काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । बिहिवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार परीक्षामा सहभागी २२ हजार ९९ परीक्षार्थी मध्ये ७४२ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै १२३३ जनाको वस्तुगत परीक्षा रद्द भएको छ । ६ जनाको भने परीक्षा मर्यादा विपरित कार्य गरेकाले परीक्षा रद्द भएको छ ।

आयोगले फागुन १३ गते देखि २२ गतेसम्म माध्यमिक तहको नतिजा सार्वजनिक गरेको थियो । मावि नतिजा हेर्दा पनि  निरासाजनक देखिन्छ ।

प्रतिकृया दिनुहोस्