत उपकरणहरू विकास गर्दैछ । आजको कक्षाकोठामा शीर्ष प्रवृत्तिहरूले क्लासक्राफ्ट र गुगलक्लास रूम जस्ता कार्यप्रबन्धन प्लेटफर्महरू जस्ता गेमिफिकेशन उत्पादनहरू तिर झुकाव राखेको पाइन्छ।

(लेखक महांकाल जनजागृत मावि बूढानीलकण्ठ, गोल्फुटारका विज्ञान शिक्षक हन्)

प्रतिकृया दिनुहोस्