काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका ररूपमा नेकपा एमाले नेतृ विद्या भट्टराई नियुक्त भएकी छिन् । ससदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यसमेत रहेकी उनी कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित ससंद हुन् ।

समाजशास्त्रमा एमए र मानव शास्त्रमा एम फिल गरेकी भट्टराई त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पेशा छाडेर राजनीतिमा होकिएकी थिइन् । उनी २०७५–७६ मा भएको भएको उपनिर्वाचनमा उनी कास्की २ क्षेत्रबाट विजयी भएकी थिइन् । तत्कालीन समयमा उनका श्रीमान रविन्द्र अधिकारीको पर्यटन तथा नागरिक उड्यन मन्त्री भएकै बेला ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनी राजनीतिमा होमिएकी हुन् । त्यतिखेर विजयी भएकी उनी ०७९ को निर्वाचनमा पनि उनी त्यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।

२०४६ साल देखि नै उनी एमालेमा आवद्ध थिइन् । २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभागमा रहेकी उनी पहिलोपटक मन्त्री बनेकी हुन् । शिक्षा मन्त्रालयले लगातर दोस्रोपटक महिला शिक्षामन्त्री पाएको छ ।

यस अघि २०८० फागुन २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री थिईन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धन भत्किएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि भट्टराई शिक्षामन्त्री बनेकी हुन् ।

 

प्रतिकृया दिनुहोस्