युनेस्कोको आह्वानमा “बहुभाषिक शिक्षाको प्रवद्र्धनः पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता“ भन्ने नाराकासाथ ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ । सन् १९६५ मा इरानको राजधानी तेहरानमा भएको विश्वभरका शिक्षा मन्त्रीहरुको सम्मेलनले मानव सशक्तिकरणमा साक्षरताको महत्व बारे पहिलो पटक सस्थागत रुपमा स्वीकारेको थियो। त्यसैको आधारमा सन् १९६६ मा युनेस्कोले हरेक वर्षको ८ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने घोषणा गरे सँगै १९६७ देखि उक्त दिन अन्तराष्ट्रिय साक्षरता दिवस मनाउने चलन चलेको हो । नेपालले पहिला शिक्षा दिवसकै दिन साक्षरता दिवस गाभेर मनाउने गरेको थियो तर लोकतन्त्रको सुरुवातीसँगै युनेस्कोले घोषणा गरेकै दिनमा यो दिवस छुट्टै मनाउन थालेको हो । यस दिवसको सार्थकता भने कै साक्षरताको विकास र विस्तार गरेर आमजनतालाई सशक्तिकरण गर्दै पारस्परिक समझदारीकासाथ शान्तिपूणी गुणस्तरीय जीवन जीउन सक्षम बनाउनु हो।
साक्षरताले मानवको अन्तरनिहित प्रतिभा प्रष्फुटन गरेर सक्षमता ल्याउछ । सक्षमताले पौरखी हातहरुलाई परिमार्जित र परिस्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मवल र आत्मविश्वासमा बढोत्तरी भै एक सफल र सवल नागरिकका रुपमा जीवनयापन गर्न अहम भुमिका खेल्दछ । साथै साक्षरता सशक्त आधुनिक जीवनको अपरिहार्य कुञ्जी हो ।
आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो शर्त हो । मानव विकास सूचाड्ढलाई उच्च राख्न आवश्यक शर्तहरु स्वास्थ्य शिक्षा, विद्यालय भर्नादर, मातृ शिशु मृत्युदर, पोषण आदिको आधारशिला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय, राष्ट्रिय स्तरमा प्रतिबद्ध सबै खाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य शर्त हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्यव्रmम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एकअर्काको परिपुरक हुन । सहज र सफल जीवन जीउन कम्तीमा साक्षरताको विकल्प छैन। नेपालमा पनि साक्षरता प्रतिशत बृद्धि गर्न विभिन्न प्रयाश हुदै आएको पाइन्छ ।
नेपालमा वि.सं. २०६५ र वि.सं. २०६९ सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरियो। आ.व. २०६७/०६८ मा घरधुरी सर्वेक्षणका माध्यमद्वारा निरक्षरहरूको विवरण सङ्कलन गरियो। सोही तथ्याङ्कको आधारमा वि.सं. २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन भयो।वि.सं. २०७१ सालबाट १५–६० वर्ष उमेर समूहको जनसंख्यामध्ये ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्ने अभ्यासको थालनी गरियो।आ.व. २०७१/७२ लाई निरक्षरता उन्मूलन वर्षका रूपमा मनाइयो।
वि.सं. २०७६ मा साक्षर नेपाल वर्षको अवधारणापत्र स्वीकृत गरी आगामी २ वर्ष भित्रमा साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिइयो।हालसम्म ६४ ओटा जिल्ला र ३ ओटा प्रदेश वागमती, गण्डकी र कोशी साक्षर प्रदेश घोषणा भएका छन् भने सुदुरपश्चिम प्रदेश र लुम्विनि प्रदेश घोषणाको तयारीमा छन्। साक्षरता घोषणा हुन बाँकी १३ जिल्लाका १५३ ओटा स्थानीय तहमा साक्षरताका १२ ओटा सूचकहरूको आधारमा साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिएको छ। साक्षर नेपाल घोषणा गर्ने नेपाल सरकारको घोषित लक्ष्य पूरा गर्न विगतको अभ्यास, उपलब्धि र अनुभव तथा वर्तमान परिस्थितिका आधारमा बाँकी जिल्ला तथा स्थानीय तहका लागि साक्षरता कार्यक्रम आवश्यक रहेको छ।
साल | साक्षरता प्रतिशत | ||
पुरुष | महिला | जम्मा | |
२००७ | – | – | २.० |
२००८ | ९.५ | ०.७ | ५.३ |
२०१८ | १६.३ | १.८ | ८.९ |
२०२८ | २३.६ | ३.९ | १४.० |
२०३८ | ३४.४ | १२.० | २३.४ |
२०४३ | ५१.८ | १८.० | ३४.८ |
२०४८ | ५४.५ | २५.० | ३९.६ |
२०५४ | ६७.९ | ३७.८ | ५२.६ |
२०५८ | ६५.१ | ४२.५ | ५३.७ |
२०६८ | ७५.१ | ५७.४ | ६५.९ |
२०७८ |
८३.६
|
६९.४ | ७६.२ |
विज्ञान र प्रविधिको द्रुत गतिमा विकास र विस्तार भैराखेको वर्तमान एक्काइसौं शताब्दीमा पनि विश्वमा ७६ करोड ५० लाख जनता निरक्षर पौढ छन् । जसमा करिब हरेक तीन निरक्षर मध्ये दुइजना महिला पर्छन् । त्यस्तै २५ करोड बालबालिका विद्यालय गएका छैन्न । विसं २०७८ को जनगणना अनुसार नेपालको साक्षरता प्रतिशत ७६.२ प्रतिशत छ जसमध्ये पुरुष ८३.६र महिला ६९.४ प्रतिशत साक्षर छन् । महिला र पुरुष बीचको साक्षरताको खाडल करिब १८ प्रतिशत रहेको देखिन्छ ।
अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परालम्बी तथा कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृतिले निरक्षर महिलालाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरुको क्षमताका आधारमा सुनिश्चित गरिन्न तवसम्म विकासको गति तिव्र नहुने यथार्थता हो । त्यसमा पनि यो दूरी पिछडिएको जातजाति, सो दुर्गम तथा निर्धनहरुको बसोबास क्षेत्रमा अधिक छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यस्तो विषम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँच भित्र ल्याउन निश्चयनै ठूलै अठोट चाहिन्छ । महिला जनसङ्ख्या बढी भएको हाम्रो जस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यक्रम ल्याउनु पर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तिकरण नगरिकन समृद्ध समाजको अपेक्षा गर्न सकिन्न ।
महिला साक्षरता प्रतिशतलाई बृद्धि गर्दै सशक्तिकरणका लागि साक्षरता कार्यक्रमहरु केन्द्रित हुनुपर्छ । सशक्तिकरण भन्नाले प्राप्त सूचनाहरुको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जवसम्म गर्न पाउदिनन् तव सम्म दिगो विकासको कल्पना पानीको फोका जस्तै हुन्छ । भनिन्छ एकजना पुरुष शिक्षित भए आफुमा मात्रै सिमित हुन्छ तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन्। त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्मनिर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नता तिर लम्कनु हो । आफ्नो हक, अधिकार र कर्तव्य प्रति सजग र सचेत भै स्वाभिमानिपूर्वक आत्मनिर्भर जीवन यापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन ।
नेपालमा पनि महिला साक्षर र सशक्तिकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघ संस्था छन् । शिक्षा मन्त्रालय अन्र्तगतका निकायहरुले महिला सशक्तिकरणका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । उदाहरणार्थः महिला साक्षरता प्रथम द्वितीय, आयआर्जन समूह मार्फत आफूले अंगालेका र संभाव्य पेशाहरुलाई परिस्कृत गरेर आत्मनिर्भर बनाइ आफ्नो खुट्टामा उभिनसक्ने सक्षमता प्रदान गर्न नीति लिएको छ । त्यसैगरी आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरु निर्धक्क सँग राख्न अभ्यस्त बनाउन र संगठित भै हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरु सामुदायिक सिकाइ केन्द्र मार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गरेको छ ।
त्यस्तै स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरु पनि सञ्चालन गरेको छ । विगत वर्षहरुदेखि राष्ट्रव्यापी साक्षरता कार्यक्रम सञ्चालन गर्देआएको छ । अभियानमा महिला सहभागितालाई प्रोत्साहित गरेको छ । साक्षरता कक्षा केन्द्र तोक्न, स्वयम्सेवक एवम् स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागीको सुनिश्चित गरेको छ। जसको फलस्वरुप कार्यक्रमहरुमा महिला सहभागिता बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । आधारभूत साक्षरता सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरु विकास र विस्तार हुने क्रममा छन् । जहाँ महिलाले एसईई.सम्म पढ्न पाउने अवसर पाउछन् । त्यस्तै सामुदायिक सिकाइ केन्द्र मार्फत पायकपर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामुहिक रुपमा बचत गर्ने अभ्यास गराउदै आएको छ ।
सामाजिक रुपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका महिलाहरूको सशक्तिकरणको विकल्प छैन । साक्षरता सशक्तिकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई आत्मसात गरेर अनौपचारिक शिक्षाका कार्यक्रममा महिलाको सहभागितालाई उच्च प्राथमिकता दिइदै आएको छ । जसको फलस्वरुप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्यु दर घटेको छ ।
राज्यका विभिन्न निकाय र कार्यव्रmममा महिलाको पहुच क्रमिकरुपमा बढेको छ । साथै साक्षर र शिक्षित एवं सचेत महिला आमा भएको परिवारको वालवालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ । उल्लिखित कार्यक्रमहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ । कार्यव्रmमको सफलताको लागि पर्याप्त साधनस्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवम् सेवाग्राहीको अनुगमन निरीक्षण कार्य प्रगतिको आधारमा पुरस्कारको र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चयनै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौ. । त्यसकारण साक्षरता कार्यक्रमलाई प्रत्येक नेपालीले घरघरबाट सुरु गरेर पारिवारिक साक्षरतालाई प्रोत्साहित गर्नुपर्दछ । अरुले के ग¥यो भन्दा पनि मैले के गरें भन्ने कुराले महत्व राख्छ । त्यसकारण यो संसारलाई बदल्नु छ भने आफैबाट सुरु गरौं भन्ने मनसायका साथ साक्षरता अभियानमा सबैको जाँगरिलो सहभागिता भएमा मात्र साक्षर नेपाल अभियान सफल हुने वास्तविकता हो।