चितवन। संयुक्त राज्य अमेरिका वासिन्टन डिसी निवासी मुक्ति दवाडीले आफ्नो जन्मदिनको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका दवाडीले आफ्नो ५३ औँ जन्मोत्सवको अवसरमा अक्षयकोष स्थापना गरिदिएका हुन् ।  दवाडीले भरतपुर–२६ दिव्यनगरस्थित आदर्श माविमा यस अघि नै एक लाख बराबरको अक्षयकोष निर्माण गरिसकेकोमा यो पटककौ जन्मदिनमा थप ५० हजार थपिदिएका हुन् ।

यो सँगै विद्यालयमा रहेको अक्षयकोषको राशी डेढ लाख पुगेको छ । उनले यसअघि विद्यालयले आयोजना गरेको धनधान्याञ्चल महायज्ञमा समेत आर्थिक सहयोग गरेका थिए । अक्षयकोषको रकम गरीब तथा जेहेन्दार विद्यार्थीको शिक्षण सिकाइमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापागाईलै जानकारी दिए ।

मुक्ति दवाडीको शुभजन्मोत्सवको अवसरमा आयोजित भर्चुअल समारोहमा विद्यालयका शिक्षक, विद्यार्थी लगायतकौ सहभागीता रहेको थियो । विद्यार्थीहरुलाई कार्यक्रममा चकलेट, केकलगायत वितरण गरिएको थियो । कार्यक्रममा मुक्ति दवाडीले आगामी दिनमा पनि विद्यालय र बालबालिकाको शिक्षामा निरन्तर सहयोग जारी रहने बताए ।

प्रतिकृया दिनुहोस्