काठमाडौं । अस्थायी शिक्षकहरुले आयोगको परीक्षालाई स्थगित गर्न शिक्षक सेवा आयोगमा निवेदन दर्ता गराएका छन् ।

तालिम नलिएका, शिक्षक लाइसेन्स नभएका तथा शिक्षा विषय नपढेका अस्थायी शिक्षकहरुलाई परीक्षामा प्रतिस्पर्धा गर्न नदिने नियमहरु खारेज गर्न माग गर्दै  सर्वोच्च अदालतको संवैधानिक इजलाशमा मुद्दा दर्ता भएको र त्यसको बहस असार ३० गते तोकिएकाले फैसला नभएसम्म परीक्षा स्थगीत गर्न भन्दै निवेदन दर्ता गरिएको हो ।

प्रभात मावि नगल काठमाडैंका अस्थायी शिक्षक सूर्य तिवारी, जनप्रभात मावि कालीमाटीका अस्थायी शिक्षक शरदकुमार मिश्र र ज्ञानेदय मावि बाफलका अस्थायी शिक्षक गेविन्दप्रसाद भण्डारीले बुधवार आयोगमा निवेदन दर्ता गराएका हुन् ।

शिक्षा ऐनको आठौं संशोधन खारेज गरी यसअघिको सर्वोच्च अदालतको परमादेशको आदेश कर्यान्वयन गर्दै सबै अस्थायी शिक्षकहरुलाई स्थायी शिक्षकलाई स्थायीको अवसर दिन भन्दै संवैधानिक इजलाशमा यसअघि २०७३–WC–००४ मा मुद्दा दर्ता भइसकेकाले त्यसको फैसला नभई परीक्षा र सुविधाको प्रक्रिया अगाडी नबढाउन निवेदनमा आयोगसँग आग्रह समेत गरिएको छ ।


शिक्षक आयोगको नियमावलीमा भएको  शिक्षक लाइसेन्स चाहिने व्यवस्था खारेज गर्न २०७३–WC–००१९, तालिम लिएको र शिक्षा विषय पढेको हुनुपर्ने व्यवस्था खारेज गर्न २०७३–WC–००३६मा मुद्दा दायर भइसकेको र त्यसको बहस असार ३० गे हुने भएकाले संवैधनिक इजलाशको अन्तिम फैसला अघि परीक्षा र सुविधाको प्रक्रिया अगाडी नबढाउन निवेदनमा माग गरिएको छ ।

निवेदन आयोगमा बुधवार ८००/२०७४–०३–०७ नम्बरमा दर्ता भएको निवेदक अस्थायी शिक्षक  गोविन्द भण्डारीले जानकारी दिए ।

यसअघि परीक्षा स्थगीत गर्न असार ४ मा शिक्षक सेवा आयोगमा निवेदन पेश गरी असार ५ मा दर्ता गराएपछि आयोगले असार २४ गते निर्धारण गरेको परीक्षको मिति २०७४ भाद्र ३ गतेलाई सार्ने निर्णय गरेको थियो ।

२०७४ असार ८ गते ००:०९मा प्रकाशित

प्रतिकृया दिनुहोस्