काठमाडौँ । अब विद्यालयहरुलाई आफुखुसी क्वारेन्टाइन बनाउन नपाइने भएको छ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा क्वारेन्टाइन बनाउँदा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता जारी गरेको छ । अब मन्त्रालयको आचारसंहिताका आधारमा मात्रै विद्यालयमा क्वारेन्टाइन बनाउन पाइने भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरमा पुग्ने अवस्थामा रहेको र विद्यालयमा क्वारेन्टाइन बनाउने क्रम बढ्ने देखिएकाले आचारसंहिता बनाउनुपरेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ । यस अनुसार विद्यालयमा कार्यरत शिक्षकलाई क्वारेन्टाइनको कार्यमा परिचालन गर्नुपर्ने आवश्यकता भएमा सुरक्षा उपकरण दिई परिचालन गर्न सकिने बाटो केन्द्रले खुला गरिदिएको छ ।

साथै, क्वारेन्टाइनमा विद्यालयको शैक्षिक तथा सन्दर्भ सामग्री प्रयोग गर्न नपाइने, विद्यालयको कक्षा कोठामा आगो बाल्न नपाइने, विद्यालयको भौतिक सम्पत्ति झ्याल, ढोका, दराज, टेबल, कुर्सी धारा, पानी, शौचालय आदिमा क्षति पु¥याउन नपाइने आचारसंहिता तय गरिएको छ ।

क्वारेन्टाइनको अवधिभर विद्यायलमा कुनै पनि खालको असान्दर्भिक क्रियाकलाप गर्न नपाइने, विद्यालयको शान्ति क्षेत्रमा प्रभाव पार्ने तथा दीर्घकालीन रूपमा बालबालिकालाई भय सिर्जना गर्ने खालका काम गर्न नपाइने आचारसंहितामा समावेश गरिएको छ ।

यस्तो छ आचारसंहिता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव सोत विकास केन्द्र र एडुकेसन क्लस्टरको सहकार्यबाट तयार गरिएको विदयालयमा क्वारेन्टाइन व्यवस्थापन गर्दा पालन गर्नुपर्ने आचार संहिताको नमूना, २०७६ “

नेपाल सरकारबाट कोरोना भाइरस (COVID 19) सम्बन्धी क्वारेटाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ स्वीकृत गरी लागु गरिएको छ । यस मापदण्ड अनुसार विद्यालयलाई क्वारेन्टाइनको स्थलका रुपमा प्रयोग गर्न आवश्यक भएमा सो क्वारेन्टाइन सञ्चालक समिति र विद्यालय बीच सहमति पत्रमा हस्ताक्षर गरी जिम्मा लिने दिने गर्नु पर्नेछ । यस्तो सहमति पत्रमा क्वारेन्टाइन सञ्चालन गर्दा दुवै पक्ष बीच निम्न लिखित आचार संहिता पालना गर्ने, गराउने व्यवस्था मिलाउनु पर्नेछ :

१. क्वारेण्टाइनको सम्पूर्ण अवधिमा विद्यालयको भौतिक तथा आन्तरिक व्यवस्थापनको निगरानी र सुरक्षाको लागि स्थानीय सरकार र विद्यालयले तोकेको व्यक्तिसँग आवश्यक समन्वय गरिनेछ ।
२. विद्यालयको भौतिक सामग्रीहरु जस्तै झ्याल, ढोका, दराज, टेवल, कुर्सी, कार्पेट, कुसन, धारा, पानी ट्याङ्की, कल, शौचालय आदिमा क्षति पुर्याइने छैन । क्षति हुन पुगेमा उचित क्षतिपूर्ति उपलब्ध गराइने छ ।
३. कक्षाकोठामा आगो बाल्नाले रङ रोगनसहित आन्तरिक सजावट बिग्रिन वा क्षति हुन सक्दछ । त्यसैले कक्षा कोठामा आगोको प्रयोग गरिने छैन ।
४. विद्यालयमा भएको शैक्षिक तथा सन्दर्भ सामग्री प्रयोग गरिने छैन । साथै उपलब्ध सामग्रीहरु सुरक्षित राखिने छ ।
५. क्वारेन्टाइनको समयावधिभर बिजुली, पानी, टेलिफोन प्रयोग भएमा त्यसबाट उठेको रकम नियमानुसार क्वारेन्टाइन व्यवस्थापन समितिबाट व्यहोरिने छ । ।
६. विद्यालयमा रहेको कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुदका सामग्रीहरुको प्रयोग गरिने कैन । साथै विदयालय परिसर भित्रका विदयालय बगैंचा रुख विरुवामा क्षति पुर्याइने  छैन ।
७.शिक्षकहरूलाई आपतकालिन समयमा सहयोगका लागि परिचालन गर्नु परेमा नियमानुसार आवश्यक सुरक्षा उपकरहरु प्रदान गरेर मात्र परिचालन गरिनेछ ।
८. क्वारेन्टाइनको समयावधि समाप्त भए पछि विद्ययालको कोठा, भान्छा, शौचालय, खेल मैदान, इनार, धारा तथा अन्य प्रयोग गरिएका सामग्री र विद्यालय परिसर सफा गरी किटाणु रहित औषधी प्रयोग गरी निर्मलीकरण गरिनेछ ।
९. क्वारेन्टाइनको समयावधि भरी विद्यालयमा कुनै पनि असान्दर्भिक क्रियाकलाप, धुमपान, मद्यपान तथा विदयालय शान्ति क्षेत्रको नियम विपरितका कुनैपनि कार्य गरिने छैन । साथै दीर्घकालसम्म बालबालिकालाई भय उत्पन्न हुनसक्ने कार्य गरिने छैन ।
१०. थप क्वारेन्टाइनको ब्यवस्था गर्न आवश्यक परेको अवस्थामा सकेसम्म वैकल्पिक स्थान छनौट गरिने छ ।
११. विद्यालय परिवारबाट क्वारेन्टाइन सञ्चालन भएका समयमा कार्य सञ्चालनमा बाधा हुने गरी कुनै पनि कार्य गर्ने, गराइने छैन ।
१२. सरकारबाट विदयालय सञ्चालन गर्ने निर्णय भएपछि कक्षा सञ्चालन गर्नुभन्दा कम्तीमा ३ दिन पहिले नै क्वारेन्टाइन व्यवस्थापन समितिबाट क्वारेन्टाइन व्यवस्थापन बन्द गरी कम्तीमा ७२ घण्टा पहिले नै Disinfection गरी खाली गराइने छ ।

पहिलो पक्ष                                                                                                                          दोसो पक्ष
अध्यक्ष वा प्रधानाध्यापक,सम्बन्धित विद्यालय                                                                अध्यक्ष, क्वारेन्टाइन व्यवस्थापन समिति
नामः                                                                                                                                    नामः
हस्ताक्षर                                                                                                                              हस्ताक्षर
मितिः

रोहबर
१. वडाध्यक्ष वा वडासदस्य
२.
३.

२०७६ चैत्र २५ गते ११:०९मा प्रकाशित

प्रतिकृया दिनुहोस्