काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतियोगिता मार्फत् सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाएको छ ।

केन्द्रले शिक्षक सेवा आयोगको कार्तिक १५ को निर्णय अनुसार माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागी सिफारिस भएका उम्मेदवारलाई नियुक्तिका लागि सम्बन्धित निकायमा पठाएको हो ।

माध्यमिक तहमा छनोट भएका एक हजार १८४ जनालाई नियुक्तिको लागि सम्बन्धित निकायमा विवरण पठाइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

शिक्षक सेवा आयोगले २०७८ माघमा माध्यमिक तहमा एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको थियो । २०७८ चैतमा सामान्यतर्फको, असारमा विषयगत र कात्तिकमा सञ्चालन भएको अन्र्तवार्ताबाट छनोट भएका शिक्षकहरु सिफारिस भएका हुन् ।

प्रतिकृया दिनुहोस्