काठमाडौँ । विद्यालय शिक्षा विधेयक सच्चाउन माग गर्दै नेपाल शिक्षक महासङ्घले विभिन्न पाँच वटा पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।बिहीबार एकै दिन ५ वटा पार्टी कार्यालय पुगेर महासङ्घका प्रतिनिधिहरुले धर्ना दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।

महासङ्घले लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले जानकारी दिए ।

यसअघि महासङ्घले प्रमुख राजनीतिक पार्टी कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको कार्यालय पुगेर धर्ना दिएका थिए ।

प्रतिकृया दिनुहोस्