काठमाडौँ । सरकारले वार्तामा बोलाएपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ । सरकारले आजै वार्तामा बोलाएपछि सोमबार साँझ बैठक बसेको हो ।
सरकार र शिक्षक महासंघबीच आजै केहीबेरमा वार्ता हुँदैछ । त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा जुटेका हुन् । बैठकपछि निष्कर्षसहित वार्तामा जाने तयारी रहेको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।
२७ दिनदेखि शिक्षकहरू आन्दोलनमा छन् ।
प्रतिकृया दिनुहोस्