काठमाडौँ । शिक्षा पत्रकार समूहको अध्यक्षमा निर्जला कक्षपति निर्वाचित भएकी छन् । शनिबार सम्पन्न समूहको १२औँ अधिवेशनले कक्षपतिको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

समूहको वरिष्ठ उपाध्यक्षमा जनक नेपाल निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा नवराज चालिसे, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा प्रज्ञा तिम्सिना र कोषाध्यक्षमा सबिना बानियाँ निर्वाचित भए ।

यसैगरी सदस्यहरूमा सञ्जिव घिमिरे ‘शुभचिन्तक’, हरिसुन्दर छुकां, अमृता बुढाथोकी, रोजिना थापा कार्की, यम बम, भागीरथी पण्डित र कृष्णसिंह धामी सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित भएसँगै कक्षपतिले समूहलाई शिक्षा पत्रकारहरूको साझा मञ्चको रूपमा विकास गर्ने प्रतिबद्धता जनाइन् । साथै समूहले आगामी दिनमा सार्वजनिक शिक्षाको उन्नयनका पक्षमा अझै प्रभावकारी कलम र कदम अगाडि बढाउने बताइन् ।

सन् २००० मा स्थापित शिक्षा पत्रकार समूह स्थापना कालदेखि नै सार्वजनिक शिक्षाको सुधार, शिक्षामा पहुँच वृद्धि र शैक्षिक अनुसन्धानमा संलग्न रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस्