काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । शिक्षक आन्दोलन चर्किरहेका बेला विभागीय मन्त्रीले राजीनामा दिएकी हुन्।

शिक्षकका माग सम्बोधन गर्न मन्त्री भट्टराईले सात बुँदे प्रस्ताव तयार गरेकी थिइन् । उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी आजै आन्दोलनबाट फर्कन शिक्षकहरूलाई आह्वान गर्ने तयारी थियो ।

 शिक्षक महासंघसँग बारम्बार संवाद भइरहे पनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् । याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवादसमेत रहँदै आएकाे थियाे ।आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।

भट्टराईको राजीनामासँगै शिक्षा मन्त्रालय नेतृत्वविहीन भएको छ। चर्किरहेको शिक्षक आन्दोलन समाधानको दिशामा जानुको सट्टा थप जटिल बन्दै गएको छ।

प्रतिकृया दिनुहोस्